Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मन्त्रीपरिषदको बैठकमा उपप्रधानमन्त्री नजानुको यस्तो रहेछ कारण

\"kamal-thapa-1\"काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारले शुक्रबार गठन गरेको संघीय कार्यन्वयन उच्चस्तरीय समितिप्रति आफ्नो असन्तुष्टि रहेको बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङले शनिबार आयोजना गरेको सक्षात्कार कार्यक्रममा उनले समितिमा स्थानिय विकास मन्त्रालयलई नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने , हिजो दश बजे मन्त्रिपरिषदको बैठक भनेर बोलाईएको थियो तर, ११ बजे सम्म बैठक बसेन अनि म अर्को पुर्वनिर्धारित कार्यक्रमको लागि हिँडे त्यसपछि बैठक बसेको समिति बनाईएछ । त्यसमा संघीय मामला तथा स्थानिय विकास मन्त्रालय राखिएन यो निर्णय त्रुटिपूर्ण छ । ’ ’संघीयता कार्यन्वयन गर्ने सबैभन्दा महत्वपुर्ण मन्त्रालय भनेको संघीय ममला तथा स्थानीय विकाश मन्त्रालय नै हो । यो नियतबश गरिएको हो वा के हो एक पटक प्रधानमन्त्रीसँग बुझ्नु पर्छ ’उनले भने । उनले अहिले नै सरकारको विकल्प खोज्ने बेला भइनसकेको स्पष्ट पार्दै अझैं संविधान कार्यान्वयनका धेरै कामहरु बाँकी रहेको र सरकार गठनको ६ महिनामात्रै भएका हुँदा अहिले नै त्यस्तो कुरा चलाउनु सरकार र संविधानलाई कमजोर गराउने खेलमात्रै हुने दावी गरे । थापाले भने, ‘राप्रपा नेपालसमेत सहभागी भएको सरकारभन्दा अराष्ट्रिय सहमतिको सरकार कस्तो हुन्छ रु प्रजातान्त्रिक पद्धतिमा सबै दलहरु मिलेर सरकारमा जाँदा प्रतिपक्ष पनि कमजोर हुन्छ र संविधान अनि राज्यसमेत कमजोर हुन्छ ।’ उनले जनताको विश्वास भए संबिधान अनुसार नै राजतन्त्र फिर्ता हुने दावी गर्दै जनताको विश्वास भए संविधानमा हिन्दू राज्य र राजतन्त्र आउन सक्ने बताए । उनले संविधानप्रति राप्रपा नेपालको समेत असन्तुष्टि रहेको र बहुमतको कदर गरेर राप्रपाले संविधान स्विकारेको पनि बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: