Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सडकबाट प्रश्नः पुनर्निर्माण कहाँ पुग्यो सरकार ?

काठमाडौं । विनाशकारी भूकम्प गएको एक वर्षसम्म पनि सरकारले भूकम्पपीडितको ब्यवस्थापन गर्न नसकेको भन्दै सडकमा आवाजहरु उठ्न थालेको छ । गएको वैशाख १२ गते गएको विनाशकारी भूकम्पले आठ हजार भन्दा बढीको मृत्यु भएको थियो भने लाखौं घरबारविहिन भएका छन् । \"restructureझण्डै एक वर्षअघि भूकम्प गएर पालमुनी बसेका पीडितले हिमपात, झरी, वर्षा सबै सहन बाध्य भएका छन् । पीडितलाई दिने भनिएको अनुदानसमेत बाँडिएको छैन । भूकम्पको कहालीलाग्दो दिन बैशाख १२ आउनै लाग्दासमेत सरकार रमित बनिरहेको छ । विनाशकारी महाभूकम्पपछि नयाँ संविधान जारी भएसँगै गठन भएको सरकारले छिट्टै नै राहत दिने काम गर्ला भन्ने आम नागरिकले अपेक्षा गरे पनि सरकारले राहतभन्दा बढी आहत दिएको छ । संविधानमै असन्तुष्ट जनाएर मधेसमा झण्डै ६ महिना आन्दोलन चर्कियो, जसले अहिलेसम्म निकास पाएको छैन । यहिबीचमा संविधानमै असन्तुष्ट जनाएर चार महिना बढी भारतले नाकाबन्दी गर्दा उत्पन्न संकटको समेत सरकारले विकल्प दिन सकेन । पुनर्निर्माण प्राधिकरणको कछुवा चाल सरकारले लामो समयपछि गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गति कछुवाको चालमा छ । सरकारले भूकम्पपीडितहरुलाई एक वर्ष हुन लाग्दा पनि ब्यवस्थापन गर्न नसकेको भन्दै सडकमा विरोधका स्वरहरु उठ्न थालेका छन् । पुनर्निर्माणमा प्राधिकरणले ढिलाइ गरेको भन्दै दबाब दिन विवेकशील नेपालीका युवाहरुले पनि सरकारको ध्यानाकर्षण गराइरहेका छन् । पुनर्निर्माणको कामले गति नलिएको भन्दै उनीहरुले चैत १२ गतेदेखि निरन्तर सडक उभिएर सरकारलाई सोधिरहेका छन्– ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार ?’ सरकारको सहयोगी बन्ने र सकारात्मक सन्देश दिँदै आए पनि सरकारले नसुनेकोले सडक सन्देश र खबरदारी शुरु गरिएको विवेशशील नेपालीका प्रवक्ता रमेश पौडेल बताउँछन् । सरकारलाई दबाब दिन सोमवारदेखि ‘हाम्रो रिक्सा यात्रा’ आरम्भ गर्न लागिएको उनले बताए । युवाहरुले केही दिनदेखि सडकमा पुनर्निर्माण कहाँ पुग्यो सरकार, जनताले दुई लाख कहिले पाउने– भत्केको छानो कहिले छाउने, नेता जति चिल्लो कारमा– जनता कतिन्जेल बस्ने पालमा ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर सडकमा निस्किएका छन् । \"rahat_bibekshilतात्दैछ सडक सरकारले एक वर्ष हुँदासमेत भूकम्पपीडितको ब्यवस्थापन गर्न नसकेकोमा आक्रोश त छँदैछ । अझ अहिले कालोबजारी, तस्करी, भ्रष्टाचार मौलाउँदै गएको छ । कालोबजारी र तस्करीलाई सरकारले नै संरक्षण गरेको भन्दै केही दिनयता विरोधका स्वरहरु चर्किँदै गएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको युवा तथा भातृ संगठनहरुले सरकारविरोधी आन्दोलन चर्काउन शुरु गरेका छन् । नेविसंघ, तरुण दल तथा कांग्रेस निकटकै महिलासंघले संयुक्त रुपमा सडक आन्दोलन थालेका छन् । यता, मुलुकको समृद्धिमात्र विकल्प भएको भन्दै सामाजिक अभियान चलाएको नयाँ शक्तिले पनि सरकारलाई झक्झकाउन भन्दै सडक आन्दोलन थालेको छ । अन्य राजनीतिक दलहरुले जस्तो सडक आन्दोलन नहुने भनेको नयाँ शक्तिले पनि संयोजक डा.बाबुराम भट्टराईकै नेतृत्वमा शुक्रबार काठमाडौंमा धर्ना दिएको थियो । लामो समय मधेस आन्दोलनपछि शान्त बनेको मधेसवादी दलहरुले पनि बैशाखदेखि आन्दोलन चर्काउने तयारी गरिरहेका छन् । सरकार बाहिरका दलहरुले मात्र होइन, सत्तारुढ दलहरुले पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गर्न थालेका छन् । पुनर्निर्माणको काम नभएकोमा सत्तारुढ दलहरु नै असन्तुष्ट बनेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: