Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बलियो राष्ट्र नामिबियामाथि यसरी खेल्दैछ नेपाल

\"TU-Cricket\"काठमाडौं । आइसिसी वल्र्ड डिभिजन लिग क्रिकेट प्रतियोगितामा शनिबार नेपालले नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–नामिबिया दक्षिण अफ्रिकाकै बलियो राष्ट्र मानिन्छ । चार खेल गुमाएर नेपाल लिग अंकतालिकाको पुछारमा छ । नामिबियाले २ अंक हात पारेको छ । नेपालले नामिबियालाई हराए शीर्ष चारभित्र प्रवेशको बाटो खुल्नेछ । तीनपटक भिडन्त १५ वर्ष माथिल्लो डिभिजनमा प्रतिस्पर्धा गरेको नामिबियाले सन् २००३ मा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितासमेत खेलिसकेको छ । लामो समय डिभिजन– १ मा रहेको नामिबियाविरुद्ध नेपालले १५ महिनाअघि डिभिजन– २ मा प्रतिस्पर्धा गरेको थियो । आधिकारिक मानिएको सो खेलमा नेपालले तीन विकेटको जित निकाल्यो । यसअघि आइसिसीले मान्यता प्रदान नगरेको दुई अभ्यास खेलमा नेपालले बराबरी नतिजा हात पारेको थियो । घरेलु मैदानको फाइदा नेपाललाई घरेलु मैदानको फाइदा हुनेछ । टर्निङ पिचमा नेपाली स्पिनर चम्कन सक्छन् । नेपालले तीन युवा खेलाडीलाई मौका दिएको छ । शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी तथा सन्दीप लामिछाने चम्के भने नामिबियाको ब्याटिङ लाइन धरापमा पर्न सक्छ । अर्कोतिर घरेलु समर्थकको साथ पनि पाउनेछन् । हजारौँ घरेलु समर्थक र मैदानमा नेपाली टोलीको प्रदर्शन अब्बल नै रहँदै आएको छ । अहिले पनि नेपाली खेलाडीले त्यसैको फाइदा उठाउन कोसिस गर्नेछन् । विदेशी प्रशिक्षक र कप्तान नेपाली समर्थकसँग सचेत नेपालझैँ नामिबियालाई पनि शीर्ष चारभित्र प्रवेश गर्न दबाब छ । पहिलोपटक दक्षिण अफ्रिकी टोलीका रूपमा नामिबियाले त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नामिबियाका प्रशिक्षक डी ठाकुर र कप्तान स्टेफन बार्ड नेपाली समर्थकसँग सतर्क छन् । ठाकुर र बार्डले घरेलु समर्थक तथा मैदानमा नेपालको प्रदर्शन उत्कृष्ट हुने बताइसकेका छन् । करिब १५ हजार दर्शकमाझ नामिबियाका खेलाडी ‘नर्भस’ हुन सक्ने उनीहरूको अनुमान छ । ‘हामी यस किसिमको वातावरणमा अभ्यस्त छैनौँ, यसकारण नेपाली हजारांँ समर्थकबीच प्रतिस्पर्धा गरिरहँदा चर्को दबाब सामना गरिरहनुपर्छ,’ प्रशिक्षक ठाकुरले भने । खेलाडी फिट नेपाली क्रिकेटरले गत सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरेपछि अन्य अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका छैनन् । सात महिना चुपचाप बसेका नेपाली खेलाडीले प्रतियोगिताका लागि कडा मिहिनेत गरेका छन् । उनीहरूले दिनको सात घन्टा अभ्यास गरेको नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए । ‘सात महिना खेलाडी चुप नै बसे, तर एक महिनाभित्र उनीहरूले आफूलाई फिट पारे,’ टमाटा भन्छन्, ‘दिनको सात घन्टा अभ्यास गर्छन् ।’ स्पिनरमाथि विश्वास त्रिवि मैदानको पिचमा सिमरभन्दा स्पिनरले फाइदा लिएको उदाहरण धेरै छन् । तर, अपवादका रूपमा यहाँ सिमरले ‘म्याच विनिङ पफर्मेन्स’ दिएका छन् । टोलीका पुराना र अनुभवी स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मीको प्रदर्शनमाथि नेपालले आशा गरेको छ । त्रिवि मैदानको पिचसँग राम्ररी परिचित भएकै कारण गौचन र रेग्मीबाट उत्कृष्ट प्रदर्शन हुने विश्वास टमाटाको छ । विवादबीच तयार नेपालले नामिबियाविरुद्ध खेल्न एक महिनाअघि मात्र तयारी थालेको हो । नेपाल क्रिकेट संघ ९क्यान०को विवादका कारण नेपालको तयारी ढिला भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले रमेश सिलवालको अध्यक्षतामा क्यान तदर्थ कमिटी बनाएपछि विवाद माथिल्लो स्तरमै पुग्यो । यसको प्रत्यक्ष असर खेल तयारीमा पर्‍यो । परिषद् र क्यानबीच विवाद चलेकै कारण आइसिसीले नै हस्तक्षेप गर्नुपरेको छ । प्रतियोगिता नेपालमै आयोजना भइरहे पनि यसको सबै जिम्मेवारी आइसिसीका पदाधिकारीले नै गरिरहेका छन् । नेपाली पदाधिकारी केवल मूकदर्शक मात्र हुन् । आइसिसीको तीन प्रस्ताव पूरा भएपछि मात्र नेपालले प्रतियोगिता आयोजना गर्न पाएको हो । त्रिवि मैदानमा कडा सुरक्षा नेपाल र नामिबियाबीच हुने दुवै खेलमा सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ । खेललाई शान्तिपूर्वक सञ्चालन गर्न एसपीको कमान्डमा सात सय ७४ जना प्रहरी खटिने महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले जानकारी दिए । ‘आइसिसी स्वयंले खेल आयोजना गरेको हुँदा क्यानलगायत निकायको खेलमा प्रस्ट भूमिका नहुँदा हामीले थप संवेदनशील भई सुरक्षा योजना बनाएका छौँ,’ थापाले भने, ‘खेलाडीको सुरक्षादेखि दर्शकबाट हुन सक्ने गतिविधि नियन्त्रणका लागि योजना बनाएर प्रहरी खटाउनेछौँ ।’ प्रहरीका अनुसार बम डिस्पोजल टिमदेखि विपत् उद्धारमा खटिने विशेष टोलीसमेत खटाइनेछ । नेपालमा खेल गराउन आइसिसीले राखेका तीन सर्तमध्ये एक सुरक्षा पनि भएकाले प्रहरीले खेलको सुरक्षामा विशेष जोड दिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending