Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रचण्ड राजनीतिका ‘किङ मेकर’ हुन्

[caption id=\"attachment_66300\" align=\"alignleft\" width=\"150\"]\"लेखक\" लेखक[/caption] नेपालको वर्तमान राजनीतिका निर्णायक व्यक्तित्व (किङ मेकर) हुन् प्रचण्ड । यो भनिरहनु पर्ने कुरा अहिले होइन । हुन त गाली गलौज अपमान र खुट्टा तान्न हामी नेपालीहरुलाई सायद कमैले भेट्लान । प्रचन्डलाई हिजोका कुडा कर्कट देखाएर गाली गर्ने थुप्रै छन् । अझ प्रचण्ड यो यो कारणले ठीक है भन्यो भने केही स्वघोषित विश्लेषक र फेसबुके राजनीतिज्ञहरु तीन हात माथि उफ्रेर झोले र सोले भनेर आफु भित्रको कालो ओकल्छन् । तीनमा मानौं कि प्रचण्ड ‘फोबिया’ छ । तर ‘कूल’ भएर हेर्ने, सोच्ने हो भने प्रचण्ड के हुन भनेर बुझ्न सकिन्छ । यतिबेला प्रचण्डले राष्ट्रिय राजनीतिमा निर्वाह गरेका भूमिकाहरुको बारेमा शान्त भएर सोच्नुपर्ने बेला भएको छ । हो, हिजो केही गम्भिर प्रकृतिका गल्तीहरु उनीबाट अवस्य भए । केही असावधानी बस् भए, केही व्यवहारिक जटिलतावस् भए र केही अनुभवहिनतावस् पनि । तर भएकै हुन् । यी भनेका ‘फर्गिभ बट डु नट फर्गेट’ जस्ता हुन् । यसको बारेमा जनताले सजाए दिइसकेका छन् । सबै हन्डर र ठक्करका वाबजुत वर्तमान नेपाललाई एउटा निकास दिन सक्ने सक्षम नेता कोही छ भने त्यो प्रचण्ड । किन भने प्रचण्ड जतिको नेतृत्व क्षमता भएको र स्पष्ट बोल्ने कला भएको राजनीतिज्ञ आजको नेपालमा को छ ? जोशमा आउँदा तथानाम गाली गरे पनि प्रचण्डको अघिल्तिर पर्दा आगोको अगाडि मैन पग्ले जस्तो नपग्लने को छ ? नेपालका मै हुँ भन्ने नेताहरुलाई एकै ठाउँमा राखेर आफ्नो देश विकासबारे ‘भिजन’ बोल्न लगाउँदा सटिक रुपमा तथ्य र तर्क सहित बोल्ने र सुन्ने जतिलाई ‘कन्भिन्स’ गर्न सक्ने खुबी को सँग छ ?
सबै हन्डर र ठक्करका वाबजुत वर्तमान नेपाललाई एउटा निकास दिन सक्ने सक्षम नेता कोही छ भने त्यो प्रचण्ड ।
हुन त यो पढिरहँदा तपाईं कत्तिलाई लाग्ला यो मान्छेले चाकडी बजायो । तर जसले जेसुकै अर्थ लगाए पनि घामलाई हत्केलाले छेकिन्न । किनभने १२ बँुदे शान्ति सम्झौतादेखि नयाँ संविधान घोषणासम्म आइपुग्दा यदि कसैले मनैदेखि देश र जनताको भलो सोचेर काम गर्यो भने त्यो प्रचण्डले मात्रै हो । यसकालागि प्रचण्डले आफ्नो सिङ्गो पार्टीलाई खुकुरीको धारमा राखे । त्यही निहुँमा आज पार्टी ६ टुक्रासम्म हुन पुग्यो । तर नेपाली जनताको शान्तिप्रतिको चाहनालाई प्रचण्डले कुठाराघात हुन दिएनन् । जनताले थप द्वन्द चाहेका छैनन् भन्ने कुरा बुझेरै उनले कुनै हालतमा शान्ति प्रकृयालाई संकट आउन दिएनन् । शान्ति प्रकृयालाई एउटा तार्किक निष्कर्षमा पुर्याई छाडे । उनले क्रान्तिलाई बिसर्जन गरेको गद्दारी गरेको जस्ता गम्भिर आरोपसमेत सहयोद्दा कमरेडहरुबाट खानु पर्यो । देशको आजको राजनीति त्यही कारण प्रचण्डको वरीपरि घुमी रहेको छ । तेश्रो पार्टीका नेता भए पनि प्रचण्डको सान पहिलो पार्टीको भन्दा कम छैन । किन भने देशको राष्ट्रपतिका लागि प्रस्ताव प्रचण्डले गरे । प्रधानमन्त्री प्रचण्डले नै बनाए । सभामुख उनको आफ्नै पार्टीको छ । आज देशका छापाहरुको फ्रन्ट पेज कभर प्रचण्डकै समाचारमा केन्द्रित हुन्छन् । राष्ट्रियताको पक्षमा दरिलो अडान प्रचण्डकै छ ।
देशको राष्ट्रपतिका लागि प्रस्ताव प्रचण्डले गरे । प्रधानमन्त्री प्रचण्डले नै बनाए । सभामुख उनको आफ्नै पार्टीको छ ।
यति हुँदाहुँदै पनि देश र जनताले सुखद निकास पाउन नसकेको साँचो हो । जनताको आकांक्षा पुरा हुन नसकेको पनि पक्का हो । तर हामी सबैको सार्थक सहभागिताबिना समुन्नति सम्भव हुँदैन भन्ने कुरा हामी सबैले बुझ्नु पर्दछ । सबै भन्दा ठूलो निर्णायक भनेका हामी जनता हौं । हामीले कस्तो राजनीतिक परम्परा बसाल्ने ? कस्ता नेता छान्ने ? त्यसैले हाम्रो वर्तमान र भविस्यको निर्धारण गर्दछ ।
प्रचण्ड भनेका एक साधन मात्रै हुन् । साध्य जनता आफै हुन् । प्रचण्ड एक्लैले चाहँदैमा सुनौलो बिहानी तुरुन्तै अाइहाल्दैन ।
प्रचण्ड भनेका एक साधन मात्रै हुन् । साध्य जनता आफै हुन् । प्रचण्ड एक्लैले चाहँदैमा सुनौलो बिहानी तुरुन्तै अाइहाल्दैन । तपाईं हामी सबैको रचनात्मक भूमिकाले मात्रै सार्थक परिवर्तन सम्भव हुन्छ । किनभने तपाईं हाम्रो दर्बिलो साथ पाउँदा मात्र प्रचण्ड खुल्नेछन् । एउटा कुरा ठोकुवा गरेर भन्न सकिन्छ कि जबसम्म जसको विचार उसको नेतृत्व हुँदैन, जबसम्म हामी जनताले प्रचण्डभित्रको असली प्रचण्ड चिन्दैनौं हामी जहाँको त्यहिँ रहने पक्का छ । क. मदन भण्डारीपछि जनपक्षिय नेता हामीले प्रचण्ड पाएकाछांै । तर आफ्नै नाभिमा रहेको सुगन्ध पहिचान गर्न नसकी भड्किरहेको कस्तुरी हामी भैरहेका त छैनौ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending