Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

भैरवनाथ गणमा ६ महिना यातना भोगेका एक शिक्षकको दर्दनाक बयान

\"madhab काठमाडौं । माओवादी जनयुद्धको दश वर्षपछि शान्तिप्रक्रियामा आएको पनि झण्डै एक दशक हुन लागेको छ । माओवादी युद्धका क्रममा राज्यपक्ष र विद्रोही पक्षबाट गरी झण्डै १७ हजार नागरिकको ज्यान गएको छ । हजारौं वेपत्ता पारिएका छन् । बेपत्ता परिएकाहरुको अवस्था अझै पनि सार्वजनिक हुन सकेको छैन । द्वन्द्वका घाउहरु अझै ओभाएका छैनन् । विद्रोही पक्षबाट पनि चितवनको बाँदरमुडे जस्ता अकल्पनीय घटनाहरु भए । शान्तिप्रक्रियामा आएसँगै माओवादी जनयुद्धका घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर निरुपण गर्ने सहमति भएको थियो । तर त्यो पनि निश्कर्षमा पुग्न सकेको छैन । जनयुद्धकै बेला माओवादीको आरोपमा र माओवादीलाई सघाएको आरोपमा कयौं सर्वसाधारण नागरिकले यातना भोग्नु पर्यो । जेल, नेल र कष्टडीमा बाँधिनु पर्यो । कतिलाई गुमनाम पारियो, कति अंगभंग भए । विभिन्न अभियोगमा यातना भोगेका नागरिकहरु अहिले पनि ती विगतका यातनाहरु झल्झली सम्झन्छन् । तीनै मध्येका एक शिक्षक माधव घिमिरे ‘अटल’ जसले नेपाली सेनाको भैरवनाथ गणमा ६ महिना यातना भोगेका थिए । सैनिक कष्टडीभित्र बन्दी भएर अमानीय यातना सहने हजारौंहरु घिमिरसँगैका कयौं बन्दीहरु आजसम्म पनि बेपत्ताकै सूचीमा छन् । भैरवनाथ गणमा साढे छ महिना शिक्षक घिमिरे त्यतिबेला माओवादी पार्टी अन्तरगत काठमाडौं जिल्लाको शिक्षक संगठनको सहसचिव थिए । त्यसबेला उनलाई पुलिस आर्मीहरुले पिछा गरिरहेको थियो । पहिले पनि धेरैचोटी पक्राउ परेका उनलाई एक पटक २३ दिन हिरासतमा राखियो भने पछिल्लो पटक झण्डै साढे ६ महिना हिरासतमा यातना भोग्नुपरेको उनी बताउँछन् ।
शुभशंकर कडेंलले के भने ? हिमाल शर्माले के भने ? कृष्ण केसीले के भनेर बयान दिए ? बिना मगरले के भनिन् ? करिव करिव सबै थाहा छ ।
२०६० असोज १२ गते अन्तिम पटक उनी गिरफ्तार भए । त्यतिबेला चितवनका बद्रि कट्टेल भन्ने साथीमार्फत समातिएको उनी बताउँछन् । तिनलाई यति धेरै यातना दिए की त्यसपछि म गिरफ्तारीमा परेँ । ती साथी सायद शिक्षक संगठनको कुनै तल्लो पोष्टमा थिए । पढाउँदै गर्दा स्कुलबाटै समातिए जतिबेला उनी आदर्श योगरी हाइयर सेकेन्डरी स्कुल पढाउथे । विद्यालयकी प्रधानाध्यापकसँग फरक विचार राखेकै कारण उनी आफूप्रति रुष्ट रहेको उनको बुझाइ छ । घिमिरे विद्यालयमै माओवादी मुखपत्र जनादेश लगेर पढ्थे । अरु त्यस्तैखाले साहित्य लेखनमा रुची राखेकै कारण उनी फरक विचारका लागि असैह्य भए । ती विद्यालयकी हेड शिक्षिकाले नै आफूलाई पक्राउ पार्न अनेक प्रपञ्च गरेको उनको आशंका छ । घिमिरे भन्छन्– १२ कक्षाको इङ्लीस पढाउदै थिएँ । एकजना आएर ‘तपाई नै हो माधव सर’ भन्यो । ऊ चाहिँ सादा पोसाकमा थियो । भनें– हो म नै हो । उसले एकैछिन तल हाम्रो एकजना सरले भेट्न खोज्नु भएको छ भने। मैले को साथी होला माथि नै आउनुभए हुन्थ्यो म त क्लासमा छु भनें । उसले अलि कडा स्वरमा अरुकुरा छोड्नस् तल हिड्नुस् भन्यो । विद्यालय सेनाको घेरामा थियो, २०÷२५ जना आर्मीहरु विद्यालय अगाडि उभिए । विद्यार्थीहरुमा पनि त्रासदी बढ्यो । अगाडि स्कुलको गेटमा एक जिप आर्मीहरु थिए । म एक जना निहथ्था मान्छेलाई पक्राउ गर्न यत्रो विधि सशस्त्र आर्मी देखेर घिमिरे अचम्ममा परे । डिजिटल डायरी लिन चाहेका थिए घिमिरे पक्राउ परेको दिन देवेन्द्र पौडेल र देबेन्द्र पराजुलीसँग दिनमा एयरपोर्ट नजिक बिहान सिनामंगलमा बसेका थिए । त्यहाँ बसेपछि उनी क्लास लिन गए । त्यसबेला उनीसँग डिजिटल डायरी थियो । डायरीमा सबैको नम्बरहरु थिए । एकदमै गोप्य नम्बरहरु पनि थिए । त्यो सेनाको हातमा पुगेमा धेरै क्षति हुने देखेर त्यसलाई डिस्पोज गर्ने उनले सोंचे । आफ्नो कारणले देवेन्द्र पौडेल र देबेन्द्र पराजुली जस्ता नेताहरु पक्राउ पर्न सक्ने उनलाई डर थियो । ‘डिजिटल डायरी’ डिस्पोज गर्ने उपाय स्वरुप भोग लागेर चाउचाउ किन्ने बाहनामा पसलमा डिजिटर डायरी खसालिदिएको उनी बताउँछन् । आँखामा पट्टी बाँधेर भैरवनाथ गण पुर्याइयो विद्यालयबाट गिरफ्तार गरेपछि उनीलाई आर्मीको गाडीमा राखियो । त्यसपछि आँखामा पट्टी बाँधेर भैरवनाथ गण पुर्याइयो । भैरवनाथ गणमा लगेपछि पनि बाहिरपट्टी एउटा थोत्रो जीपमा लगेर राखियो । त्यति बेला एक पटक बडो शालिन ढङ्गले बयान लिएको उनी सम्झन्छन् । अलि बढी बौद्धिक खाले प्रश्नहरु सोधियो । तपाई जस्तो मान्छेले नराम्रो काम गर्नुभयो भन्थे । हामीलाई सबै थाहा छ । ठिकै छ केहि छैन, तपाई छुट्नु हुन्छ भन्थे । तपाईलाई राख्ने हाम्रो नियत होइन पनि भन्थे । अनि फकाउँदै फकाउँदै आतङककारीहरु कहाँ कहाँ छन् ? के गदैछन् ? थोरै ‘क्लिू’ दिनु पर्यो सर भन्थे । ‘म त सामान्य एउटा शिक्षण पेसा गरेर खाने मान्छे । म चार पाँच ठाउँमा पढाउँछु । सबै ठाउँमा सोध्न सक्नुहुन्छ– म ती स्कुलहरुमा कति गयल छु कति उपस्थित छु भन्ने कुरा ।’ उनको जवाफ हुन्थ्यो ‘सर तपाईहरुको सरकार आयो भने देशको परराष्ट्र नीति कस्तो हुन्छ ? यो देशमा राजा रहन्छ कि रहदैन ? रहेमा कस्तो रुपमा रहन्छ ? तपाईहरुले ल्याउने कम्युनिस्ट व्यवस्था कस्तो व्यवस्था हो ? तपाईहरुको भित्री उद्देश्य के हो ? तपाईहरुको आर्थिक, शैक्षिक नीति कस्तो हुन्छ ? जस्ता प्रश्न तेर्साएर आफू पनि माओवादीमा संलग्न रहेको फुत्काउने प्रयत्न गर्ने गरेको उनी सम्झन्छन् । सेनाको यातनाः जुठो पानीमा उधोमुन्टो, शरीरमा करेन्ट प्रवाह उनले चरम खालको यातना भोगे । हातमा के लगाउथ्यो थाहा छैन, त्यो प्रहार शरीरमा पर्दा झनन करेन्ट आउथ्यो । सायद हातको पञ्जामा करेन्ट फिट हुन्थ्यो । भित्र केही नभएपनि बाहिर अत्याधिक पीडा दिन्थ्यो । जुठो पानीमा उधोमुन्टो लगाएर चोपल्ने गरिन्थ्यो । माथि खुट्टा, टाउको तर बनाएर ट्याङकीमा चोपल्थ्यो । त्यो जुठो पानी हो रे, पछि थाहा भयो । चोपल्दै निकाल्ने सायद घिर्नी जस्तो हुनुपर्छ । त्यसैले कयौं पटक चोपल्दै निकाल्थ्यो । चोपाल्ने निकाल्ने गर्दा मान्छे मर्दो रहेनछ । तल जुठो पानीमा चोपल्थ्यो माथि तानेर सिस्नोले जस्तै पोल्थ्यो । हिमाल शर्मासहित विद्यार्थी नेताहरुको आवाज सुनेँ आफू भन्दा अलि पर हिमाल शर्माको स्वर उनले सुने । अनि एक जना पन्थ हुनुहुन्थ्यो विद्यार्थीको केन्द्रीय सदस्य, ठ्याक्कै नाम याद भएन। छेवैमा तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सचिबालय सदस्य सीएन ढुंगाना । उनीहरुलाई यातना दिएको, पीडाले चिच्याएको सुने पनि आँखामा पट्टि बाँधिएकाले देख्ने कुरा भएन । आर्मी भए नभएको थाहा नभएको कारण आपसमा कुरा गर्न पनि सम्भव हुदैनथ्यो । तैपनि उनीहरु नभएको बेला खासखुस कुरा गथ्र्यौं । आर्मी भए नभएको बुटको आवाजका आधारमा अनुमानका भरमा । गोरखाका एकजना थिए । ती व्यक्ति सायद दराई थरका हुन् । दश दिनपछि उनी त्यहाँबाट एकाएक गायव भए । तिनी पक्कै छुटेनन् । कता लग्यो के ग¥यो आफूलाई केही थाहा नभएको घिमिरे बताउँछन् । छेवैमा हुने मध्ये एक जना शुभशंकर कडेंल थिए । उनी अहिले एबीसी टेलीभिजनका प्रमुख छन् । हिमाल शर्मा अलि पर थिए । आर्मीसँग दिएको बयान सबैले सबैको सुनेका छन् । कसैले आज ढाट्न खोजेपनि, मैले केही नी भनिन, केही नि बकिन, भनेपनि, उनीहरुले के के भने भन्ने कुरा लगभग आफ्नो मस्तिष्कमा पुरै रेकर्ड रहेको घिमिरे बताउँछन् । शुभशंकर कडेंलले के भने ? हिमाल शर्माले के भने ? कृष्ण केसीले के भनेर बयान दिए ? बिना मगरले के भनिन् ? करिव करिव सबै थाहा छ । हिमाल शर्माको बयान सन्तुलित र निडर, शुभशंकर संभ्रान्त विशेष गरी केही कुरा नखोली निडर भएर एकदमै सन्तुतिल ढङ्गले हिमाल शर्माले बयान दिएको उनी बताउँछन् । कृष्ण केसी र बीना मगरले पनि बयान दिएका थिए । यातना दिएपछि उनीहरु मलाई नमार नमार भन्दै कराउँथे । मसँग केही छैन । मलाई केही थाहा छैन भन्थे । क्रान्तिकारीका केन्द्रीय सदस्य पन्त भाइको बयान थियो– म बरु घर गएर हलो जोत्छु । मलाई केही नगर। पुरै म राजनीति छोड्छु ।’ हिमाल शर्मा र कृष्ण केसी आफ्नो कुरा केही पनि नओकल्ने । बिना मगरको आवाज उनले निकै सुनेको बताउँछन् । उनीहरुको बयान उनले जति सुने, उनीहरुले त्यस्तो कुनै कुरा खोलेको जस्तो उनलाई लागेन । सबैलाई उस्तै उस्तै प्रश्न गरिन्थ्यो । बिनाले म विद्यार्थीको मान्छे हुँ । सामान्य मान्छे हो । मलाइ केही थाहा छैन भन्ने जवाफ दिन्थिन् ।
बिना मगरको आवाज उनले निकै सुनेको बताउँछन् । उनीहरुको बयान उनले जति सुने, उनीहरुले त्यस्तो कुनै कुरा खोलेको जस्तो उनलाई लागेन ।
शुभशंकर कंडेल अलि संभ्रान्त खालको भएर होला, त्यो ढंगको प्रश्न नसोधेको उनी बताउँछन् । कंडेललाई त्यो ढंगको यातना समेत नदिएको घिमिरे बताउँछन् । सायद कंडेल प्रत्यक्ष रुपमा सशस्त्र संङ्घर्षमा नभएको सेनालाई लाग्थ्यो । अथवा आर्मीमा उनको कुनै माथिल्लो पदको कोही मान्छे भएको होला जस्तो लाग्छ । सायद कडेललार्य धेरै समय नराखिएको उनको ठम्याइ छ । हेलिकोप्टरमा बैरेनी पुर्याउँदा जनैले हात बाँधियो त्यहिँ रहदाँ चाहिँ मरिन्छ जस्तो लाग्दैन्थ्यो, तर जतिबेला हेलिकक्टर चढाएर कतै लगिन्थ्यो, त्यसबेला चाहिँ अब मरिन्छ भन्ने उनी ठान्थे । हेलिकप्टर चढाएर मलाई बेरेनी लगियो । त्यो दिन हतकडी नपुगेर उनकै जनैले मेरो हात बाँधिदियो । जनैले बाँधेको हात उनले चुँडाए । चुँडाए लगत्तै एउटाले लात्तैलात्ताले भकुर्यो । कसो कसो आँखाको पट्टी खोल्दा सेता हेलिकोप्टरमा करिब १५÷१६ जना आर्मी रहेको उनले देखे । जतिबेला जीवन अन्तिम ठाने अब मरिने नै भइयो भन्ने उनलाई लगभग निश्चित थियो । प्रतिकार गर्न खोजे। अर्ब यहीँबाट खसाली दिन्छ भन्ने उनलाई लाग्यो । अब खसालेर मार्ने नै भएपछि के केही त गर्नुप¥यो । ‘मर्ता त क्या नै कर्ता ’ भन्ने भयो मनमा । उनीहरुले मार्न चाँही मारेनन् । त्यसपछि बैरेनी लगे । त्यहाँ ३ दिन राख्यो । त्यहाँ सबैभन्दा चरम यातना भोगेँ । त्यतिबेला नेपालभुषण चन्द भन्ने मान्छेले शालिन ढङ्गले प्रश्न सोध्थे । त्यसपछि गजुरी लगियो । गजुरीमा बयान लिने मान्छे तीनै नेपालभुषण चन्द रहेको उनी सम्झन्छन् । उनी अंग्रेजी भाषामा राम्रो दख्खल भएका अफिसर रहेछन् । जब चरम यातना दिन्थे त्यसबेला उनी पनि नेपाली बोल्दैनथे । अंग्रेजीमा बोल्थे । आर्मीहरु नबुझेर हैरान भएपछि आर्मी अफिसर नेपालभुषण चन्दलाई बोलाउन जान्थे । आईसिआरसीका प्रतिनिधिहरु गएपछि उनको एकपटक मात्रै परिवारसँग गजुरीमा भेट भएको थियो । घिमिरे २०६० चैत्र २७ गते हिरासतबाट मुक्त भएका थिए । ल्यारक्याल लामाहरुलाई प्रमोशन नगन सुझाव लामो समय जेल, नेल र यातना भोगेका घिमिरे अहिलेको गणतन्त्रप्रति सन्तुष्ट छैनन् । अहिलेका नाम मात्रको गणतन्त्र भएको भन्दै उनी व्यवहारिक रुपमा प्रयोग हुन बाँकी रहेको बताउँछन् । माओवादीले जुन बाटो लिन्छ र जुन वर्गलाई सम्बोधन गर्छ भन्ने सोँचाइ पनि गलत सावित भएको उनको ठम्याइ छ । पछिल्लो चरण पार्टीमा जुन खालको बिघटको अवस्थामा पुगेको देखेर आफूलाई नराम्रो लागेको उनी बताउँछन् । तर पनि पार्टी बिग्रिए बनाउने ठाउँ धेरै छ रहेको भन्दै पार्टीले ल्यारक्याल लामाहरुलाई प्रमोशन नगर्न सुझाउँछन् । यो पटक पनि पार्टी बनाउन नसके विघटन हुने उनी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending