Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सरकार नछाडे राप्रपा नेपाल फुट्ने

\"kamal काठमाडौं । एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी भएको राप्रपा नेपालले सरकार नछाडे पार्टी विभाजन हुने अवस्थामा पुगेको छ । राजतन्त्र र हिन्दु राज्यको एजेण्डा बोकेको पार्टी संघीय गणतन्त्र नेपालको सरकारमा सहभागी भएपछि आफ्नो एजेण्डा स्थापित गर्न नसकिएको भन्दै पार्टीमा विवाद बढेको छ । पार्टी सहअध्यक्ष केशरबहादुर विष्टले पार्टी तत्काल सरकारबाट नहटे क्षति हुन सक्ने चेतावनी दिएपछि विहीबार केन्द्रीय समितिको बैठक बोलाइएको छ । पार्टी भित्रको विवाद छतातुल्ल हुने भएपछि उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष कमल थापाले पार्टी केन्द्रीय समितिको बैठक वीरगञ्जमा बोलाएका छन् । वीरगञ्जमा शुरू भएकाे केन्द्रीय समिति बैठकमा थापाले राजनीतिक दस्तावेज पेश गरेका छन् । दुई दिनअघि विष्टले अध्यक्ष एकल ढंगले चलेको आरोप लगाउँदै सरकारबाट फिर्ता हुन आग्रह गर्दै आफ्नो असहमित सार्वजनिक गरेका थिए । उनले पार्र्टी सरकारमै रहेर आफ्नो एजेण्डा स्थापित गर्न नगकिने भन्दै सरकारबाट फिर्ता हुन आग्रह गरेका थिए । विष्टलाई कारबाही गर्ने तयारी पार्टी सरकारबाट फिर्ता नभए ठूलो क्षति हुने विष्टको चेतावनीपछि अध्यक्ष थापाले केन्द्रीय समिति बैठक बोलाएका हुन् । तर सहअध्यक्ष विष्टसमूह भने केन्द्रीय समितिको बैठकमा सहभागी नभएकाे बताइएकाे छ । विष्ट समूह वैठकमा सहभागी नभएपछि विष्टलाई कारबाही गर्ने थापाको योजना छ । विष्ट समुहले पार्टी हित विपरितको गतिविधि गरेको आरोप लगाउँदै विष्टलाई कारबाही गर्ने तयारी थापाले गरेका छन् । राप्रपा नेपाल संवैधानिक राजतन्त्र, हिन्दु राजसंस्था र एकात्मक राज्य प्रणालीमा विश्वास गर्ने पार्टी भएको तर नेतृत्वले त्यसलाई वेवास्ता गर्दै सत्तासँग सम्झौता गरेको आरोप लगाएका छन् । विष्टलाई कारबाही गरेमा राप्रपा नेपाल विभाजन हुने निश्चित रहेको छ । केन्द्रिय समितिको बैठकमा पार्टीको आगामी रणनीति, सन्तुष्ट समूहको आरोपबारे समिक्षा तथा कारबाही, प्रधानमन्त्रीको भारत र चीन भ्रमणबारे समीक्षा लगायतको विषयमा छलफल हुने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending