Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

गर्न जाने बगरमै पैसा फल्ने रहेछ

\"baluwamaमोरङ । मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वर्षिय छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका छन् । खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आएका मण्डलले दुई लाखको लगानीमा गत वर्षको मङ्सिरदेखि वैशाखसम्ममा छ लाख कमाए । यो वर्ष पनि रु पाँच लाख कमाइसकेका छन् । उनले यो वर्ष काँक्रा, तीतेकरेला, फर्सी, लौका, तरबुजा, रोपेका छन् । उनले भने– ‘जान्यो भने बगरमै पैसा फल्नेरहेछ ।’ विगत वर्षमा बगरमा तरकारीखेती गरेर राम्रो आम्दानी लिन सफल रङ्गेली–९ कै २८ वर्षिय बुनीलाल मण्डलले यो वर्ष एक लाखको लगानीमा एक बिघा, ३० वर्षिय धीरज मण्डलले दुई लाखको लगानीमा दुई बिघा र २८ वर्षीय रामखिलान मण्डलले एक लाखको लगानीमा एक बिघा चिसाङ खोला बगरमा तरकारीखेती लगाएका छन् । उनीहरुले पनि गत वर्ष तीनदेखि रु छ लाख आम्दानी गरे । यस वर्ष रु चार लाख आम्दानी गरिसकेका छन्। उनीहरुले तरबुजा, काँक्रा, तीतेकरेला, फर्सी, लौका फलाएर आम्दानी गरेका हुन । त्यस्तै महादेवा गाविसमा २०० जना किसानले १४÷१४ जनाको समूह बनाएर बगरमा व्यावसायिक तरकारीखेती गरिरहेको किसान रमेश ताजपुरियाले बताए । उनीलगाएत २०० जनाले बक्राखोलाको १५ बिघा बगरमा वार्षिक १० लाखको लगानीमा तरकारी लगाएर करिब २० लाख रुपैयाँ आम्दानी लिँदै आएका छन् । त्यस्तै, पथरीका किसान प्रकाश पोखरेल, सुलभ कार्की, कृष्ण ढुङ्गानालगायत झन्डै २०० जनाका कृषकले जनही ७० हजार लगानी गरी पथरी खोला बगरमा सिमसाग लगाएर जनही वार्षिक तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । मोरङका किसानले यसपटक पनि पथरी खोलाको १० बिघा बगरमा, रङ्गेली नगरपालिका र महादेवा गाविसका किसानले डाँस खोलको नौ बिघा बगरमा, बक्राहा खोलाको १५ बिघा बगरमा, र सीता खोलाको पाँच बिघा बगरमा तरकारीखेती गरिरहेका छन् । बालुवामा तरकारी फलाउने सोच राखेर खोलाको आसपासमा बस्दै आएका युवा सिमसाग खेतीमा लागेको मोरङको जिरी खिम्ती–१ का स्थानीय किसान बाबुराम बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: