Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

एमाले अर्बपति पार्टी, दिल्लीमा पनि करोडको घडेरी

\"uml\"काठमाडौं । सरकारको नेतृत्वमा रहेको एमालेसँग दुई अर्ब रुपैयाँबराबरको अचल सम्पत्ति छ । चलनचल्तीको मूल्यअनुसार एमालेको केन्द्रदेखि, अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा एक अर्ब ६३ लाखभन्दा बढीको जग्गा र भवन छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–फर्निचर, कम्प्युटरलगायतका सामग्रीको समेत मूल्य जोड्दा दुई अर्बभन्दा बढी सम्पत्तिको लगत संकलन भएको एमालेले जनाएको छ । सबै सम्पत्ति जनसहयोगबाटै जोडिएको एमालेको दाबी छ । प्रचार विभागद्वारा लगत संकलन दुई वर्षअघि तत्कालीन कार्यालय सचिव पृथ्वी सुब्बा गुरुङले देशभर पार्टीको नामको सम्पत्ति लगत दिन तलका कमिटीलाई पत्राचार गरेका थिए । तर, पत्रको कार्यान्वयन नभएको गुरुङले बताए । केन्द्रीय लेखा आयोगले पनि पटक–पटक ताकेता गरेको थियो । तर, प्रचार विभागले आफ्नो मुखपत्र ‘नवयुग’को प्रयोजनका लागि युवासंघका पूर्वमहासचिव नीरज आचार्यलाई खटाएर सम्पत्तिको एकमुष्ट विवरण संकलन गरेको थियो । गत साउनमा प्रकाशित त्यही सम्पत्ति विवरणलाई नै एमाले केन्द्रीय कार्यालयले आधिकारिक मान्दै आएको छ । बल्खुको मूल्य ३४ करोड एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार ०५१ मा मदननगर बल्खुमा जनसहयोगबाट केन्द्रीय कार्यालय भवन निर्माण भएको थियो । नौ रोपनी एक आना जग्गामा निर्मित पाँच तलाको भवन भूकम्पले भत्किएको छ । चलनचल्तीको मूल्यअनुसार त्यो सम्पत्तिको मूल्य ३४ करोड रुपैयाँ पर्ने पार्टीको सम्पत्ति विवरण संकलन गरेका नीरज आचार्यले बताए । उनका अनुसार प्रतिआना २० लाखको जमिन र संरचनाको मूल्यांकन गरेर ३४ करोड निकालिएको हो । बल्खुमा नवयुग प्रेस बसेको भवन, केन्द्रीय कार्यालयका कर्मचारी बस्ने र क्यान्टिन रहेको टहरा पनि छ । पाँच अञ्चलको आफ्नै भवन एमाले भेरी, राप्ती, लुम्बिनी, जनकपुर र कोसी अञ्चल कार्यालयका आफ्नै भवन छन् । भेरीको नेपालगन्जमा चलनचल्तीमा चार करोड ६० लाख रुपैयाँ पर्ने ६ कट्ठा जग्गामा दुईतले कार्यालय भवन छ । राप्तीको तुलसीपुर दाङमा दुई कट्ठा जमिनमा बनेको एकतले भवन छ, जसको मूल्य १ करोड ५० लाख रुपैयाँ पर्ने विवरण छ । १।५ कट्ठा जमिनमा बुटबलमा बनेको लुम्बिनी अञ्चल कार्यालयको तीनतले भवनको मूल्य तीन करोड रुपैयाँ पर्छ । आठ कट्ठा जमिनमा जनकपुरमा बनेको अञ्चल कार्यालयको एकतले भवनको मूल्य चार करोड पर्छ भने विराटनगरमा ४ कट्ठा १० धुरमा बनेको दुईतले कोसी अञ्चल कार्यालयको भवनको मूल्य ६ करोड पर्छ । ५६ जिल्लाको भवन, बाँकी भाडामा एमालेको ५६ जिल्ला कमिटीको आफ्नै भवन छ । ती कार्यालय एकदेखि तीन तलेसम्मका छन् । जसको चलनचल्तीको मूल्य १७ लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म पर्ने एमालेको लगत संकलनमा उल्लेख छ । बाजुरा, कालिकोट, मुगु, हुम्ला, प्युठान, बागग्लुङ, पाँचथर र ताप्लेजुङ जिल्ला कमिटीले जग्गा खरिद गरेर भवन निर्माणको तयारी गरिरहेका छन् । बाँके, धनुषा, सप्तरी र मोरङ जिल्ला कमिटी अञ्चल कमिटीको भवनमै साझेदारी गरी आफ्ना कार्यालय सञ्चालन गरिरहेका छन् । काठमाडौं, भक्तपुर, रसुवा, डोल्पा, मनाङ, मुस्ताङ र महोत्तरी जिल्ला कमिटीको आफ्नै कार्यालय भवन छैन । नगर र गाउँसम्म भवन केही ठाउँमा नगर कमिटीले पनि आफ्नै कार्यालय भवन बनाएका छन् । कैलालीको टीकापुर नगर कमिटी, चौमाला र फूलबारी गाउँ कमिटी, रुपन्देहीको सैनामैना, तिलोत्तमा र देवदह नगर, रौतहटको गरुडा र चन्द्रपुर नगर, सुनसरीको धरान र इटहरी नगर, मोरङका बेलबारी र मधुमल्ला, झापाका मेचीनगर, दमक नगर, शिवसतासीनगर, दुवागडी, तोपगाछी, बाराको डुमरवाना, चितवनको कठार गाउँ कमिटीले आफ्नै कार्यालय भवन बनाएका छन् । कैलालीको अत्तरिया नगर, दादोधारा र गोदावरी, प्युठानको हंशपुर, चितवनका पटिहानी र पदमपुर, बाराको जितपुर गाउँ कमिटी र क्षेत्र नम्बर ५, संखुवासभाको क्षेत्र नम्बर २, तेह्रथुमको संक्रान्ति इलाकाले कार्यालयका लागि घडेरी खरिद गरेका छन् । त्यस्तै, मोरङको कोसी हरिद्वार नगर, इटहरा, गोविन्दपुर, डाँगीहाट, बेलबारी वडा नं। ७ र जिल्ला पार्टी कार्यालयले घडेरी खरिद गरेका छन् । बाहुनडाँगी, गरामनी गाउँ कमिटीका कार्यालय निमार्णाधीन छन् भने खुदुनाबारी, धाईजन गाउँ र शनिअर्जुन नगरले घडेरी खरिद गरिसकेका छन् । दिल्लीमा एक करोड पर्ने घडेरी भारतको उत्तम नगर दिल्लीमा पनि एमालेको एक करोड रुपैयाँ पर्ने घडेरी छ । सो घडेरी पार्टीको भारत प्रवास कमिटीले किनेको हो । जग्गा अहिले पार्टीकै प्रवास कमिटीका तीन नेताको नाममा रहेको एमालेले जनाएको छ । बैंक खातामा पाँच करोड एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेलका अनुसार पार्टीका नाममा रहेको बैंक खातामा करिब पाँच करोड रुपैयाँ बचत छ । दैनिक प्रशासनिक तथा पार्टी कार्यक्रममा खर्च गरिने सो रकम राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, कृषि विकास बैंकको खातामा रहेको एमालेले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending