Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नयाँ शक्ति जेठमा उदाउने, चैत २८ मा धर्ना,

\"CentralSecretariat-Chaitra23(02)-750\" काठमाडौं । नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालयको बैठकले आगामी २०७३ साल जेठ २९, ३० र ३१ गते पार्टी स्थापना राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । चैत २२ र २३ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय सचिवालयको बैठकले अब संगठन विस्तार अभियानलाई व्यापकता दिने निर्णय पनि गरेको छ । बैठकको समापन गर्दै संयोजक डा. बाबुराम भट्टराईले अबको एजेण्डा संगठन, संगठन र फेरि पनि संगठन हो भन्ने कुरालाई आत्मसाथ गर्दै व्यापक सदस्यता विस्तार अभियानमा लाग्न र पार्टी स्थापना राष्ट्रिय भेलामा कुनै पनि गाउँ, कुनै पनि वडाका संस्थापक सदस्यहरु नछुट्ने गरी काठमाडौंमा हर्षोल्लासका साथ भेला हुने वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् । बैठकल पार्टी सदस्यता विस्तारकालागि यसले राम्रो आधार तयार गरेको र आम जनतामा नयाँ विकल्पका रुपमा स्वीकार गरेर युगीन दायित्व सुम्पिएको उल्लेख गरेको छ । त्यस्तै निर्वाचन क्षेत्र तहसम्म केन्द्रीय परिषद सदस्यहरु १ महिनाकालागि संगठन विस्तार अभियान लिएर जाने, सचिवालय सदस्यहरु जिल्लामा गएर जिल्लाको समग्र काममा सहजीकरण गर्ने र जिल्लाको संयोजकलाई सघाउने निणर्य गरेको छ । देशव्यापी रुपमा जनपरिचालन गर्न मुमाराम खनालको नेतृत्वमा ११ सदस्यीय विशेष राजनीतिक नवीकरण अभियान समूह गठन गर्ने निर्णय गरेको नयां शक्ति नेपालले जनाएको छ । आर्थिक व्यवस्थापनबारेमा आर्थिक कार्य्विधि, २०७२ मा बैशाख १ देखि १५ गतेसम्म आर्थिक संकलन सप्ताह सञ्चालन गर्ने भनिएकोमा तत्कालका लागि सो प्रावधानलाई स्थगित गरी पार्टी स्थापनासम्म दुई महिना आर्थिक संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भूकम्प पीडितहरुको मुद्दा, नाकाबन्दीको वहानामा मौलाएको भ्रष्टाचार, कालोबजारी, अभाव र महंगीका बारेमा दबाव दिन चैत्र २८ गते ९ देखि ११ वजेसम्म भद्रकालीमा सांकेतिक धर्ना दिने निर्णय गरेको प्रेश बिज्ञप्तीमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending