Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

यसकारण आवश्यक छ माओवादीहरुबीचको एकता

\"Maoist_unity नेपालमा १० वर्ष सम्म जनयुद्ध गरेको पार्टी तात्कालीन नेकपा–माओवादी शान्ति प्रक्रियापछि टुक्रिने क्रम जारी छ । वर्गीय मुक्तिको नारा दिने माओवादीहरु अहिले ५–६ टुक्रामा बिभाजित भएको छ । जब शान्ति प्रक्रियामा माओवादी आयो, १२ बुँदे हस्ताक्षर गरेर तब नै सूरु भयो माओवादीमा पद मोह र टुक्रा पर्न सुरु भयो । पहिले देशका निमुखा र सर्र्वहारा जनताको पक्षमा वकालत गर्ने सुत्दर सपना देखेको माओवादी अहिले आफ्नै कार्यकर्ताको चित्त बुझाउन नसक्ने अवस्थामा पुगेको छ । कम्युनिस्टमा फुट र जुटको सम्भावना बढि हुन्छ भनेर चर्चा गरिएपनि नेपालमा कम्युनिस्ट आन्दोलनले त्यो भनाईको पुष्टि गर्न सकेको छैन। फुटेको माओवादीे माओवादीहरु फुट्नाले माओवादी आन्दोलन, वर्गीय मुद्दा दिनानुदिन कमजोर बनेको माओवादीहरुले अहिले स्वयं महशुष गरेका छन् । तत्कालीन नेकपा माओवादीले, नेकपा एकता केन्दसँग एकीकरण गरेको दिनदेखि नै माओवादी विभाजन शुरु भएको थियो । नारायणकाजी श्रेष्ठको समूह माओवादीमा आएसँगै मातृकाप्रसाद यादवले एमाओवादीबाट अल्गिए ।
एमाओवादी र क्रान्तिकारी माओवादी मात्र होइन, विप्लव नेतृत्वको नेकपा माओबादीसँग पनि एकता हुनु जरुरी छ । मातृका र मणि थापाको समूहसँग पनि पार्टी एकता गर्नु माओवादी आन्दोलनको आवश्यकता हो । अझ सक्ने हो भने नेकपा मसालसँग तथा एउटै सिद्धान्त र बिचार मानेर आउने हो भने एमालेसँग पनि एकता आवश्यक छ ।
माओवादी त्यसयता बिभिन्न कारणले टुक्रिएका छन् । कोही आफैमा पार्टीको यथास्थिति सोँचको कारण क्रान्ति अगाडि बढन नसकेको भनी पार्टी बिभाजन गरेका छन् । कुनै कार्यदिशा र बिचार नमिलेको भन्दै अलग्एिका छन्, कुनै कार्यदिशा र सिद्धान्त एउटै हुँदा हँुदै कुर्सीको लोभमा विभाजित छन् । त्यो क्रम आजसम्म पनि जारी नै छ । माओवादीहरुबीच एकताको अभ्यास पहिलो संविधानसभामा पहिलो पार्टी बनेको एमाओवादी दोस्रो संविधानसभाको निर्र्वाचनमा भने बिभाजनकै कारण तेस्रो शक्तिमा चित्त बुझाउनुको बिकल्प रहेन । माओवादी मुद्दा संस्थागत नहुने भएपछि अहिले केही माओवादीबीच एकताको अभ्यास भएको छ । बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र प्रचण्ड नेतृत्वको एनेकपा माओवादीबीच एकताको प्रयासहरु सुरु भएका छन् । [caption id=\"attachment_67149\" align=\"alignleft\" width=\"200\"]\"घनश्याम घनश्याम गाैतम[/caption] माओवादी पार्टीहरु अब पनि एकता नभए माओवादी पार्टीहरु एकपछि अर्को गरी गुमनाम हुने निश्चितप्राय छ । एकीकरणको हल्ला निकै चलेको छ । तर विचार, सिद्धान्त र कार्यदिशालाई आधार बनाउने हो भने अहिले नै एकीकरण नहुने कुरा छैन। अहिले एउटा पार्टी सत्तामा छ, अर्को सडकमा । एमाओवादीले अहिले जारी भएको वा संविधानसभाले बनाएको संविधानलाई विश्वको उत्कृष्ट संविधान भन्दै आएको छ । अर्को क्रान्तिकारी माओवादीले भने यो संविधानलाई कालो संविधान मानेको छ । हजारौं जनयुद्धका सहिदहरुको सपना र बृहत शान्ति संझौतालाई आत्मसात गर्न नसकेकोे यसले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको विषयलार्य हल गर्नसक्दैन भनी संविधानसभालाई नै बहिस्कार गदै आएको छ । माओवादीहरु दुई दिशामा छन् दुबैको दृष्टिकोण भिन्न छ । यो बिषयमा गम्भीर छलफल गरी दुरगामी कार्यदिशा निर्माण गर्न सकेमा मात्र माओवादी एकता अभ्यासले सार्थकता पाउन सक्छ । पटक–पटक असफल भएको एकताको अभ्यास अब निकर्षमा पुग्नु पर्छ । अन्यथा माओवादी कमजोर मात्रै होईन, डाइनोसर लोप भएजस्तै गुमनाम हुनेछ । संविधान जारी भएलगतै नयाँ शक्तिको होडमा लागेका डा बाबुराम भट्टराई अलग्गिएकाले अझै माओवादी आन्दोलन कमजोर भएको छ । अब नयाँ कार्यदिशा बनाएर माओवादीले जनयुद्ध र जनआन्दोलनका मुद्धालाई संस्थागत गदै जारी संविधान कार्यान्यवन गर्न एक भएर जुट्नुको बिकल्प छैन। तर अहिलेझैं एक आपसमा झगडा गर्दै बस्ने हो भने माओवादी आन्दोलन संकटमा पर्नेछ । किन माओवादी फुटपछि जुटकोलागि अब त्यो पहिले किन फुट्यो भनेर संश्लेषण गरी नयाँ ढंगबाट अब नफुट्ने गरी जुट्नु र हिजो माओबवदी जनयुद्ध र जनआन्दोलनका मुद्धालाई सस्थागत गर्न जरुरी छ । सबै माओवादीबीचको एकता जरूरी माओवादीको पार्टी एकीकरण हुनु राम्रो पक्ष हो । एमाओवादी र क्रान्तिकारी माओवादी मात्र होइन, विप्लव नेतृत्वको नेकपा माओबादीसँग पनि एकता हुनु जरुरी छ । मातृका र मणि थापाको समूहसँग पनि पार्टी एकता गर्नु माओवादी आन्दोलनको आवश्यकता हो । अझ सक्ने हो भने नेकपा मसालसँग तथा एउटै सिद्धान्त र बिचार मानेर आउने हो भने एमालेसँग पनि एकता आवश्यक छ । जब यी सबै राजनीतिक शक्तिहरु जुट्नेछन् । यस अवस्थामा दुई तिहाइ बहुमतले बामपन्थीहरु विजयी हुनेछन् । यदि यो तत्काल सम्भव नभए पनि माओवादीहरु त मिल्न सक्दछन् । एमाओवादीमा पनि कयौं नेता र कार्यकर्ता परिवर्तन र क्रान्तिको पक्षमा छन् । पार्टी मिल्नुको कुनै बिकल्प छैन भनेर सबैले बहस चलाइरहेका छन् तर कुर्सीको मोह छाडेर माओवादी एकता गरेमा मात्रै माओवादीका निमुखा र सर्बहारा जनताको पक्षमा वकालत गर्ने सुत्दर सपना साकार हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending