Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

अखिल (क्रान्तिकारी)ले एक नम्बरको विद्यार्थी संगठन बनाउने

\"akhilकाठमाडौं । एकीकृत नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन लक्षित गरि विभिन्न उपसमितिहरु गठन गरेका छन् । आठ वर्षदेखि हुन नसकेको स्ववियु निवार्चन हुने भएपछि अखिल (क्रान्तिकारी ) विभिन्न समितिहरु निमार्ण गर्दै सक्रिय भएको हो । क्रान्तिकारीले संघीय संरचना अनुसार सात प्रदेशका लागि निर्वाचन समितिहरुसमेत गठन गरेको छ विज्ञप्तिमा उल्लेख छ। बुधबार बसेको क्रान्तिकारीको पदाधिकारी बैठकले अध्यक्ष रमेश मल्लको संयोजकत्वमा ५ हजार १ सय १ सदस्यीय मूल समिति गठन गरेको छ । त्यस समितिको मातहत रहने गरी आर्थिक उपसमिति, तथ्यांक अनुगमन, वार्ता उपसमिति, घोषणापत्र निर्माण उपसमिति, प्रचार प्रसार उपसमिति र स्वयंसेवक परिचालन उपसमिति निमार्ण गरेको छ । यस्तै बैठकले स्ववियु निर्वाचन लक्षित गरि प्रदेशसमितिको जिम्मेवारीसमेत तोकिएको छ । जसमा प्रदेश नम्बर एकको निर्वाचन समिति संयोजकमा चिरञ्जीवी लामिछानेलाई दिइएको छ । प्रदेश नम्बर दुईमा रामबाबु बैठा र प्रदेश नम्बर तीनमा दीपक देवकोटालाई निर्वाचन समितिको जिम्मेवारी दिइएको छ । त्यस्तै चार, पाँच, छ र सात प्रदेशमा क्रमशः पुरन केसी, तिलकराज भण्डारी, पञ्चा सिंह र रमेश धामी संयोजक रहेको निर्वाचन समिति गठन गर्ने निर्णय भएको प्रचार–प्रसार उपसमितिका संयोजक मदन अर्यालले जानकारी दिए । \"akhil पटक सरेको स्ववियु निर्वाचनको मिति तय नभएपनि त्यसको तयारीका लागि विभिन्न उपसमितिहरु निमार्ण गरिएको अखिल (क्रान्तिकारी)ले विज्ञप्ति मार्फत उल्लेख गरेको छ । क्रान्तिकारीको मूल पार्टी एमाओवादी एक नम्बर पार्टी बनाउने भने सँगै त्यसभित्रका विभिन्न जबसमोर्चाहरु क्रियाशिल हुन थालेका छन् । यसैबीच क्रान्तिकारीले पार्टी एक नम्बर बनाउने भनिएजस्तै विद्यार्थी संगठनपनि एक नम्बरको बनाउने बताएको छ । आगामी बैशाखको तेस्रो साता स्ववियु निर्वाचन गर्ने भनिएपनि क्रान्तिकारीले छिटो स्ववियु निर्वाचनको ठोस मिति घोषणा गर्न माग गर्दै अन्य विद्यार्थी संगठनहरुलाई स्वस्थ्य प्रतिस्पर्धाको वातावरण बनाउन अपिल गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending