Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कवि भूपाल राईका रागात्मक कविताहरू

\"tejसाहित्य क्षेत्रमा कवि भूपाल राई निरन्तर साधनारत नाम हो । उनको पछिल्लो कविता कृति हो— आगोले जन्मोत्सव मनाउँदैन (सन् २०१५) । यस कविता सङ्ग्रहमा कविले नेपाली समाजमा देखा परेका विविध रूपरङ्गहरूलाई नवीन ढङ्गले चिरफार गरेका छन् । नेपालको राजनिितमा देखिएका विकृति, विसङ्गति तथा आशा वा सम्भावना दुवै खाले प्रसङ्ग कविताका विषयवस्तु हुन् । कवि राई गद्य कवि हुन् । गद्य कवित्वभित्रको वैचारिकता उनको सघन परिचय हो । ‘आगोले जन्मोत्सव मनाउँदैन’ कविता सङ्ग्रहभित्र जम्मा तिस ओटा कविता सङ्कलित रहेको छ । कवि पछिल्लो समयमा राजनीति पार्टीहरूले लिएको अलमलको बाटो, देशभित्रका नागरिकहरूले मागिरहेको विकास र सत्तामा बसेका नेताहरूले देखाएको लाचारी प्रवृत्तिप्रति खरो रूपमा उत्रिएका छन् । कविता सङ्ग्रहभित्र आगोलाई चेतनाको वाहक, उज्यालोको प्रतीक, विद्रोहको चिन्ह र भ्रष्ट संसारको संहारकर्ताका रूपमा चिनाएका छन् । कविता बन्न जे जस्तो विषय र भाषा शैली प्रभावपूर्ण हुन्छ, त्यो पर्याप्त फेला पार्न र मेला भर्न सफल भएका छन् कवि भूपाल राई । यस कविता सङ्ग्रहभित्रका आगोले जन्मोत्सव मनाउँदैन, क्षेत्री ‘क्ष’, आँसु र पुँजीवाद, आगोका बेर्नाहरू, गोएवल्स र गणेशमानका भेडाहरू, मेरो जन्मको महाख्यान, खाल्डो, दाग, सिकल सेल एनिमिया, मोरिमन्त्र, एउटा अराष्ट्रिय प्रहसन— हस्तबहादुर चेपाङको नाममा, कुकुर हराएको सूचना, सरकारी शब्दहरूप्रति, श्री ४, एक थान खेस्रा र राष्ट्रगानका पूmलहरू, झण्डाको विपर्यास यात्रा, भीमफेदीको उकालो र तामाङ राष्ट्रको शिर र रामप्रसाद २००८ कविताहरू पढ्नु मात्र होइन अध्ययन नै गर्नुपर्ने कविता रहेका छन् । यस अतिरिक्र पनि कविता कम रोचक छैनन् तथापि उल्लिखित कविताहरूले ध्यान र मन दुवै खिच्न सफल हुन्छन् । माथि प्रस्तुत शीर्षकका कविताहरूले फरक–फरक शैलीमा फरक–फरक विषयको उठान गम्भीर ढङ्गले गरेका छन् । क्षेत्री ‘क्ष’, सिकल सेल एनिमिया, एउटा अराष्ट्रिय प्रहसन— हस्तबहादुर चेपाङको नाममा, एक थान खेस्रा र राष्ट्रगानका पूmलहरू, भीमफेदीको उकालो र तामाङ राष्ट्रको शिर जस्ता कविताले पहिचान के हो ? किन आवश्यक छ ? के नेपालको राजनीतिमा केन्द्रीय भूमिकामा नपुगेकाहरूको योगदानै छैन त ? प्रतिप्रश्न गरी समानताप्रति सचेत तुल्याइएको छ । यसैगरी यस कविता सङ्ग्रहभित्रका आगोले जन्मोत्सव मनाउँदैन, आँसु र पुँजीवाद, आगोका बेर्नाहरू, खाल्डो, दाग सरकारी शब्दहरूप्रति, श्री ४ आदि कविताले विचार र व्यङ्गय तथा विद्रोहको आवश्यकतालाई झल्काएका छन् । कवि राईले हाम्रो नेपाली राजनीितको आदिदेखि हालसम्म आउँदा तुलनात्मक भूमिका र योगदान हुनै नसकेको प्रति आक्रोश पोखेका छन् । नेपालीहरूको आम जिन्दगी भन्दा पृथक जीवन शैली भएका सुशीलदेखि प्रचण्डसम्मका नेताहरूको कृत्य र कुकृत्य कसरी देखिँदै आएको छ यो सजीव ढङ्गले उतारिएको छ ।   \"aagoleकवि भूपालका कविताहरू रुँदैनन् र अट्टहास हाँस्दैनन् पनि । उनी त चेतनाको फिलिङ्गो बनाएर कवितालाई निरङ्कुशतारूपी समाजमा छोडी दिन्छन् र भनी दिन्छन् खुलमखुल्ला यो आवश्यक भएर गरिएको कर्म हो । स्वाभिमानी प्रत्येक नेपालीले विचार र अभिव्यक्तिको स्वतन्त्रता पनि राम्ररी नपाएको बेला जनताको सेवा गर्ने भन्नेहरू सेवा गर्दा गर्दैको अवस्थामा मर्न सक्नुपर्छ । ‘दाग’ र ‘श्री ४’ कविताले देशको सम्पत्ति दुरूपयोग गरेर आफ्नो स्वास्थ्इ मात्र राम्रो बनाउनेहरू हो पर्ख कविको व्इक्ति र पदप्रति भन्दा बढी पदीय दुरूपयोग र गैर जिम्मेवारीप्रति कटाक्ष रहेको छ । कवि राईले सामान्य लाग्ने र गहिरिएर बुझ्नुपर्ने धेरै कविता रचना गरेका छन् । आँसु र पुँजीवाद, लोकतन्त्र, खाल्डो, सिकल सेल एनिमिया, मिथक युद्ध जस्ता कविताले कविताको मर्मलाई जीवनस्तरसँग राम्ररी जोडेको छ । नेपाली राजनीतिमा आशा गरिएका ‘प्रचण्ड’ किन परिवर्तनको वाहक र जनसंविधानका साधक बन्न सकेनन् ? किन उनी कमजोर हुँदै गइरहेछन्, मिथक युद्ध राम्ररी पढ्न सकिन्छ । नेपाली साहित्यको कविता विधामा कवि हरिभक्त कटुवालको भन्दा सरल पाराले विषयवस्तु टिप्ने कौशल, कवि भूपिको भन्दा गम्भीर व्यङ्गय कस्ने शैली, गोपाल प्रसाद रिमाल जस्तै राजनीित असन्तुष्टिलाई कवितामा ढाल्ने कालिगरी तथा कवि कृष्ण सेन ‘इच्छुक’ जस्तै सङ्गठनात्मक र विचारप्रतिको प्रतिवद्धताले उनलाई नेपाली राजनीतिक गहन चेत र कला हुँदै भएको कविको रूपमा चिनाउन पुगेको छ । ‘पहिचान’ को कुरा उठाउनेहरूलाई शदियौँदेखि पहिचान कायम गर्न राजनीति गर्नेहरूले नै केही गर्न नदिएको तथ्यलाई पेश गर्दै कवि मुखभरिको जवाफ दिन्छन् जहाँ प्रशस्त प्रमाण र उच्च नैतिक आधार समेत छ । ‘नेपाल बन्न भक्ति गीत होइन, सबैलाई सक्षम बनाउने योजना चाहिन्छ’ यो नै उनका कविताहरूको मूल स्वर हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending