Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

धुर्मुस र सुन्तलीले प्रधानमन्त्रीलाई प्रहार गरेपछि ओलीले यसरी गरे प्रतिकार

\"KP-oli-at-namuna-basti-700x445\"काठमाडौं । रिपार्टर्स क्लब नेपालको १८ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजनीतिक व्यंग्यवाण प्रहार भएको छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा हाँस्य कलाकारद्वय जोडी धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले ओलीको कार्यशैलीमाथि कडा व्यंग्य गरेका हुन् । सुन्तलीले प्रश्न सोध्ने र धुर्मुसले ओलीको क्यारिकेचर गर्दै उनको काम गर्ने शैलीलाई व्यग्य गरेका थिए । देश विकास, पुनर्निर्माणभन्दा खाली उखान टुक्का मात्रै हाल्ने खोज्ने र मजाक मात्रै  गरिरहनेभन्दै ओलीमाथि व्यंग्य गरिएको थियो । तर, कलाकारको व्यंग्य ओलीले सुन्न पाएनन् । कार्यक्रमका प्रमुख अतिथि ओली चितवनको कार्यक्रममा थिए । कलाकारको प्रस्तुतिपछि पूर्व सभामुख सुवास नेम्वाङले धुर्मुसको प्रस्तुतिले प्रधानमन्त्री नै उपस्थित भएको भान भएको बताएका थिए । ढिलो गरी प्रधानमन्त्री आए र उस्तै शैलीमा भाषण गर्न थाले । गहन राजनीतिक सवालमा पनि ओलीले व्यग्य मिसाउँदै भन्न थाले, ‘सात सालदेखिको संविधानसभाबाट संविधान बनाउने विषय ७ वर्ष लगाएर अनेक प्रक्रिया पूरा गरेर सम्पनन भएको छ यस्तोलाई फास्ट ट्रयाक भन्ने ?’ ओलीले व्यंग्य कस्ने शैलीमा भने, ‘जसले जे बोले पनि हुने ? जसो गरे पनि हुने ? संविधानले सबैलाई समान अधिकार दिएको छ । कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।’ ओली रोकिएनन, ‘हामीले यति धेरै गर्दा पनि केही छैन, अधिकार दिएनन् भन्ने ? सीताराम, सीताराम’ धुर्मुसतिर हेर्दै ओलीले भन्दै गर्दा हलमा हासो गुञ्जियो । उनै धुर्मुस दर्शक दीर्घाबाट उठेर अगाडि बढ्न खोजे तर, एउटा कुर्सीबाट उठेर अर्को कुर्सीमा बसे । यतिखेरसम्म हल हाँसोले गुञ्रिहेको थियो । लगत्तै ओलीले आफ्र प्रधानमन्त्री भएपछि नाकाबन्दी अन्त्य गरेको, भारत र चीनसित सम्बन्ध सुधार गरेको र अब आर्थिक क्रान्ति र विकासका लागि आफैं कोदालो लिएर निस्कने बताए । काठमाडौं–पोखरा सडक यस्तो पनि बन्छ भनेर दुई वर्षमै देखाउने, पूर्व पश्चिम राजमार्ग उत्तिकै राम्रो बनाउने, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफैं कोदालो लिएर निस्कनेसम्म बताए । लुम्बिनीमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्घोष उनको थियो । चीनको केरुङदेखि काठमाडौंसम्मको बाटो दुई लेनको बनाउन अब ढिलाई नगरिने जस्ता सरकारका नीति कार्यक्रमको शैलीमा उनले सुनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending