Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पूर्व राजाको भारत भ्रमणले एमाओवादीमा खैलाबैला

\"parisdada-400\"काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आकस्मिक भारत भ्रमण मुलुकमा विद्यमान असहज परिस्थितिको उपज भएको भन्दै एमाओवादी स्थायी समिति बैठकका सहभागीले यसबारे गम्भीर हुन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–बैठकका सहभागीहरूले गठबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्षसमेत निकालेका छन्। संविधान कार्यान्वयन प्रक्रियामा जान नसकेको, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको काम सफलतासाथ अघि बढ्न नसकेकाले पूर्वराजालाई भारतले निम्त्याएको हुनसक्ने भन्दै यसबारे स्थायी समिति गम्भीर हुनुपर्ने सहभागीहरूले बताए। गणतन्त्रको दस वर्षमै यस्तो परिस्थिति आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको गठबन्धन सरकारको असफलता कारण रहेको अधिकांश सहभागीले बताएको स्रोतले उल्लेख गर्‍यो। शाहको भारत भ्रमणलाई पार्टीले बेवास्ता गर्न नहुने धारणा राख्दै एमाओवादीका एक पदाधिकारीले अन्नपूर्णसँग भने, ुसंविधान निर्माण, संशोधन, भारतीय नाकाबन्दीदेखि आजसम्म सरकारको नारा ुराष्ट्र र जनताु भए पनि कार्यान्वयन शून्य हुनु नै यसको कारण हो।ु शाहको यो भारत भ्रमण गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका लागि ठूलै चुनौती रहेकोतर्फ गम्भीर हुन र त्यसका लागि तत्कालै ठोस र प्रभावकारी कदम चाल्नसमेत बैठकले सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष दाहाललाई माग गरेको जानकारी बैठक स्रोतले दियो । शाहको भारत भ्रमणको परिस्थिति उत्पन्न हुनुमा सरकारको असफलता नै कारण रहेको दाबी स्रोतले गर्‍यो। गठबन्धन सरकार पूर्ण रूपमा असफल रहेको अनौपचारिक निष्कर्षमा स्थायी समिति बैठक पुगेकाले सत्ताको नेतृत्व लिएको एमालेसँग आजभोलिमै परिणाममुखी वार्ता गर्ने निर्णय भएको जानकारी पार्टी महासचिव कृष्णबहादुर महराले दिए। उनले अन्नपूर्णसँग भने, ुयद्यपि यो सरकारको विकल्प बैठकले खोजेको छैन। एमाले नेतृत्वसँग गम्भीर र निर्णायक वार्ताको परिणाम राष्ट्र र जनताप्रति सरकारको इमानदारीमा खोजिनेछ।ु लाजिम्पाटमा बसेको बैठकले एमालेसँग संविधान कार्यान्वयन, राष्ट्रिय सरकारका लागि सहमति र एकता, शान्तिप्रक्रियाको बाँकी कार्यभार, पुनर्निर्माण र जनताका सरोकारका विषयमा उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। उनले भने, ुकांग्रेससँग राष्ट्रिय सरकार गठनका लागि सहमति र एकता, संविधान र शान्तिप्रक्रियाको बाँकी कार्यको कार्यान्वयनबारे परामर्श हुनेछ ।ु आन्दोलनरत २७ दल(मोर्चाको संघीय गठबन्धन र तिनका २६ बुँदे मागका बारेमा समेत परामर्श हुने जानकारी उनले दिए। एमाओवादीबाट विभाजित माओवादी, समूह र व्यक्तिसँग वार्ता गरी एमाओवादीमा भित्र्याइने श्रेष्ठले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending