Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

ड्रगको अन्तर्राष्ट्रिय माफिया नेपाली

\"drug\"काठमाडौं । बैंककमा बसेर एक नेपालीले अर्बौँको ‘आइस ड्रग’ तस्करी गर्दै आएको खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–धादिङ घर भएका धर्म पाख्रिन तामाङले म्यानमारबाट एम्फेटाइमान नामक महँगो लागुऔषधको विश्वभर तस्करी सञ्जाल सञ्चालन गर्दै आएका हुन् । तामाङका दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ सत्यदेवी घर भएका नेत्र गुरुङ र चित्र तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले ३० चैतमा पक्राउ गरेको हो । नयाँ वर्षका लागि भनेर उनीहरू ३ सय २ ग्राम आइस ड्रग लिएर नेपाल आएका थिए । सो लागुऔषध ९० लाख ६० हजार रुपैयाँबराबरको भएको लागुऔषध नियन्त्रण ब्युरो ९एनसिबी०का प्रमुख डिआइजी जयबहादुर चन्दले बताए । उनीहरूले पटक–पटक म्यानमारबाट फिलिपिन्समा आइस ड्रग तस्करी गरेको प्रहरीले जनाएको छ । ‘धर्म तामाङले फिलिपिन्सदेखि अस्ट्रेलियासम्म लागुऔषध तस्करी सञ्चालन गर्दै आएको खुलेको छ,’ ब्युरोका प्रमुख डिआइजी चन्दले भने, ‘दर्जनौँ नेपाली युवा–युवतीलाई भरियाका रूपमा प्रयोग गरेर उनले तस्करीको ठूलो सञ्जाल सञ्चालन गर्दै आएका थिए ।’ नेपालमा बसेर धर्मका भाइ पूर्ण पाख्रिनले उनलाई सहयोग गर्दै आएका थिए । पूर्ण भने प्रहरीले पिछा गरेको थाहा पाएर भाग्न सफल भएका छन् । समातिएका चित्र र नेत्र सहयोगी प्रहरीले पक्राउ गरेका चित्र तामाङ र नेत्र गुरुङ लागुऔषध तस्करीको सहयोगी मात्र नभई धर्म तामाङका आफन्त पनि हुन् । धर्मको विशेष सहयोगी चित्र लागुऔषध र पैसा ओसारपसारमा सक्रिय थिए । नेत्रले भने धर्मकै सहयोगीका रूपमा एकपटक म्यानमारबाट फिलिपिन्समा लागुऔषध तस्करी गरेको प्रहरीले जनाएको छ । बैंककबाट फर्कने क्रममा उनीहरू पक्राउ परेका हुन् । २९ चैतमा विमानस्थलबाट पिछा गरी प्रहरीले उनीहरूलाई ३० चैतमा पक्राउ गरेको हो । खेलौना तथा सुटकेसको डन्डीमा लुकाएर उनीहरूले लागुऔषध नेपाल ल्याएका थिए । गत जनवरीमा धर्मकै समूहले करिब डेढ अर्ब नेपाली रुपैयाँबराबरको आइस ड्रग अस्ट्रेलियामा तस्करी गरेको थियो । फिलिपिन्समा त ठूलो मात्रामा उनले तस्करी गर्दै आएको प्रहरीले जनाएको छ । लागुऔषध तस्करीमा उनी अन्तर्राष्ट्रिय माफिया नै भइसकेको डिआइजी चन्दले बताए । थाई युवतीसँग बिहे गरेर बसेका उनको परिवार र पूरै आफन्त नै यस्तो धन्दामा संलग्न रहेको प्रहरी आशंका छ । उनलाई पक्राउ गर्न प्रहरीले थाई प्रहरीलाई जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending