Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

देशभर एसएलसी परीक्षा शुरु, छ लाख १५ हजार परीक्षार्थी सहभागी

\"SLC भक्तपुर । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर विहीबार बिहान ८ बजेबाट शुरु भएको छ । परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी छन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी छन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिँदैछन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । विहीबारदेखि शुरु भएको एसएलसी परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन परीक्षार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिएका छन् । परीक्षा तालिकाअनुसार शुक्रबार चैत १९ गते नेपाली, चैत २१ गते गणित, चैत २२ गते विज्ञान, चैत २३ गते सामाजिक, चैत २४ गते स्वास्थ्य तथा जनसङ्ख्या, चैत २५ गते ऐच्छिक प्रथम, चैत २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ । यस्तै, चैत २७, २८ र २९ गतेसम्म प्राविधिक विषयको बाँकी विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक काप्रीले बताए । पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा नै भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । यसवर्षदेखि लेटर ग्रेडिङ अनुसार नतिजा प्रकाशन हुने भएकाले सबै परीक्षार्थी उर्तिर्ण हुनेछन् । लेटर ग्रेडिङअनुसार परीक्षा भएपनि परीक्षा पूर्ववत तरिकाले नै सञ्चालन भएको कार्यालयले जनाएको छ । परीक्षाको अन्तिम दिन परीक्षार्थीहरुलाई परिचयपत्र पनि दिइने भएको छ । नतिजा आइसकेपछि त्रुटी नहोस् भनेर परिचय पत्र वितरण गर्न लागिएको हो । परिचय पत्रमा त्रुटी भए १५ दिनभित्र त्रुटी सच्यानका लागि निवेदन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसवर्ष तराई आन्दोलनका कारण केही दिन परीक्ष ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending