Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

उर्जामन्त्रीले घोषणा गरे लोडसेडिङ अन्त्य हुने मिति

\"UCPN-Maoist काठमाडौं । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले मुलुकमा जारी ऊर्जा सङ्कट निवारणका लागि सरकारले सबै उपाय अवलम्बन गरेको बताएका छन् । निर्माणाधीन तथा निर्माणमा रहेका आयोजनालाई तत्काल पूरा गराउने योजनाका साथ सरकार लागेको भन्दै उनले आगामी एक वर्षभित्र आधारभूत रुपमा विद्युत्भार कटौती अन्त्य गरिने उल्लेख गरे । रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले भने , ‘उर्जा संकट निवारण गुरुयोजना अनुसार द्रुत गतिमा काम भइरहेको छ । आगामी वर्ष दैनिक पाँच÷छ घन्टाभन्दा बढी विद्युत्भार कटौती हुँदैन ।’ अप्ठ्यारो परिस्थितिको बाबजुद पनि आफूले ऊर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याउने प्रयास गरेको उल्लेख गर्दै मन्त्री रायमाझीले केही वर्षमै विद्युत् उत्पादन गरेर निर्यात गर्ने सामथ्र्य मुलुकले राख्ने बताए । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिएको स्पष्ट पार्दै ऊर्जा मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई सबै साधन र स्रोत उपलब्ध गराएर काम गराइएको बताए । बूढीगण्डकी, नौमुरे, नलसिंहगाड, माथिल्लो अरुण, सुनकोसीलगायत जलविद्युत् आयोजनासमेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिए । भारतबाट आयात गर्ने भनिएको ६०० मेगावाट विद्युत् ढल्केबर र अन्य ठाउँमा सवस्टेसनको अभावका कारण ल्याउन नसकिएको भन्दै उनले सवस्टेसन र प्रसारण लाइन निर्माणको काम पनि जारी रहेको बताए । प्रसारण लाइनको समस्याका कारण पूर्वी तराई र काठमाडौँ उपत्यकाबीच सन्तुलन कायम गर्न असहज भएको भन्दै उनले विभिन्न विकल्पमा साथ काम भइरहेको र छिट्टै परिणाम निस्कने जानकारी दिए । फरक एक प्रसङ्गमा मन्त्री रायमाझीले ओली नेतृत्वको वर्तमान सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएर मात्रै सत्ता हस्तान्तरण गर्ने दाबी गरे । उनले ओलीकै नेतृत्वको सरकारमा नै सहभागी भएर संविधान कार्यान्वयन गर्न प्रतिपक्षी नेपाली काँग्रेस र मधेसवादी दलहरुलाई समेत आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: