Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

वैद्यबिना एकता नचाहेका प्रचण्ड अब के गर्छन् ?

\"Maoist_unity काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकताको अन्तिम तयारी भए पनि अध्यक्ष वैद्यले नै आनाकानी गरेपछि एकता प्रक्रियाले मुर्त रुप पाउन सकेको छैन । शान्ति प्रक्रियामा आएयता विभाजित भइ आधा दर्जन बढी टुक्रामा बाँडिएका माओवादी नेताहरुले नै पुनः एकताको आवश्यकता औंल्याउँदै एकताको पहल थालेका हुन् । विभाजित माओवादीहरु मध्ये मुलधारमा रहेका एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकता करिब करिब नजिक पुगेको भनिए पनि केही सैद्धान्तिक असहमति नै एकताको लागि तघारो बन्न पुगेको छ । क्रान्तिकारी माओवादीमा एकताको विषयमा निकै खैलाबैला नै मच्चिएको छ । प्रचण्डले गरेको एकताको प्रस्तावले खैलाबैला मच्चिएको वैद्य माओवादी झण्डै झण्डै फुटकै चरणमा छ । वैद्यले नै एकताका लागि एमाओवादी अध्यक्ष प्रचण्डसँग चरणचरणका वार्ता र संवाद गरेका छन् । उनले कहिले प्रचण्ड निवास लाजिम्पाट र कहिले आफ्नै निवास बाँनियाटामा पनि प्रचण्डसँग छलफल गरेका छन्, त्यति छलफल सायद बादलले गरेका छैनन् । चार माओवादीबीच एकता पटक पटक छलफल भएपछि दुई नेताले आफूहरुबीचको केही सैद्धान्तिक मतभेद हटाउन सकेनन् । एकताको बहस प्रचण्ड–वैद्य माओवादीमा मात्र सीमित छैन । एकता केन्द्रसँगको एकतापछि छुट्टिएका मात्रिका यादव र यादव भन्दा पनि अघि माओवादी छाडेर क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएका मणि थापासँग पनि एकता बहस चलेको छ । प्रचण्ड, वैद्य, मात्रिका र मणिबीच पनि विभिन्न चरणमा संयुक्त छलफल भएका छन् । चारै जनाबीचको छलफलमा प्रचण्ड र वैद्यबीच केही असहमति देखिएको भन्दै दुवै जनाले एकताको अन्तिम विन्दु खोज्न र लिखित रुपमा बुझाउने कुरा समेत भयो । त्यसपछि प्रचण्डले खोजेको एकताको मिलनविन्दु वैद्यको हात पर्यो । त्यही प्रस्तावका विषयमा वैद्य माओवादीले विशेष केन्द्रीय समिति नै बोलायो । जसले पार्टी एकता भन्दा पनि अर्को फुटको सम्भावना बढायो । वैद्यको फुट प्रचण्डले रोके ‘वैद्यको सिद्धान्तनिष्ट एकता तघारो भएको भन्दै बादलले आफ्नो समूह बनाएर एकतामा जान भन्दै प्रचण्डलाई प्रस्ताव राखे’, एमाओवादीका एक नेता भन्छन्, ‘तर प्रचण्डले भने सबै माओवादीलाई एकता गर्न चाहेको भन्दै अर्को विभाजन ठीक नभएको जवाफ पठाइदिए ।’ विभाजित माओवादीलाई जोड्न चाहेका प्रचण्डले फेरि अर्को विभाजन गलत हुने भन्दै बादल समूहलाई मात्रै पार्टीमा हुल्न नचाहेपछि वैद्य माओवादीको विभाजन केही समयका लागि रोकिएको छ । प्रचण्डले चाहेको भए बादल समूह एक महिनाअघि नै एमाओवादीमा आइसक्ने माओवादी नेताहरु बताउँछन् । विप्लव पनि एकतामा आउनुपर्ने मत एकताबारे छलफल शुरु भइसकेपछि वैद्यबाट छुट्टिएका नेत्रविक्रम चन्द विप्लव समूह पनि एकतामा आउनुपर्ने मत प्रचण्डको छ । तर विप्लवले एकताबारे छलफल नै गर्न नचाहे पनि विप्लव माओवादीका केही नेताहरुले एकतामा जोड दिएका छन् । स्रोतका अनुसार विप्लव माओवादीका पुराना नेता ईश्वरी दाहाल ‘असारे काका’ लगायतका केही नेताहरुले एकताकै पक्षमा छन् । विप्लव माओवादीका अर्का नेता धर्मेन्द्र बास्तोला यसअघि नै चलाइएको माओवादी पुनर्गठन अभियानका अभियन्ता हुन् । स्वयं विप्लव पनि तत्कालै एकता गरिहाल्ने पक्षमा नदेखिए पनि माओवादी द्वन्द्वकालीन मुद्दामा भने कार्यगत एकता गरेर अघि बढ्नुपर्ने पक्षमै छन् । अब के गर्ने वैद्य माओवादी मात्र नभई सबै माओवादीबीचको एकता गर्ने नै प्रचण्डको योजना छ । उनले एकता किन रोकियो भन्नेबारेमा पनि बिहीबार बसेको स्थायी समिति बैठकमा प्रष्ट्याएका छन् । एकताबारे अब छलफल गरेर छिट्टै टुंग्याउनुपर्नेमा एकता पक्षधर सबै नेताहरु छन् । माओवादीहरुबीचको एकताका लागि प्रचण्डले आफूले पद त्याग्नसमेत तयार भएको वैद्यलाई जवाफ दिएका छन् । वैद्यले पनि पदका लागि विवाद नहुने प्रष्ट्याएका छन् । एकताबारेको ल्याङगरिङ राख्न नहुने भन्दै प्रचण्डले बुधबार मात्रै वैद्यलाई पुनः आग्रह गरेका थिए । विहीबार बसेको एमाओवादी स्थायी समिति बैठकमा एकताबारे नै छलफल भएको छ । छलफललाई निश्कर्षमा पुर्याउन बैठक शुक्रबार पुनः बस्दैछ । खासगरी वैद्य र प्रचण्डबीच जनवादी क्रान्ति र समाजवादी क्रान्तिको कार्यदिशामा कुरा मिल्न नसकेकोले नेताहरुले स्पष्ट गरेका छन् । मिल्न नकेको कार्यदिशाको बारेमा आगामी महाधिवेशनबाट टुंगो लगाउने गरी सहमति जुटाउने नेताहरुको विश्वास छ । एकताको बहसमा विवाद चुलिएपछि एक महिनाको लागि वैद्य माओवादीको वैठक स्थगित गरिएपछि विभिन्न चरणमा नेताहरुबीच छलफल भइहरेको छ । केही दिनमा नै परिणाम आउने माओवादी नेताहरुले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending