Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रचण्डसँग (वुवा) जोडेर होइन, म माथि प्रश्न उठाउ- म सामना गर्छू

\"renuवर्षौंदेखि पार्टीको महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय समितिमा छु । पार्टीको काठमाण्डु जिल्ला समिति सचिवको जिम्मेवारी निर्वाह गर्दै आएको छु । महिला संगठनको महाधिवेशन भर्खरै सकियो । आयोजक सदस्यका हैसियतमा सम्मेलनमा प्रकाशन विभाग र मञ्च व्यवस्थापनको जिम्मेवारी थियो । पाएको जिम्मा राम्रैसँग गरें । सम्मेलनमा नेतृत्वबारे छलफल हुँदै जाँदा केही साथीहरुले अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको थियो । अध्यक्षमा मेरो रुची थिएन । अरु पदाधिकारीको कुरा उठ्दा पार्टी नेता र महिला संगठनका नेतृहरुसँग मलाई धेरै स्पेस चाहिएको छैन, किनभने म पार्टीको काठमाण्डु जिल्ला सचिव छु । महिलामा पनि कार्यकारी पदमा जिम्मेवारी लिँदा काम गर्न भ्याउँदिन भनेको थिएँ । संगठनमा मेरो आवश्यकता ठान्नुहुन्छ भने कहाँ राख्दा ठीक हुन्छ राख्न्स, न्यायोचित जिम्मेवारी दिन्सु भनेको हुँ । पार्टीकै काममा भ्याइ–नभ्याई छ । खाली महिला आन्दोलनमा समेत भएको महसुस गर्नका लागि सदस्यकै रुपमा भए पनि बस्दा हुन्छ भन्ने मेरो मनमा थियो । धर्मशिला चापागाईं अध्यक्ष बन्नुभयो । हलबाटै महासचिवमा मेरो नाम प्रस्ताव भयो । सुरुको चरणमा अरु कोही पनि महासचिवका आकांक्षी देखिएका थिएनन् । दुर्गाजयन्ती राईले सामान्य दाबी गर्नुभएको थियो । उहाँबाहेक कसैले पनि दाबी गरेकै थिएनन् । महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिका सबै मलाई महासचिव बनाउने पक्षमा देखिए । स्वत स्फुर्त रुपमा साथीहरुबाट प्रस्ताव आयो । बुबालाई सोध्न खोजेको थिएँ, जतिबेला पायो त्यतिबेला उहाँसँग फोनमा वा भेटेर कुरा गर्ने वातावरण मिल्दैन । साथीहरुले कुनै पनि हालतमा जिम्मेवारी दिनुपर्छ भन्ने दबाब दिनुभयो । अवसर र चुनौती दुवै भएकाले पछि नहट्न सबैको सुझाव आयो । म हुुँदा संगठनलाई फाइदा पुग्छ भने किन तयार नहुने भन्ने सोच आयो । सबैले भन्छन् भने ठीकै छ भनेर स्वीकार गरें । मेरो नाममा विवाद छैन- महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा मेरो नाम महासचिवमा प्रस्तावित गरियो । मेरो नाममा कसैको विमति थिएन । तर, पदाधिकारी संख्या ठूलो भयो भन्ने मात्र गुनासो धेरैको थियो । भद्धा संरचनाले संगठन चल्दैन भन्ने कुरा उठ्यो । पदाधिकारीको संख्या घटाइयोस् भन्ने मात्र एकमत आवाज उठ्यो । १४ जना उपाध्यक्ष र सचिव १२/१३ जना हुँदा पदाधिकारीको चुस्त टीम नबन्ने चिन्ता साथीहरुको थियो । गृहकार्यका लागि एक दिनको समय मागियो । सबै खाले मनोविज्ञान समेटेर कसरी मिलाउने भन्ने चुनौती आयो । बैठक सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र देवी खड्काले दाबेदारी प्रस्तुत गर्नुभयो । अध्यक्षको रेसबाट पछि हट्नुभएको थियो उहाँ । वरिष्ठ उपाध्यक्ष भन्ने एक प्रकारको समझदारी नै थियो । उहाँ एकाएक महासचिवको आकांक्षी देखिएपछि विवादजस्तो देखियो । साथीहरुले उहाँलाई स्वीकार गर्ने अवस्था नै थिएन । रुवाबासी भएको दाबी हावादारी-केही मिडियामा प्रचण्डले छोरीलाई अघि सार्दा परेसिडाँडामा केही नेतृहरुको रुवाबासी भयो भन्ने समाचार आयो । त्यो हुँदै नभएको कपोलकल्पित कुरा हो । महासचिवको विषयमा पहिला सर्वसम्मति हो । पछि केही विवाद भएको, नमिलेको र ‘इन्टेस्ट’ बाझिएको सत्य हो । विमला सुवेदी आफैंले महासचिवमा मेरो नाम प्रस्ताव गर्नुभएको हो । उहाँ महासचिवको आकांशी नै होइन । प्रचण्डले छोरीलाई बनाउन खोजेपछि विमलाले आफैं पक्षका केन्द्रीय सदस्यहरु लिएर पेरिसडाँडाबाट रुवाबासी गरेर हिंडेको भन्ने समाचार आयो । विमला केसीको पनि नाम जोडियो । उहाँको पनि चर्चा थिएन, उहाँ आकांक्षी पनि होइन । प्रायोजित समाचार लेखेर बुबा र मलाई तनाव दिने काम गरियो । बुबालाई ‘सप्राइज’-बुबालाई मेरो नाम महासचिवमा प्रस्ताव भएको कुरासमेत जानकारी थिएन । पार्टीको शीर्ष नेतृत्वतहमा अध्यक्षका विषयमा मात्र कुरा भएको हो । बाँकी पदाधिकारीका विषयमा संगठनले नै मिलाऊ भनेर पार्टीले निर्देशन दिएको थियो । मेरो बारेमा संगठनभित्रैबाट प्रस्ताव आएको हो । त्यो प्रस्ताव लिएर पार्टी सचिव वर्षमान पुन, महिला संगठनको फ्याक्सन इन्चार्ज कमला रोका र अध्यक्ष धर्मशीला बुबाकोमा जानुभएछ । त्यतिबेला मात्र उहाँलाई ‘सप्राइज्ड’ भएको रे । मलाई पछि कुरा हुँदा भन्नुहुन्थ्यो । उहाँले रोक्न सक्ने अवस्था यसपालि थिएन । जहिले पनि छोरी भएको कारणले रोक्न पाउँने अधिकार उहाँलाई छैन । अत्याधिक बहुमतको सिफारिस भएकाले उहाँले नकार्न सक्नुभएन । जहिले पनि बुबासँग जोडेर ‘क्रिटिसाइज’ र ‘मिनिमाइज’ गर्ने खालको व्यवहार विगतदेखि नै हुँदै आएको छ । योबाट एकदमै चिन्तित छु । बेलाबेलामा ठूलो पीडा हुने गरेको छ । कतिपय अवस्थामा रोएको पनि छु । ९आँखाबाट आँसु खसाल्दै० महासचिव होइन, अध्यक्ष नै चलाउन सक्छु- ०५१ सालदेखि सक्रिय रुपमा पार्टी काममा छु । पढाई बीचैमा छाडेर बुबाको बाटोमा हिंडियो । बिहान ज्यालो भएदेखि राति अबेरसम्म पार्टी काममै बिताएको छु । निजी जीवन बिताउन कहिल्यै पाइएन । जनयुद्धका बेलामा ज्यान हत्केलामा राखेर हिंडियो । क्षमता, सक्रियता र विगतमा निर्वाह गरेको भूमिकाका हिसाबले महिला संगठनको महासचिव हुन नसक्ने म होइन । पाएँ भने महासचिव होइन, अध्यक्ष नै चलाएर देखाइदिन सक्छु । म रेसमा थिइनँ, प्रस्ताव आएपछि मानसिकता बनाएँ । अहिले नेताको छोरी भएकै कारण नेता भई भन्नेहरुले उतिबेला नेताका छोराछोरीले जनयुद्धमा लाग्न पाइँदैन किन नभनेका रु नीति बनाउने पार्टी नेताका परिवारलाई पार्टीकरण गर्ने, अनि आफ्नै क्षमताले काम देखाएर जिम्मेवारी लिने बेलामा नेतासँग जोडेर प्रचार गर्ने रु प्रचण्डको नाममा के लिएँ र र ?-बुबाको नाम जाडेर कसैसँग दुई रुपैयाँ उठाएको प्रमाणित गरेर देखाइदिने कोही छ भने आजीवन राजनीति गर्दिन मात्र होइन, जुनसुकै सजाय भोग्न तयार छु । कसैको फाइल बोकेर एक दिन लाजिम्पाट गएको छैन । सरुवा बढुवामा मतलब गर्दिन । मलाई थाहा छ नि, प्रेसर गर्ने हो भने म पनि पावर एक्सरसाइज गर्न सक्छु भन्ने । तर कुनै दिन त्यस्ता काममा ध्यान दिइनँ । व्यक्तिगत पदका बारेमा पनि लविङ वा संरक्षण गर्न बुबालाई कहिल्यै प्रेसर दिएको छैन । बुबालाई पनि भनें, ‘मैले तपाईंबाट कुनै फाइदा नलिँदा पनि आरोप कहिलेसम्म थेगिरहनुपर्ने रु आजका मितिसम्म कुनै पनि ठाउँमा तपाईंले थोरै पनि स्पेस दिनुभएको छैन । मालाई माथि तान्न खोज्नुभएको छैन, बरु कतिपय अवस्थामा तल धकेल्ने काम गर्नुभएको छ । म आज जुन जिम्मेवारीमा छु, म आफ्नै मिहेनतले छु । स्वतस्फुर्त स्पेस बनाएको छु । मेरो लागि के गर्नुभयो रु भनेर झगडा पनि गरें । लाजिम्पाटमा बुुबा झोक्किनुभयो-समाचारमा आएपछि बुबालाई नराम्रो लागेछ । मलाई लाजिम्पाटमा बोलाउनुभयो । के–के भएको भनेर बुझ्नुभयो । मैले तपाईंको कारण मैले कति पीडा भोगिरहने र ? तपाईंको छोरी भन्दैमा मैले पार्टीका अरु नेता कार्यकर्तासँग प्रतिस्पर्धाका आधारमा अगाडि बढ्न नपाउने र ?  कहिले काहीं त नेताकी छोरी भएर जन्मनु बेकार रहेछ भन्ने विचार मनमा आउँछ । तर, यो प्राकृतिक कुरा हो । प्रचण्डको छोरी भएर जन्मनु नै मेरो अपराध त होइन होला नि ? बुबाले धेरैपटक मेरो नाम काट्नुभयो- कामका हिसाबले अरुले भन्दा धेरै गर्नुपर्छ । नेताको परिवारको मान्छे भएकै कारण अरुको भन्दा राम्रो पर्फमेन्स देखाउनुपर्छ । नत्र नेताकी छोरी भएकै कारण माथि आएको भन्ने मनोविज्ञानले आक्रमण गरिहाल्छ । रातदिन खटेर काम गर्दा पनि नराम्रा कुराको सामाना गर्नुपर्छ । मभन्दा धेरै जुनियरहरु पार्टीको केन्द्रीय समितिमा छन् । नाम कसैको लिन चाहन्न । हाम्रो पार्टीमा धेरैलाई यो कुरा थाहा छ । अरु नेताले मेरो नाम केन्द्रीय समितिमा प्रस्ताव गर्दा बुबाले धेरैपटक रिजेक्ट गरिसक्नुभएको छ । अरुको नाम काट्दा विरोध हुन्छ भनेर होला, मेरै नाम फालिदिनुहुन्छ जहिले पनि । अब म त्यो मान्नेवाला छैन । कित घरमै बस, राजनीति नगर भन्नुप¥यो । होइन भने आफ्नो योगदान र क्षमताअनुसार पार्टीमा जिम्मेवारी पाउनुप¥यो । कसैले मैले पार्टी छाडेर पार्टीलाई हित हुन्छ र नेतृत्व विवादमा पर्दैन भन्छ भने आजैदेखि राजनीतिबाट सन्यास लिन्छु । प्रचण्डकी छोरी हुँदा धेरै घाटा -दोश्रो संविधानसभा निर्वाचनमा काठमाण्डु–१ बाट उम्मेदवार बनाइयो । अरु कोही तयार नभएपछि पार्टीको इज्जत धानिदिन म उम्मेदवार बनें । प्रकाशामान सिंहसँग उडेर चुनाव जितिएला भन्ने एकरत्ति विश्वास थिएन । पार्टीका लागि हार्ने निश्चित हुँदाहुँदै पनि उठें र हारें । पदका लागि लोभ गर्ने नेचर भएको भए हार्न तयार भएर चुनाव उठ्नुको साटो बुबालाई दबाब दिएर जित्ने क्षेत्रमा उम्मेदवार हुन्थें वा समानुपातिकमा सुरक्षित गर्थें होला नि रु प्रचण्डको छोरी भएर फाइदा होइन, धेरै घाटा भएको छ । मेरो कारणले बुबालाई माइनस भएको वा इज्जतमा दाग लागेको घटना कुनै छैन । तर, बुबाको कारणले मलाई धेरै पछि पर्नुपरेको फिल भएको छ । राजनीतिक रुपमा आफ्नै हिसाबले संघर्ष गरेर अगाडि आएको हुँ म । त्यो कुरा बुबालाई पनि फिल भएको छ । रेणु होइन, ‘प्रचण्डकी छोरी’ लाई हराउने आँट कसैको छ ?-बुबाले छोरी हो भनेर जतिबेला पनि व्याक गराउन मिल्छ ?  मेरो महिला संगठनको महासचिव हुने आकांक्ष थिएन । कित राजनीति नगर घरमै बसेर पार्टीलाई सहयोग पुग्छ र नेतृत्व विवादमा पर्दैन भने म राजनीतिबाटै सन्यास लिन तयार छु । जब पार्टीमा मलाई काम गर्ने अधिकार छ भने म आफैं क्षमता देखाएर नेतृत्वमा आउन किन हुँदैन रु मेरो इन्टेस्ट थिएन, तर यति धेरै प्रचारबाजी भएपछि मेरो ‘प्रेस्टिज इस्यु’ बन्यो । म पछि हट्दिन । कोही चुनाव लड्न आउँछ भने चुनाव फेस गर्न तयार छु । प्रचण्डको छोरी भएकै कारण नेता भएको हो भने उसका लागि त्यो स्थापित गर्ने अवसर चुनाव हुन्छ नि । मलाई हराएर देखाइदिए भयो । प्रचण्डको छोरी भएकै कारण सामान्य कार्यकर्ताले समेत पाउने हैसियत मैले गुमाउनुपर्ने रु नेताका छोराछोरीले पार्टीमा प्रतिस्पर्धा गर्न पाउनुपर्दैन रु काँग्रेसमा बिपीका छोरा र गिरिजापुत्री नेता हुन पाउने, हाम्रो नपाउने ?-काँग्रेसमा बिपीको छोरा, नोनाका छोरा र गिरिजाकी छोरी भएकै आधारमा नेता हुन पाउँने मैले प्रचण्डको छोरी भएर नेता हुन किन नपाउने रु त्यसमाथि उनीहरु जसरी एकैपटक केन्द्रीय समितिमा आएको हुँ र रु उनीहरुजसरी एकैपटक मन्त्री भएको छु र रु म त पार्टीको सबैभन्दा तल्लो निकाय सेल कमिटीको सदस्यबाट संघर्ष गरेर आएको हुँ । हाम्रो समाज नै पूर्वाग्रही छ । अरु नेताका छोराछोरी पनि हाम्रो पार्टीमा नेता छन् । उनीहरुका बारेमा कुरा उठ्दैन रु हाम्रो परिवारको बारेमा मात्र किन कुरा उठ्छ ? प्रचण्डकी छोरी भएकै आधारमा कुनै पनि दिन आर्थिक, राजनीतिक वा वैचारिक सहयोग भएको छैन । पार्टीका अरु कार्यकर्ताले जति सहयोग पाएका छनु, बुबाबाट मैले त्यति पनि सहयोग पाएकी छैन । आफ्नो कारणले बुबा विवादमा पर्नुहोला कि भन्ने चिन्ता सधैं मनमा हुन्छ । तर, प्रचण्डकी छोरी भएका कारण मैले के लिएको छु रु छ भने कसैले भनिदेओस् न । बाबुसँग जोडेर होइन, ममाथि प्रश्न उठाऊ- म चुनौती दिन चाहन्छु कि म अगाडि बढ्न हुन्न भन्ने कसैलाई लागेको छ भने बुबासँग जोडेर होइन, मेरो मात्रै बारेमा प्रश्न उठाइयोस् । मेरो पार्टीप्रतिको निष्ठा, क्षमता, सक्रियता, नैतिकता र पारदर्शितामा प्रश्न उठाउन कसैले सक्छ रु मेरो क्षमता, प्रतिभा, सक्रियता र पार्टीमा गरेको लगानीको न्यूनीकरण गर्न बुबासँग जोडिएर प्रचार गरिएको छ । बुबा भएको कारण राजनीत गर्न सजिलो भयो भन्ने कुनै दिन फिल भएको छैन । खाली प्रचण्डकी छोरी भन्ने पहिचान छ । यो बाहेक केही छैन । प्रचण्डकी छोरी हुने मेरो दोष हो त रु कहिले काहीं त दिक्क पनि लाग्छ । गधाले जसरी खटिएर काम गर्नुपर्छ । आफ्नो क्षमता देखाएर पार्टीको नेतृत्वमा आउँदा पनि सधैं बुबासँगै जोडेर बदनाम गराउन खोज्दा दुःख लाग्छ ।   साभार : काठमाण्डु टुडे (कुराकानीमा आधारित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending