Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेपाल मधुमेहको उच्च जोखिममा

\"Home-Remedies-for-Diabetes1\"काठमाडौं । नेपालमा मानिसहरुमा मधुमेह हुने प्रमुख कारण मोटोपना भएको एक तथ्याङ्कले देखाएको छ । नेपालमा १६।७ प्रतिशत मोटोपनका कारण मधुमेह हुने गरेको पाइएको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसमा महिला १६।६ प्रतिशत रहेका छन् भने पुरुष १३।६ प्रतिशत रहेका छन् । मधुमेह गराउनसक्ने अन्य कारणमा रहेका अल्छीपना भएका ३।३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कले नेपाल मधुमेहको उच्च जोखिममा रहेको देखाउने चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार नेपालमा अहिलेसम्म मधुमेहपीडित कति छन् भन्ने तथ्याङ्क नै छैन तर सन् २०१६ को मधुमेह प्रोफाइलअनुसार एक सर्वेक्षणले ९।१ प्रतिशतमा मधुमेह रहेको उल्लेख छ । त्यसमा १०।५ प्रतिशत पुरुषमा र ७।९ प्रतिशत महिलामा मधुमेह रहेको देखाएको छ । मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई मानिसको जीवनशैलीमा आएको परिवर्तन, जस्तै गुलियोप्रेमी हुनु, बढी नुनिलो चीज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपना बढाएको र त्यसैले मधुमेहले महामारीको रूप लिँदैगएको बताउँछन् । । उनले नेपाललगायत दक्षिण एसियाली मुलुकमा खानपानले प्राथमिकता पाउने गरेको र अस्वस्थकर खानपानका कारण मधुमेहले ठूलोरुप लिन थालेको बताए। उनले भने, ‘मधुमेहको भयावह स्थिति छ । हामी मधुमेह हुने विश्वका दुई ठूला देश चीन र भारतको बीचमा बस्दछौँ । त्यसले पनि हामीलाई रोगबाट बच्न चुनौती थपिदिएको छ ।’ नेपालमा खासगरी सबैभन्दा बढी असर परेकामा मोटोपना भएका र शारीरिक व्यायाम कम गर्नेमा मधुमेह देखिएको छ । यी दुवै समस्यालाई समयमा नै सचेत बनेमा रोकथाम गर्न सकिने र उपचार सम्भव भएको छ । यदि यिनलाई बेलैमा समाधान नगरे पछि गएर खतरनाक अवस्था पनि हुन सक्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार यसले पछि गएर मानिसका महत्वपूर्ण अङ्गलाई काम नलाग्ने बनाउन सक्छ, जस्तै–हृृदयरोग, मस्तिष्कघात, अन्धोपना र पक्षघात गराउने या मिर्गौलाले काम गर्न नसक्ने तथा मुटुमा समस्या ल्याउन सक्ने प्रवल सम्भावना हुन्छ । त्यसकारण व्यक्तिगत कुरामा ध्यान दिन सक्यौ भने यसबाट बच्न सकिन्छ । उनी भन्छन् ,‘मधुमेह भएका ९० प्रतिशत मानिसलाई उच्च रक्तचापको समस्या देखिने हुन्छ भने सामान्य मानिसलाई भन्दा तीन गुणा बढी हृदयाघात हुने र उच्च रक्तचापको समस्या देखिने गर्दछ । डा भट्टराईका अनुसार स्वस्थ खानेकुरा खाने र चिनीगुण भएका खानेकुरालाई नियन्त्रण गर्ने, हामीले प्रोटिनयुक्त, रेसादार खानेकुरा आवश्यकताअनुसार मात्र खाने गर्दा पनि धेरै कम हुन्छ ।’ दैनिक ३० मिनेट व्यायाम गर्दा वयस्कलाई तौल नियन्त्रण गर्न मद्दत गर्छ । सरकारले बालबच्चालाई प्रभाव पार्न बनाइएका बजारिया खानामा नियन्त्रण गरी मधुमेहको जोखिम नियन्त्रण गर्न कार्यक्रम ल्याउन पनि आवश्यक छ । अव्यवस्थित, खानेकुरामा लेबल नलगाइएका वस्तुहरू बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ । सरकारले मधुमेह नियन्त्रणका लागि स्वास्थ्य हेरविचार कार्यक्रमलाई बढाउने र मधुमेहबारे शैक्षिक जागरण कार्यक्रमलाई बढाउनुपर्ने चिकित्सकको सुझाव छ । त्यस्तो मानिसमा जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने चिकित्सकहरु बताउँछन् । मुख सुक्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ हत्तपत्त निको नहुने, हातगोडा झम्झमाउने, निदाउने या गल्नेजस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनु आवश्यक छ । मधुमेह लागिसकेका बिरामीले चिकित्सकले भनेअनुसार औषधि सेवन र खानपानमा विचार पु¥याउनुपर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending