Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपाली क्रिकेटको सम्मानमा आइसिसी र नामिबियाका कप्तानले व्यक्त गरेको खुशी यस्तो छ

\"Icc\"\"namibian-captain\"काठमाडौं । नेपालले तीन वर्षपछि घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सफल आयोजना मात्रै गरेन, विश्व क्रिकेटको ध्यान आफूतिर आकर्षित गर्न सक्यो । लिगका यस अघिका खेलमा पपुवा न्युगिनी र स्कटल्याण्डसँग ४ खेलमा पराजित भएपछि नेपाल दबाब थियो । तर, गृह मैदान नेपाललाई फाप्न पुग्यो । पहिलो खेलमा गत शनिबार नामिबियालाई ५ विकेटले जित्यो भने सोमबार रोमाञ्चमक खेलमा उच्च रन चेज गर्दै तीन विकेटले पाखा लगाएपछि नेपालको चर्चा चुलिएको छ । नेपालको जितलाई विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले सिरिज जितेपछि नेपालले च्याम्पियनसिपमा ५ स्थानमा फड्को मारेको विषयमा समाचार लेखेको थियो । भूकम्पले जर्जर भएको नेपालमा आइसिसीका सहयोगमा भएको खेलमा नेपालले उच्च प्रदर्शन गरेको जनाएको छ । आन्तरिक क्रिकेटको संस्थामा तीव्र विवादकाबीच नेपालले खेल जित्नुलाई महत्का साथ हेरिएको छ । आइसिसीको नेपाली क्रिकेट कल्चरको विषयमा निक्कै तारिफ गरेको छ । १० हजारले टिकट काटेर र त्यति नै संख्या स्टेडियमबाहिरबाट पनि समर्थकले क्रिकेट हेरेको लेखेको छ । नेपाल उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले नेपालले प्रभावशाली खेल खेल्दै जितेको खेलको साक्षी बनेको उल्लेख गरेको छ । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण र इन्टरनेटबाट विश्वभर खेल हेर्न पाएको पनि उल्लेख गरेको छ । नेपालको जितमा घरेलु मैदानमा दर्शकबीच खेल्न पाउनु र जित्नु महत्वपूर्ण पक्ष भएको बताएका छन् । नेपालले सफल आयोजना गर्न सक्छ भन्ने सन्देश दिएको पनि पारसले बताएका छन् । नेपालले पहिलो खेल जित्नुलाई महत्वपूर्ण रहेको भन्दै पारसले टिमले अझै आगामी अगस्टमा नेदरल्याण्डविरुद्ध हुने खेलमा कडा मेहनत गर्नुपर्ने बताएका छन् । दोस्रो खेल जिताउन पारसले शतकीय १०३ रन र शरद भेषवाकरले ७४ रनको महत्वपूर्ण पारी खेलेका थिए । नेपालसँग दुवै खेल हारेपछि नामिबियाका कप्तान स्टेफन बार्डले आफूहरु स्तब्ध भएको बताए । तर, बार्डले नेपालमा आएर हजारौ दर्शक अगाडि खेल्न पाउँदा भने खुशी व्यक्त गरेका छन् । नेपाली समर्थक साह्रै नै भद्र रहेका र नेपाली आतिथ्यताप्रति आनन्दित भएको पनि बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending