Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नाकाबन्दी नहुँदा पनि इन्धन असहज कसरी भयो , यो सह्य छैन : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी नरहेका बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नभएको बताएका छन् ।   \"k|wfgdGqL नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले आज कालोबजारी र भ्रष्टाचार नियन्त्रण तथा भूकम्पको पुनःनिर्माण तत्काल गर्नुपर्ने लगायत माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले उक्त कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सरोकार भएकाहरुसँग छलफलमा जुटेको स्पष्ट पारे । उनले भने – ‘सरल विधिबाट सरकार अहिलेको समस्याको समाधानमा लागेको छ नेपाली जनताको भावना विपरीत सरकारले कुनै काम गर्ने छैन ।’ प्रधानमन्त्री ओलीले पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताए । सरकारले जति तीव्रताका साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको स्विकार्दै वर्तमान समस्याको समाधानका लागि सरकार सक्रिय भएर लाग्ने विश्वास दिलाए । प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेका बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पारे । सरकारले तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन ग¥यो भन्ने कुरा गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्दा प्रतिपक्षी दलसँग छलफल गरेर अगाडि बढ्ने स्पष्ट पारे । उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्षमा प्रतिपक्षी दलको नेता हुने हुँदा पुनःनिर्माणमा सबैको छलफल अनिवार्य रहेको बताए । उनले भने ‘राजनीतिक निर्णय गर्दा सरसल्लाहकै आधारमा सरकार अगाडि बढ्छ । उनले पुनःनिर्माणको काम चुनौतीपूर्ण भए पनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने स्पष्ट पार्दै वर्षायाम अगावै भूकम्पपीडितलाई सुरक्षित आवासका लागि सरकार प्रयासरत रहेको उल्लेख गरे । महिला सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौला, तरुण दलका अध्यक्ष उदयशम्शेर राणा र नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले पुनःनिर्माणलाई तीव्रता दिन तथा कालोबजारी र भ्रष्टाचारलाई यथाशीघ्र रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending