Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

ओलम्पिकमा छनोटविनै खेलाडी

\"Olympic\"काठमाडौं  । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले फेरि पनि छनोट प्रतियोगिता बिना नै आफूखुसी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन लागेको पुष्टि भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–त्यसले अन्य प्रतिभावान खेलाडीमाथी अन्याय त भएकै छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बेईजत हुने खतरा पनि बढेको छ। एनओसीले यसै बर्षको ५ देखी २१ अगष्टमा ब्राजिलको रियो दी जेनेरियोमा हुन लागेको ओलम्पिक खेलकुदमा एथलेटिक्सका दुई खेलाडीलाई सहभागी गराउँदै छ। जसमध्ये महिलातर्फ राष्ट्रिय प्रतियोगितामा समेत निक्कै कमजोर प्रदर्शन गरेकी खेलाडीलाई पठाउन लागिएको छ। एनओसीले रियो ओलम्पिकमा महिलातर्फ संगिता खड्का र पुरुषतर्फ पाँच हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका हरि रिमालको नाम पठाएको छ। एनओसीले रिमाललाई नेपाल एमेच्योर एथलेटिक्स संघको सिफारीसमा ओलम्पिकमा पठाउन लागेको हो। तर संगितालाई भने एनओसीले आफ्नै खुसीमा ओलम्पिकमा पठाउन लागेको छ। रियो ओलम्पिकमा संगिताले प्रतिस्पर्धा गर्दैछिन् भन्ने बारे एथलेटिक्स संघलाई समेत जानकारी छैन। संगिताको राष्ट्रिय प्रतियोगितामा निक्कै कमजोर प्रदर्शन छ। ओलम्पिक छात्रबृत्तीमा अभ्यास गरिरहेकी आर्मी स्कुलकी संगिताले हालै भारतको सिलोङ र गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि छनोट प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेकी थिइन्। तर उनी शीर्ष तीनभित्र पनि पर्न सकिनन्। साग खेलको छनोटमा समेत राम्रो प्रदर्शन गर्न नसकेकी संगितालाई एनओसीले राम्रा खेलाडीलाई पाखा लगाउँदै ओलम्पिकमा सहभागी गराउन लागेको हो। चिनमा भएको यूथ ओलम्पिकमा प्रतिस्पर्धा गरेकी संगितासँग सिनियर स्तरका ठूला प्रतियोगिता खेलेको अनुभवसमेत छैन। आफूलाई समेत जानकारी नदिई संगितालाई ओलम्पिक खेलकुदमा सहभागी गराउने निर्णय भएको थाहा पाएपछि एथलेटिक्स संघका पदाधिकारी नै असन्तुष्ट बनेका छन्। एनओसीले रियो ओलम्पिकका लागि एथलेटिक्स संघलाई १२ औं साग खेलकुदमा गरेको प्रदर्शनका आधारमा एक पुरुष खेलाडीको नाम पठाउन पत्राचार गरेको थियो। सोही अनुसार संघले रियो ओलम्पिकका लागि १२ औं सागमा सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका हरि रिमाललाई सिफारीस गरेको हो। हरिले १२ औं सागको पाँच हजार मिटर दौडमा कांस्य पदक जितेका थिए। ओलम्पिकमा पठाउने महिला खेलाडीबारे भने संघलाई केही सोधिएको थिएन। संघका महासचिव सुनिल राजवंशीले महिला खेलाडी बारे आफूहरुसँग नसोधिएको बताए। साग खेलको छनोटमा समेत राम्रो प्रदर्शन गर्न नसकेकी संगितालाई एनओसीले राम्रा खेलाडीलाई पाखा लगाउँदै ओलम्पिकमा सहभागी गराउन लागेको हो। \'एनओसीले हामीलाई पुरुष खेलाडीको मात्र नाम पठाउन भनेको थियो। उनीहरुले भने अनुसारको मापदन्ड अनुसार हामीले हरिको नाम पठाएका हौ\', महासचिव राजवंशीले भने, \'महिला खेलाडीको बारे हामीलाई कुनै जानकारी दिइएन।\' एनओसीले ओलम्पिकका लागि महिलातर्फ संगिता र पुरुषतर्फ हरिको नाम यसअघि नै पठाइसकेको छ। यद्यपि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीको टुंगो लाग्न बाँकी रहेको प्रतिकृया दिए। ुपुरुषतर्फ हरिको नाम आएको छ तर, खेलाडीको नाम टुंगो लाग्न बाँकी छु, उनले भने। एनओसीकै महासचिव लामा टेन्डी शेर्पाले भने ओलम्पिकमा पठाउने एथलेटिक्स खेलाडीको नाम टुंगो लागिसकेको जानकारी दिए। ुरियो ओलम्पिकका लागि एथलेटिक्सबाट एक पुरुष र एकजना महिला खेलाडीको नाम तय भइसकेको छु, सहासचिव शेर्पाले भने। अन्तर्राष्ट्रि ओलम्पिक कमिटी ९आईओसी० ले छनोट प्रतियोगितामा आवश्यक समय (क्वालिफाईङ टाईम) पूरा गर्न नसकेका सबै देशलाई दुई खेलमा दुईदुई खेलाडी सहभागी गराउन बिशेष कोटा दिने गर्छ, जुन वाईल्ड कार्डभन्दा फरक कोटा हो। एनओसीले सोही कोटामार्फत संगिता र हरिलाई ओलम्पिकमा पठाउन लागेको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending