Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पूर्व राष्ट्रपति किन खुट्टो उचाल्दैछन् ?

\"Rambaranकाठमाडौं । पूर्व राष्ट्रपति पछिल्ल्लो समय फेरि चर्चामा आएका छन् । नेपालको इतिहासमा पहिलो राष्ट्रपति हुने सौभाग्य पाउँदै स्वर्णित अक्षरले पहिलो राष्ट्रपतिमा नाम लेखाएका डा. रामवरणको चर्चा सकारात्मकभन्दा धेरै नकारात्मक बढी हुन गएको छ । पूर्व राष्ट्रपति आफैंमा एउटा सम्मानित पद हो । जहाँ उनी सबैका साझा व्यक्तिका रुपमा मानिन्छन् । मानिनुपर्छ । उनलाई यो सम्मान दिनु पनि पर्छ । तर, यादव सबैबाट सम्मानित भएर बस्नेभन्दा पनि सबैबाट आलोचित हुने गरी क्रियाकलापमा उत्रिएका छन् । कटवाललाई थमौति दिनेदेखि अहिले संविधान घोषणा गर्दा यस पछि कार्यान्वयन गर्ने अवस्थासम्म आइपुग्दा उनी साझा र मान्य व्यक्तिका रुपमा दरिंदैनन् । जब निर्वाचित सरकारले प्रधान सेनापतिलाई हटाउन खोज्यो तब यादवले उनलाई थमौति दियो । एमाओवादी राष्ट्रविरुद्ध खनियो । सम्बन्ध कहिल्यै सौहाद्र्र नबन्ने गरि बिग्रियो । पहिलो संविधानसभा असफल भएपछि दोस्रो संविधानसभासम्म आइपुग्दा उनको निरन्तरता हुने वा नहुने भन्नेमा राजनीति विभाजित भयो । उनले पदमै आफू बसिरहने, नहट्ने गरी क्रियाकलाप अघि बढाए । अर्को भरपर्दो विकल्प पनि नभएकोले उनको पदावधि बढ्दै गयो । एमालेले उनलाई हटाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । दोस्रो संविधानसभा निर्वाचनपछि संविधान बनाउँने चरणमा यादवले संविधानमा आफ्नो पनि भूमिका खोजे । जबकी उनी संवैधानिक हुन् । राजनीतिक विषयमा बोल्ने र भूमिका खोज्ने उनले गर्न हुदैनथ्यो । सम्मानित संस्थाले यस्तो गर्दा नराम्रो र गलत नजीर बस्नेतर्फ उनले ख्याल गरेनन् । कहिले मधेसका नाममा त कहिले असन्तुष्ट अर्को पक्षका नाममा भन्दै उनले राजनीतिक दबाब बढाए । सो कारण उनी आफैंको पार्टी कांग्रेससमेत असन्तुष्ट भयो । कुनै समय यही पार्टीका महामन्त्री भएका उनको विषयमा तत्कालीन सभापति सुशील कोइराला नै असन्तुष्ट भए । पहिलो एमाओवादी, एमाले, कांग्रेस तीनवटै मूलधारका दलहरु राष्ट्रपतिको शैली, भूमिका र उनमा पलाएको राजनीतिक सोचले असन्तुष्ट हुन पुगे । पदपछि पनि भूमिकाको कसरत उनी पदबाट हटे नयाँ राष्ट्रपतिमा विद्यादेवी भण्डारी आइन् । तर, रामवरणमा राजनीति धङधङी हटेन । उनी त सबैलाई जोड्ने साझा व्यक्तिका रुपमा सम्मानका साथ बस्नुपर्नेमा झन् विवादास्पद शैलीमा देखिए । आफैंले जारी गरेको संविधान बाध्य भएको जारी गर्नुपरेको वक्तव्यबाजी गर्दै हिडे । पूर्व जनरल छत्रमान सिंह गुरुङको किताब विमोचनका आफैंले आकाश थामेको झैं १७ साल दोहोरिन नदिएको जस्ता तर्क गर्न थाले । राष्ट्रिय सुरक्षा जहिल्यै पनि अह्म हुन्छ तर, प्रधान सेनापति जस्ता व्यक्तिले सुरक्षा निकायका माथिल्ला तहका रणनीति क्रियाकलाप जस्ता विषयमा अर्को सहकर्मीलाई ताछ्न लेखिएको किताब विमोचनमा राजनीतिक मन्तब्य दिएपछि यादवलाई रुचाउँने भन्दा पनि आलोचन बढी गर्ने देखिए । ‘राष्ट्रपति पद आफैंमा सम्मान र सबैले गर्व गर्नुपर्ने पद हो तर, यो संस्थाको गरिमालाई उहाँले त्यतिधेरै न्याय गर्ने गरी भूमिका खेल्नमा कतै चुक्नुभयोकी जस्तो लाग्छ’ कांग्रेसका एक पुराना नेता भन्छन्, ‘उहाँले पुराना कुरा ओकल्ने र अर्कोलाई ताछन् होइन । सरकारले उपलब्ध गराएको घरमा बस्ने र सकेसम्मा राम्रो र सबैलाई जोड्ने गरी भूमिका खेल्ने हो ।’ अझ यादव एक कदम अघि बढेर भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेका साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितलाई ‘तपाईंलाई हौसला दिन आएको हुँ’ भन्दै उनलाई भेट्न अस्पताल नै पुगेपछि उनको आलोचना भएको छ । राज्यको संवैधानिक निकायले छानविन गरिरहेका बेला उनलाई भेट्न जानुले पनि यादवलाई थप विवादमा ल्याउन सक्ने देखिएको छ । पछिल्लो समय त प्रधानमन्त्री केपीले मुखै फोरेर पूर्व राष्ट्रपतिले अनावश्यक टिप्पणी गर्दै हिडेको भन्दै तीव्र असन्तुष्टी जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending