Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

माननीय लोकमान कार्कीलाई खुल्ला पत्र !

[caption id=\"attachment_71227\" align=\"alignleft\" width=\"150\"]\"लेखक                लेखक[/caption] माननीय लोकमान कार्की ज्यू, तपाईलाई शंका सहितको बिश्वास गरिरहेका छौं हामी ! नेपालमा बहुदल आउने बित्तिकै दुरदर्शिता देखाइएर स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भारतमा जनलोकपाल विधयेकको नाममा कोशिस मात्र भएको छ तर आजसम्म पनि स्थापित हुन सकेको छैन । सार्वजनिक पद धारण गरेको कुनै पनि मान्छेले बद्नियत राखेर सरकारी सम्पति भ्रष्टाचारको नाममा दुरुपयोग गर्ला भनेरै अख्तियार दुरुपयोग अनुसन्धानको स्थापना भएको थियो । आजसम्म कति आयुक्तहरु आए गए, इतिहासले सायदै सम्झेला, तर तपाईं इतिहासको आँखामा विवादित बन्नुभएको छ । शक्तिको लडाइँ जसले जित्छ, आफू अनुकुल इतिहास लेखिन्छ र तपाईंको स्थान त्यतिबेलासम्म कहाँ हुनेछ हामी सामान्य जनताले निर्क्यौल गर्न सक्ने छैनौं । कनकमणी प्रकरण दुइ दृष्टिकोणले महत्वपूर्ण छ । पहिलो दृष्टिकोण सोझो, सफा, सकारात्मक र भ्रष्टाचार बिरुद्धमा छ । जसलाई सामान्य म जस्तो एउटा नेपालीले बुझेको छ । हरेक क्षेत्र भ्रष्टाचारबाट आक्रान्त भएर जनता आजित बनेको देशमा, छिसिक्क एउटा स्वच्छ छविकै मान्छे पक्राउ परे पनि जनता जाग्ने गर्छन्, आशाका हिमचुलीहरु ठड्याउने गर्छन् र स्वभावतः जनताको प्रतिक्रिया नेप्से परिसुचकको साँढे जस्तो उफ्रिने गर्दछ । केही नभएको देशमा थोरै मात्र केही भए पनि जनता उद्देलित हुन्छन्, जुन अस्तिमात्र प्रष्ट देखियो । मान्छे व्हात्तै आशावादी बने । तपाईंको हाइट चुलियो, यतिबेला मान्छेले तपाईंलाई बिर्सेर तपाईलाई नै वाहवाही गरिरहेका छन । यो क्रम अझ बिदेशमा बस्नेहरुमा यस्तरी फैलिएको छ, मानौं घर फर्कने बेलासम्म कनकमणी मात्र होइन, भ्रष्टाचारको नाम परेकाहरु सबै मध्ये कोही फाँसी र कोही जेल चलान भैसकेका हुनेछन् । हेर्नुस् त लोकमान ज्यू, जनताको प्रतिक्रिया । तर यसलाई सस्तो ठानियो भने अवश्य भुल हुनेछ । कनकमणी प्रकरणको अर्को पाटो वा दृष्टिकोण भनेको ’सस्पेन्स नोबेल’ जस्तै हो । यसमा इतिहासको लोकमान कार्की जोडिन्छ, भारतको हस्तक्षेप जोडिन्छ । हरेक कुरालाई नकरात्मक या जटिल देख्नेले तपाईको यो कार्यलाई हिलो देख्छ । त्यो आँखा त्यसले तपाइँलाई पनि अशुद्ध देख्ने प्रयास गर्दैछ, जसले समग्र प्रक्रियासँग मतभेद राख्छ, जसले सत्ता र शक्तिको हिसाब किताब गरेको छ अथवा भनुँ जसलाई भ्रष्टाचार भन्दा पनि बिरोधीहरुलाई निर्मूल गर्नु छ, उसको आँखा फरक छ । जो सदैव तर्सिरहन्छ, जसले सही र गलत भन्ने मूल्यांकनको दज्र्यानी चिन्ह गोजीमा बोकेर हिँडेको हुन्छ र मान्छे भेट्ने बित्तिकै धाप मार्दै पहि¥याइदिएको हुन्छ, त्यो वर्गको मान्छेलाई तपाईको कामले जरुर हल्लाइदिएको छ । सोझो बुझौं, अख्तियारको काम हरेक सार्वजनिक पद धारण गरेकाहरुको निगरानी र तहकिकात गर्नु हो । जनगुनासो र उजुरीहरुको उचित सम्बोधन गर्ने काम तपाईको हो, चाहे त्यो उजुरी सिधै अख्तियारको लेटर हेडमा छापियोस्, या सिधै गिरफ्तार वारेन्ट बनोस्, या भ्रष्टाचार गरेको सबुत बनोस, उजुरी गर्नेको या जनताको लेनदेनको बिषय होइन । अख्तियारलाई ‘लेटरहेड’ दुरुपयोग गरेको आरोप जनताको होइन बरु जनताको गुनासोलाई तपाईंले सिधै त्यसमा उतार्नु भो, धन्यवादको पात्र बन्नुभो । अचम्म छ, अख्तियार नेपालको, त्यसको प्रमुख पनि नेपाली, भ्रष्टाचारको आरोप लागेको पनि नेपाली नै, समाइएको भूमि नेपाल, कुन मुखले यो सबै प्रक्रियामा भारत घुसाउँदै छन एलिटहरु ? यो सामान्य मान्छेले बुझ्न नसक्ने कुरा हो । स्वदेश र बिदेशमा श्रम गरेर खानेहरु यसको बिरुद्धमा छैनन, बर्णशंकर चेतनाको माध्यमबाट आफ्नो कलम गलत प्रयोग गरेर, समाजमा बिचारको काटेलिङ गर्न खोज्ने केही तथाकथित पुराना र केही पलाउँदै गरेका टुसाहरु यस कदमको विरुद्धमा अंगार बेचेर पैसा कमाउने आशामा परालमा आगो सल्काउँदै छन् । हो, हामी हिलोमा छौं, गडेर बसेका छौं । हाम्रा कमजोरीहरु छन् । उसो त माननीय लोकमान ज्यू, तपाई पनि कमजोरीको शिकार हुनुभएको हो । तर यथार्थ के हो भने, हामी हिलोबाटै फुल्नु पर्छ । मलाई थाहा छैन, तपाई कहिले र कसरी कमलको फूल बनेर बाहिर निस्कनु हुनेछ, यो त्यसको शुरुवात हो या तुष जमाउने कामको शुरुवात हो । तपाईंले नभए अरु कसैले हिलोबाट कमल फुलाउनै पर्छ । तपाईं जनआन्दोलनको दमनकारी हो, तपाई शाही सत्ताको मुख्य सचिव हुनुहुन्थ्यो, तर बागमतिमा धेरै पानी बगेको छ, तपाईलाईं कारवाही गर्न भनेर रायमाझी आयोगले सिफारिस पनि गरेको थियो, त्यसो त थुप्रै अरु पनि सिफारिसमा परेका थिए । हो हामीलाई तपाईंले हिजो गरेको काम कारवाही चित्त बुझेको थिएन, तर सबै सँधै उस्तै भएर देशको मुहार फेर्न सकिँदैन । एउटा न एउटा सच्चिनै पर्छ । सबै सँधै रत्नाकर बनेर देश अघि जाँदैन, एउटा न एउटाले साधना त गर्नै पर्छ र अहिलेको तपाईंको कदमलाई धेरै जनताले एउटा साधना मानिरहेका छन् र आशा र बिश्वास गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending