Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

नेपाली जनप्रगतिशील मन्च दोहा कतारको चौथो महाअधिबेशन सम्पन्न

\"doha_katar\"दोहा कतार । एनेकपा माओवादी पार्टी उपाध्यक्ष तथा पुर्ब-उपप्रधान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको प्रमुख आतिथ्य तथा एनेकपा माओवादी अन्तर्राष्ट्रिय ब्युरो बिभाग सचिब तथा युबानेता युबराज चौलागाईंको उपस्थितिमा सम्पन्न भएको छ । महाधिवेशनमा नेपाली दूतावास दोहा कतारका कार्यबाहक राजदूत मणिरत्न शर्माको समेत उपस्थिति रहेको थियो । दोहा कतारका पार्टी सचीव रमेश भट्टले सन्चालन गरेको कार्यक्रमको सुरुमा माओवादीले संचालन गरेको १० बर्षे जनयुद्ध कालखण्ड तथा विभिन्न माओवादी आन्दोलन र देशमा परिवर्तनको निमित्त ज्यान बलिदानी अर्पण गरेका महान सहिदहरुप्रती एकमिनेट मौन धारणा गरि सुरु गरिएको थियो । उक्त एैतिहासिक खुल्लासत्र कार्यक्रममा दोहा कतारमा स्थापित रहेको विभिन्न बैचारिक सगठन एनआरएनए लगायत विभिन्न सामाजिक जिल्लाबासी संघ सस्था बुद्धिजीवी ब्यबसायी पत्रकार प्रतिनिधिहरु दोहा कतारमा विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरुको बाक्लो उपस्तिथिति थियो भने आयोजक समिति सयोजक शनि कुमार ओलिको सभापतित्व रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले आफ्नो तर्फबाट कार्यक्रम सफलताका शुभकामना मन्तब्य राखेका थिए भने विश्वभरी रहेका विभिन्न मुलुकमा स्थापित नेपाली जनप्रगतिसिल मञ्चहरु साउदीअरब,कुबेत,दुबई,बहराइन,अष्ट्रेलियाका तर्फबाट पठाएका सुभकामना पत्र संदेश पढेर सुनाइएको थियो । ओमनबाट मञ्चका कोषाध्यक्ष कुलबहादुर तामाङ मलेसियाका पार्टी अध्यक्ष रमेश तिवारी , एनआरएनए गल्फ सयोजक डिबि क्षेत्री समेत ओमनबाट सुभकामना मन्तब्य दिन उपस्थित कतार आएका थिए । पार्टी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय बिभाग ब्युरो प्रमुख कार्यक्रमका प्रमुख अतिथी नारायण काजी श्रेष्ठ र अन्तर्राष्ट्रिय बिभाग ब्युरो सचिब युबानेता युबराज चौलागाईंले कार्यक्रममा भनाई राख्नुभएको थियो । साथै कार्यक्रममा रेगिस्तानी कवि तिर्थ संगम राइले कविता बाचन गरेका थिए भन्ने गजलकार इस्वर साहिले चोटिला गजल बाचन गरेका थिए । बन्दसत्रमा निर्वाचन आयोगले उम्मेदवारीका लागी गरेको आव्हानमा कसैको दोहोरो उम्मेदवार नपरेकोले सर्वसम्मतिमा नया कार्यसमितिका लागि नामावली पढेर सुनाइएको थियो । महाधिवेशनले शनिकुमार ओली अध्यक्ष रहेको दुई महिला सहित २५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । साथै प्रथम उपाध्यक्षमा रकमध्वज लामा, द्धितिय उपाध्यक्षमा कर्ण लिम्बु, तृतीय उपाध्यक्षमा दिपक लामिछाने, महाचिवमा जैबी राई, सचीवमा सन्तोष दंगाल, सहसचिवमा महेश दाहाल, कोषाध्यक्षमा बुद्धीप्रसाद भण्डारी र सहकोषध्यक्षमा लक्ष्मण कडेल रहनुभएको छ । साथै सदस्यहरुमा लीलामणि वस्ती, सुरेन्द्र कार्की, लक्ष्मण चौलागाईं, पृती घले, ज्ञान बहादुर न्यौपाने, बिमल न्यौपाने, ज्ञान ब तामाङ, लोक बहादुर परिवार, दान बहादुर सहकारी, बिर्ख सार्की, इश्वर शाही, ओम प्रकाश भगवत , लिला बल्ब लम्साल, महिला सदस्य –बिपना वलि र रश्मि तामाङ, प्रकाश भटट, सदस्य प्रेम रोकाय, बिग्नेश पासवन, आशिष ढकाल, प्रकाश भटट, प्रेम रोकाय, बिगनेश पासवन र आशिष ढकाल रहेका छन । साथै सल्लाहकार हरुमा होमनाथ शार्मा रमेश भट्ट प्रेम कुमार बिक प्रेम लामा राजु डुम्रे टिकाराम भण्डारी दिपेन्द्र ढकाल समेत रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies