Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

‘मिनेटले ज्यान बचेको त्यो दिन’

[caption id=\"attachment_71101\" align=\"alignleft\" width=\"361\"]\"बुद्धलोप्चन\" बुद्ध लोप्चन[/caption] विनाशकारी भुकम्पगएको आज एक वर्ष पूरा भएको छ । गत ०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण हजारौँ घरबार विहिन बने त हजारौँले ज्यान पनि गुमाए । त्यति बेला भूकम्पले ढलेका घर अहिलेसम्म बनेको छैनन् । पीडितले एक वर्षको कष्टपूर्ण रात टहरामै बिताएका छन् । विद्यार्थी टहरामै अध्ययन गर्न बाध्य छन् । सरकारले पटक–पटक पुनः निर्माणको आश्वसन दियोे तर अहिले सम्म त्यसले गति लिन सकेको छैन । गतवर्ष भुकम्प जाँदा म काभ्रेमा तत्कालीन उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंह उपस्थित कार्यक्रममा थिए । कार्यक्रम चल्दै थियाे । एक्कासी हल्लिनथालेपछि सबैको भागाभागभयो । सबैतिर फोन गरे फोन लागेन । पछि फोन लाग्यो । कार्यक्रम धुलिखेलमा थियो । त्यसपछि म बनेपातिर आएँ । त्यहाँ आउँदा एम्बुलेन्स लगायतका स्रोत साधनहरु प्रयोग गरी अस्पतालमा बिरामी ल्याउने चाप थियो । म समाचार लेखनलाई छाडी बिरामी व्यवस्थापनका निम्ति सहयोग गर्न लागि परे । मेरो आफ्नो घर र गाउँ पनि ध्वस्त बनाएको थियो भुकम्पले । गाउँमा राहत पु¥याउनु मेरो चुनौतीको विषय थियो । यातायातको क्षेत्रबाट टाढाको ठाउँमा हत्तपत्त राहत लैजान मान्दैनथे अन्य संघसंस्थाले पनि । विनाशकारी भुकम्पपछि देशी विदेशी संस्थाहरुले सहयोगीहातहरु अगाडि बढायो । त्यसक्रममा भुकम्पले थलिएको काभ्रेकोे विकट क्षेत्र डाँडापारिका बासिन्दलालाई चामल खरिद गरी भुकम्प पीडितलाई दिनभन्दै केही रकम जम्मापारी पठाएका थिए । सोही अनुरुपचामल खरिद गर्न म बनेपा खाध्य भण्डार पुगे । त्यहाँ काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश कायस्थ पनि हुनुहुँदो रहेछ । त्यो पसल पनि उहाँकै रहेछ । उहाँले यो कुन ठाउँमा लैजाने हो ?भनेर प्रश्नगर्नुभयो । अनि मैले क्षति विवरणदेखि लिएर भुकम्प पीडितहरुको पीडा र वास्तविक जनजीवनबारे प्रष्ट्याइदिए । उहाँले वचन दिनुभयो कि मैले चिनेको र सकेको ठाउँमा कुरा राख्छु । उहाँले वरिष्ठ पत्रकार प्रतिक प्रधानसँग मलाई सम्पर्क गराइ दिनुभयो । उहाँले मलाई मेरो आफ्नो गाउँको लागि सकेको सहयोग गरिदिने वचन दिनुभयो । त्यसपछि भोलिपल्ट बिहानै मलेसियाका दाजुभाईले पठाएको रकमबाट खरिद गरेको चामललिएर म गाउँतिर हान्निए । गाउँजाँदा भेटभएजति सबैले आ–आफ्नो पीडा सुनाएँ । पीडा सुनि सक्नु थिएन । त्यसपछि प्रतिक सरसँग हाम्रो दोस्रोपल्ट कुराकानी भयो । उहाँले हेलिकप्टरमार्फत सामान लैजाने तयारी भएको छ, तपाई तयार भएर बस्नुस् भन्नुभयो । त्यहीअनुरुप म तयारीमै बसे । त्यसपछि १२ वैशाखको पछिल्ले बिहिबार बिहान धुलिखेलस्थित फुटबल ग्राउण्डबाट डाँडागाउँको लागि नेपाली सेनाको हेलिकप्टर जाने तयारी थियो । बिहान ८ बजे नै धुलिखेलबाट हेलिकोप्टर उड्ने भनेपछि म पनिअलिक हत्तारिँदै कोठाबाट निस्के । धुलिखेल पुग्न नपाउँदै नेपाली सेनाको हेलिकोप्टर फुटबल ग्राउण्डमा ल्याण्ड भयो । मैले गाउँको मौसमबारे जानकारी लिँदै थिए । तुवाँलो र बादल छ भन्दै थियो गाउँका साथीहरुले तर यहाँबाट हेलिकोप्टर उड्नका लागि तयारी पूरा भइसकेको अवस्था थियो । त्यसैले म पनि हत्तारिँदै हेलिकोप्टरभित्र चढ्नुको विकल्प नै थिएन। राहत सामग्री लोड हुनका साथै म भित्र पसेपछि हेलिकोप्टरले जमिन छाड्यो । अब हेलिकोप्टर आकाशमा मात्रै सीमिति रह्यो । धुलिखेल आसपासदेखि च्याल्टी कामीडाँडासम्म त मैले ठाउँ नियाल्दै थिए । एकछिनपछि कहाँ पुग्यो कहाँ पुग्यो जस्तो लाग्यो । सम्बन्धित क्षेत्रका व्यक्ति भएको कारणले पनि मलाई ठाउँ हेर्ने जिम्मा थियो । सिमसिमे पानी र खराब मौसम काकारण बादल भन्दा माथि हेलिकोप्टर पुगेपछि ठाउँ नियाल्न सकिरहेको अवस्था थिएन । बल्ल हामी मकवानपुरको सीमाना पुगेपछि मैले ठाउँ ठम्याउन थाले । सांकेतिक हिसाबले मैले राहत पु¥याउने ठाउँ देखाएँ । मैले ठाउँ देखाएपछि हामी त्यतातिरै हान्नियौ । पुग्नुपर्ने ठाउँमा पुग्नुभन्दा झण्डै २ मिनेटअघि हेलिकोप्टरमा सामान्य समस्या देखियो भन्ने जानकारी भयो । कर सापले कतै ल्याण्ड गर्ने ठाउँ छ कि छैन भनेर मलाई सोध्नुभयो । डाँडाकाडा मात्रै छ त्यस्तो ठाउँ छैन भनेपछि उहाँले बल्लतल्ल सम्बन्धित ठाउँमै साढे १ मिटेभित्र त्यही ठाउँमा ल्याण्ड गर्नुभयो । त्यसपछि उहाँले भन्नुभयो–\'एक मिनेटले हामी यहाँ आउन सक्यौ ।\' यातायातको क्षेत्रबाट टाढा रहेको डाँडागाउँ गाविसको वडा नं. ३ स्थित गुम्बाको प्राङ्गणमा हेलिकोप्टर ल्याण्ड भएपछि थाहा पाएँ कि गाविसमा जिल्ला दैविप्रकोप उद्धार समितिको एक पाकेट चाउचाउ र बिस्कुट बाहेक अरु केही पुगेको छैन । पहिलोपटक डाँडागाउँमा करुणा फाउण्डेशनले उपलब्ध गराएको राहत सामग्री लिएर नेपाली सेनाको सहयोगमा त्यहाँ पुगेपछि भुकम्प पीडितको अनुहारमा खुशी देखे । हामीले २ सय वटा त्रिपाल पहिलो पटक त्यहाँ झार्न सफल भयौ । जुन राहत सामग्रीको नेतृत्व म आफैले गरेको थिए । राहत व्यवस्थापनदेखि वितरणसम्म जिम्मेवारी मलाई दिएको हुनाले त्यसको जिम्मेवारी मैले लिनु थियो । विपत्तिमा सहयोगमा जुट्दा एक मिनेटले ज्यानजोगिएपछि हामी एक आपसमाखुशी समेत साटासाट ग¥यौ । हेलिकोप्टरमा आएको समस्याको सामान्य समाधान गरी त्यहाँबाट अर्को टिपको लागि धुलिखेल आउनजमिन छोड्न नपाउँदै हेलिकोप्टरको पछाडि पङ्खामा खराबी देखियो । हेलिकोप्टर हत्तपत्तनबन्ने भयो । त्यसपछि हेलिकोप्टरको टोलीले नेपाली सेनाको हेलिकोप्टरमा निर्माणको आवश्यक सामान सहित प्राविधिक टोली माग गरियो । केही समयपछि नेपाली सेनाले प्राविधिक सहित आवश्यक सामग्री लिएर आए तर सामग्री अपुग भयो । त्यही बेलुका अर्को हेलिकोप्टरले आवश्यक सामग्रीलिएर डाँडागाउँ ल्याण्ड भयो । मौसम निकै खराब थियो । हजाराैं भुकम्प पीडितहरु राहत पाइन्छ भनेर पानी सँगै रुझ्दै बस्दै थिए । पानी परिरहेको थियो । त्योसँगै कालो बादल र गड्याङगुडुङ चट्याङको आवाज । चट्याङले अति सताउने त्यो ठाउँमा कताकता डर पनिलाग्यो । करिब १ घण्टा पछि मौसम पहिलेकै अवस्थामा आयो । अथवा अझ पहिले भन्दा सफा भयो । पछिल्लो पटक त्यहाँस्थित टोलीलाई रासन सहित सामग्री लिएर आएको हेलिकोप्टरमा म सदरमुकाम धुलिखेलतिरै फर्कने निधो गरे । पुनः नेपाली सेनाको हेलिकोप्टरले डाँडागाउँ छाड्यो । डाँडापारिकै गोकुलेमा भुकम्पकाकारण ढाड भाँचेर बसेकी एक महिला बिरामी छिन भन्ने सुनेको थिए हामी त्यही बिरामीको उद्धारका लागि गोकुले गाविसस्थित सोक्तेल भन्ने गाउँमापुग्यौँ । हामीले बिरामीलाई धुलिखेल ल्यायौँ । हेलिकोप्टरको त्यो करिब १० मिनेट जत्तिको यात्रामा उनको एउटै आवाज थियो म मरे म मरें। अहिले उनकोे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । त्यसपछि म पनि आफ्नै बाटोमा लागें। डाँडागाउँमा बिग्रिएर बसेको हेलिकोप्टर बनाउन प्राविधिक टोली जुट्दै थियो । नेपाली सेनाको टोलीले त्यहाँ सुरक्षा प्रदान गरिरहेकै थियो । मलाई पनि कताकता डर लागिरहेको थियो कि न गाउँका बच्चाहरुले प्याट्ट ढुंगो हानिदिने पो हो कि? तर त्यस्तो हुँदैन मेरो अर्को मनले मलाई सम्झाइरहेको थियो । त्यसपछिका पछिल्लो शुक्रबार उताजाने तयारी त थियो तर सम्भावना नै भएन । भारतीय विमान सेवाले बाँकी राहत सामग्री लिएर जाने तयारी थियो तर गोकुले गाविस र फलामेटारमा रहेको नेपाली सेनाको टोलीलाई रासन पु¥याएर मात्रै डाँडागाउँको सामान लैजाने तयारी थियो । कारणबश मौसमका खराबी र सेनाले हुबर गरेको स्थानगलत भएपछि सो विमानफलामेटारमा ल्याण्ड हुन सकेन उतै काठमाण्डौँमापुगेर ल्याण्ड भयो । त्यसपछि डाँडागाउँमा जाने कुरा क्यान्सिल नै भयो । हाम्रो अझै १सय ५० वटा त्रिपाल, सय बोरा चामल र २ सय केजीचना लैजानै बाँकी थियो । शनिबार बिहानै लैजाने कुरा भयो त्यहीअनुरुप म पुन ः तयारीमा बसे । शनिबार साढे ९ बजेतिर पुन ः धुलिखेल फुटबल ग्राउण्डबाट डाँडागाउँको लागि हेलिकोप्टर उड्यो । हामीले ४ सय केजी सामानलिएर गयौँ । कानमादुख्ने समस्याले सताउनथाल्यो । लगभग २० मिनेटलगायो सो विमानले डाँडागाउँ पु¥याइदिन । २० मिनेटपछिहामी डाँडागाउँ पुग्यौँ अनि म त्यही बसे । सामान बाँडफाँडबारे मैले त्यहाँस्थित राजनैतिकदल र स्थानीय बुद्धिजीवीहरुलाई बुझाएअर्थात सुझाव दिए सुझावदिननपाउँदै सो विमानपुन ः अर्कोपटक १४ सय केजी सामानलिएर त्यहाँआइपुग्यो अबफर्केर आउँदैन भनेपछि म त्यहाँ बस्ने कुरै भएन । म पनि हेलिकोप्टरको भित्रै बसे । हेलिकोप्टरले काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हामीलाई झारिदियो । आफ्नो जन्मभूमिमा राहत लिएर जाँदा होस्, या पत्रकारको हैसियतले भूकम्प पीडितको व्यवथालाई बुझ्ने कोसिस गर्दा होस् भूकम्पीडितसँग मैले थुप्रैअनुभव र पीडाहरु साट्न भ्याए । उनीहरु भन्दै थिएतपाईहरु भगवान नै हो हाम्रालागि । राज्यनपुग्ने ठाउँमा अरुकुनै निकाय पुग्छ भन्ने त कोही कसैले सोचेकै थिएन । त्यहाँका भत्किएर घर, सिन्धुपाल्चोकका ढलेको घर, अनि भत्किएको मन अझै बन्ने सकेको छैन । त्यसको कुनै निश्चितता नै छैन । त्यसैले भूकम्पपीडितको व्यथा र कथामाथि सरकारले खेलवाड गर्नुहुँदैन । पुनर्निर्माणको कार्यलाई द्रुतगतिमा सरकारले अगाडि बढाउनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending