Khabar Dabali २१ जेष्ठ २०८३ बिहीबार | 4th June, 2026 Thu
Investment bank

भूकम्पपछि बनेकाे त्रासद मूर्तिकला हेर्न उपराष्ट्रिपति पुगे आर्ट काउन्सिल

\"Arts   काठमाडौं  । नेपाल आर्ट काउन्सिलमा मूर्तिकार भुवन थापा ‘बहुबि’ को एकल मूर्तिकला प्रदर्शनी आइतबारबाट सुरु भएको छ । आरम्भ नेपाली समसामयिक मूर्तिकार समूह र डोर कन्टेम्पोरेरी आर्ट फाउण्डेशनको संयुक्त आयोजनामा भएको सो प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहका बीच गरे । कला र संस्कृतिले मानव जीवनलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्ने सो अवसरमा उनले बताए । उनले भने, ‘नेपाली कलाले विश्वमै परिचित हुने अवसर पाएको छ । आजका कलाकारले पनि हिजोको विरासतलाई मध्यनजर गर्दै अगाडि बढ्नपर्छ ।’ \"Arts ‘आत्मानुभूति’ शीर्षकको प्रदर्शनी नेपाली समसामयिक मूर्तिकलाका क्षेत्रमा प्रभाव पार्ने खालका रहेको युवा मूर्तिकार नरेन्द्र प्रसाद भण्डारीले बताए । उनले भने, नेपाली मूर्तिकलाको इतिहासमा नयाँ र भिन्न ढंगबाट थापा प्रस्तुत हुन सक्नुभएको छ । समाज र परिस्थितिजन्य अवस्थालाई वहाँले मूर्तिमा निकै आकर्षक रुपमा पस्कन सक्नुभएको छ ।’ बैशाख १२ को भूकम्पको त्रासदीलाई थापाले आफुले भोगेको ‘आत्मानुभूति’ लाई सिर्जनात्मक रुपमा भावाव्यक्ति गरेका छन् । धरहरा भन्दा काष्ठमण्डप मन्दिर भत्किएपछि उनमा त्यो सही नसक्नुभयो । काठैकाठको त्यो मन्दिर कसरी भत्कियो भन्ने कौतुहलता पनि लाग्यो । थापाले भने, ‘भूकम्पबाट ढलेका भवनका काठ बटुल्दै तिनमा आकृति बनाउन थाले । भूकम्प गएको दुई दिनपछि पालमा बस्दाबस्दै काठमा आकृति बनाउन थाले । लगातारको पराकम्पनका बीच त्यसको अनुभूतिलाई आकारमा ढाल्दै गए र बने भूकम्पको झल्को आउने मूर्ति ।’ \"Arts फरक र भिन्न रुपमा थापाले मूर्ति ग्यालरी कक्षमा राखेका छन् । प्रायः प्रदर्शनीमा पेडेस्टलमाथि मूर्ति राख्ने चलन हुन्छ तर थापाले यस प्रदर्शनीमा सबै मूर्तिलाई झुण्डाएर राखेका छन् । अलग ढंगको प्रस्तुतिले दर्शकको ध्यान खिन सफल समेत रहेको छ । थापाको मूर्तिका बारेमा प्रा.डा. लय मैनालीले भने, ‘आफूसँग पालमा के धनी के गरिब विभिन्न जातजाति, धर्मसम्प्रदायका महिला, केटाकेटी, बृद्धबृद्धा सबै एकैठाउँमा एउटै परिवेशमा एउटै मनोदशामा रहेको बोधसँगै हामी सबै एकै रहेछौं, एउटै आमाका सन्तान एउटै बृक्षका अनेक फल भन्ने मनमा आत्मबोध हुन्छ । त्यसलाई थापालै कलात्मक रुपमा काठमा उतार्न सफल भए ।’ कार्यक्रममा अर्का कलाकार तथा कला लेखक मदन चित्रकारले नेपाली कलामा भुवन थापाको उपस्थिति सबल रुपमा देखा परेको बताए । उनले भने, ‘नेपाली समसामयिक मूर्तिमा वहाँको उपस्थिति निकै उच्च र विशिष्ठ प्रकारको रहेको छ । प्रदर्शित मूर्तिले नेपालमा मात्रै नभएर विश्वमा प्रभाव छोडन सक्ने खालका छन् ।’ \"Arts प्राकृतिक रुपको मर्मलाई भंग हुन नदिइ आफ्ना भावाव्यक्ति दिन कलाकार सकेको आयोजक संस्थाका अध्यक्ष ओम खत्रीले बताए । उनले थपे, ‘कलाकारले स्वतन्त्र ढंगले विचार र आफ्ना भावना व्यक्त गर्न सफल समेत रहेको पाइन्छ । नेपाली मूर्तिकलामा नगन्य मात्रामा यस्ता प्रदर्शनी भएका छन् । यत्रो संख्यामा अलग ढंगले प्रस्तुत हुन सक्नु कलाकारको सशक्त पक्ष रहेको छ । यस प्रदर्शनीले आमदर्शकलाई फरक दृष्टिबाट सोच्न बाध्य पार्छ ।’ ४ दिनसम्म चलने सो प्रदर्शनीमा ५६ वटाका काठमा मूर्ति राखिएको छ । तस्वीर सौजन्यः चन्द्रमणि मगर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending