Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नयाँ सुरक्षा रणनीति बनाउन उपत्यका विशेष सुरक्षा गोष्ठी सुरु

\"Rss_Images_1460698070785_Pro_Ktm_Surakshyaकाठमाडौं । काठमाडौँ उपत्यकाको आगामी दिनको सुरक्षा रणनीति बनाउने उद्देश्यसहित शुक्रबार ‘उपत्यका विशेष सुरक्षा गोष्ठी’ सुरु भएको छ । गोष्ठीमा तराई केन्द्रित दलले जनजाति समेतको सहभागितामा गर्ने भनेको राजधानी केन्द्रित आन्दोलन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, सुरक्षा योजना लगायतका विषयमा छलफल भइरहेको छ । गोष्ठीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, मन्त्रालयका सहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहभागिता रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले राजधानीको सुरक्षा योजनाबारे साझा धारणा बनाउन गोष्ठी सफल हुने विश्वास व्यक्त गरे । उनले सुरक्षा निकायबीचको आपसी समन्वय, उनीहरुको आन्तरिक जीवन सुदृढ र सबल बनाउने विषयमासमेत गोष्ठीमा छलफल आवश्यक रहेको धारणा राखे । अहिले मुलुक सामान्यभन्दा अलि विशिष्ट अवस्थामा रहेको भन्दै सुरक्षा निकायले नियमितभन्दा अझ बढी सक्रिय हुन आवश्यक रहेकोमा उनले जोड दिए । गृहमन्त्री बस्नेतले संविधान कार्यान्वयन गर्ने र नगर्ने भनी मुलुकलाई धु्रवीकृत गर्ने प्रयास भइरहेको बताउँदै उहाँले राज्यका सबै निकाय संविधान कार्यान्वयनमा लाग्नुपर्ने भनाई राखेका थिए । संविधान कार्यान्वयनमा देखिने जटिलता, आपूर्ति व्यवस्थामा देखिएको असहजता, विधिको शासन, नियमित सुरक्षा व्यवस्था र अपराधको नयाँ स्वरुप लगायतका चुनौतीको कसरी सामना गर्ने विषयमा योजना बनाउन उहाँले सुरक्षा निकायलाई निर्देशन दिए । आपूर्ति व्यवस्था अझै सहज हुन नसकेकोतर्फ इङ्गित गर्दै उनले भने, ‘आपूर्ति व्यवस्था असहज भएको कठिन अवस्थामा जनताले धैर्यधारण गरेर राज्यप्रतिको दायित्व पूरा गरे, अब आपूर्ति व्यवस्थित र पारदर्शी बनाएर राज्यले जनताप्रतिको दायित्व पूरा गर्ने बेला आएको छ ।’ गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखाका प्रमुख तथा सहसचिव यादव कोइरालाले राजधानीको सुरक्षाको भावी कार्ययोजना बनाउन नियमित कार्यक्रमअन्तर्गत नै सुरु भएको गोष्ठी आजै सकिने जानकारी दिए । अहिले गोष्ठीको बन्दसत्र चलिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: