Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

संघीयतामा यसरी गरिँदैछ षड्यन्त्र, सरकारभित्रै चर्कियो द्वन्द्व

\"Map-sanghiyata1\"काठमाडौं । नयाँ संविधान जारी भएसँगै संघीयताबारे असन्तुष्टी जनाउँदै शुरु भएको द्वन्द्व अझै समाधान भइसकेको छैन । सात प्रदेशको सीमाकंनमै असन्तुष्टी जनाउँदै मधेसवादी दलहरुले ६ महिनाभन्दा बढी समय आन्दोलन गरे । अहिले पनि आन्दोलनको स्वरुप मात्रै फेरिएको आन्दोलन नरोकिएको मोर्चाका नेताहरुले बताउँदै आएका छन् । संघीयताबारेको विवाद कायमै रहेकाबेला सरकारले संघीयता कार्यान्वनयका लागि भन्दै उच्चस्तरीय समिति नै गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरिएको छ । थापाले गरे मन्त्रिपरिषद बहिष्कार शुक्रबारको मन्त्रिपरिषदले समिति गठन गरेपनि समिति गठन नहुँदै परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले किचलो झिकेका छन् । आफूलाई छलेर समिति बनाएको भन्दै थापाले शुक्रबारको मन्त्रिपरिषद बैठक नै बहिष्कार गरे । समितिमा उपप्रधान तथा रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा सदस्य छन् । अन्य मन्त्रीहरुलाई राख्दा संघीय मामिला हेर्ने मन्त्रालयलाई नै प्रधानमन्त्री ओलीले बेवास्ता गरेको भन्दै थापा रुष्ट बनेका छन् । मन्त्रिपरिषदले गरेको निर्णयअनुसार समितिको सदस्य सचिवमा मुख्य सचिव डा. सोमलाल सुवेदी रहेका छन् । थापाले गरे असन्तुष्टी सार्वजनिक उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस नै आफूलाई संघीयता कार्यान्वयन समितिमा नसमेटेको आशंका ब्यक्त गरेका छन् । दाङमा शनिवार भएको पत्रकार भेटघाटमा उनले आफूले मन्त्रिपरिषद बहिष्कार गर्नुको कारणसमेत खुलाए । ‘हिँजो दश बजे मन्त्री परिषदको बैठक भनेर बोलाइएको थियो तर, ११ बजेसम्म बैठक बसेन, म हिँडेपछि बैठक बसेर समिति बनाइयो,’ उपप्रधामन्त्री थापाले भने, ‘त्यसमा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयलाई राखिएन ।’ अझैं संविधान कार्यान्वयनका धेरै कामहरु बाँकी रहेको उनले बताए । मन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठन गर्न खोजिएकोबारेमा पनि असन्तुष्टी जनाएका छन् । आफ्नो पार्टीसमेत सहभागी भएको सरकारभन्दा अर्को राष्ट्रिय सहमतिको सरकार हुन नसक्ने उनको भनाइ थियो । के गर्ला मधेसवादी दल ? लामो समयको मधेस आन्दोलनबाट थाकेका मधेसवादी दलहरु पनि अहिले पर्ख र हेरको रणनीतिमा छन् । आफूहरु शक्ति सञ्चयमा रहेको बताएका मोर्चाले बैशाखदेखि फेरि आन्दोलन चर्काउने बताइसकेको छ । वैशाखदेखि भीषण अन्दोलन गर्ने मोर्चाले तयारी गरिरहँदा सरकारले पनि प्रधानमन्त्रीकै अध्यक्षतामा संघीयता कार्यान्वयनका लागि भन्दै उच्चस्तरीय समिति बनाएको छ । लामो आन्दोलन र सहमतिका लागि वार्ता प्रक्रिया कायमै रहेका बेला संघीयताको पुरानै संरचना कार्यान्वयनका लागि सरकार कस्सिएपछि मोर्चा आन्तरिक छलफलमा जुटेको छ । यता संघीयता नै अस्वीकार तथा हिन्दु राज्यको एजेण्डा बोकेको सरकारमा सहभागी राप्रपा नेपालले आफूलाई संघीयता कार्यान्वनय समितिमा नराखेको भन्दै किचलो झिकेको छ भने सरकारमै रहेको संघीयताविरोधी अर्को दल राष्ट्रिय जनमोर्चा पनि सरकारको निर्णयमा असहमत छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: