Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कांग्रेसमा फेरि हुने भो भाले भिडन्त

\"deuba-poudel\"काठमाडौं । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवाको नेतृत्वमा आएको नेपाली कांग्रेसमा फेरि अर्को भाले भिडन्त हुने भएको छ । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा र पराजित भएका पौडेलबीच कांग्रेस संसदीय दलको नेता चयनका लागि पुनः भिडन्त हुने भएको हो । विधान संशोधन नगरीकन संसदीय दलको नेता चयन हुन नहुने भन्दै विरोध जनाउँदै आएको पौडेल समूहले दल नेतामा पनि आफ्नो अडान नछाडेपछि दुई नेताबीच भिडन्त हुने भएको छ । १३ औं महाधिवेशनबाट आफू निर्वाचित भएमा पार्टीमा रहेको गुटको अन्त्य हुने भनी देउवाले पूर्व घोषणा गरेकाले पार्टीका गुट अन्त्यका लागि आफूलाई दलको नेता बताउनुपर्ने पौडेलले अत्तो थापेका छन् । पौडेललाई नेता बनाउन भन्दै उनी पक्षधर नेता प्रकाशमान सिंहले केही दिनदेखि लविङ गरे पनि देउवाले अस्वीकार गरेपछि निर्वाचनबाट दल नेता चयन हुने निश्चित भएको छ । देउवाले सहमतिमा आफूलाई दलको नेता नबनाएपछि पौडेल समूहले आइतबार आफू पक्षको छुट्टै भेला गरी पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन मिति तय भएकाले त्यसअघि नै विधान संशोधन गर्ने भन्दै सोमवार देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । केन्द्रीय समितिको बैठकअघि सोमवार नै संसदीय दलको बैठक समेत बोलाइएको छ । यसअघिको संस्थापन पक्षको संसदमा बहुमत भए पनि महाधिवेशनका बेला १० सांसदहरु देउवा पक्षमा लागेपछि पौडेल पक्ष अल्पमतमा परेको छ । अघिल्लो पटक संसदीय दलको नेतामासमेत पराजित भएका देउवाले यसपटक पार्टी सभापति जितेसँगै दलको नेता हत्याउने दाउमा छन् । दोस्रो संविधानसभा निर्वाचनपछि देउवा तत्कालित सभापति सुशील कोइरालासँग संसदीय दलका नेता पदमा पराजित भएका थिए । कांग्रेसका २ सय ७ जना सांसद छन् । देउवालाई सभापतिमा सघाएका खुमबहादुर खड्का र कुलबहादुर गुरुङ भने पछिल्लो समय पद बाँडफाँडमा देउवाप्रति रुष्ट छन् । खड्का र गुरुङ पक्षको मत निर्णायक हुने भएकाले पनि पौडेलले दल नेता आफू बन्ने सम्भावना देखेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending