Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

अग्रवाल बने मिस्टर नेपाल

\"Ganesh-Agrawal\"काठमाडौँ । ‘मिस्टर नेपाल २०१६’ को उपाधि कीर्तिपुर निवासी २९ वर्षीय गणेश अग्रवालले हात पारेका छन् ।उनले आइतबार राति त्रिभुवन आर्मी अफिसर्स क्लबमा ४५ युवा प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका छन् ।

निर्णायकले अन्तिम राउन्डमा अग्रवाललाई यस्तो प्रश्न राखेका थिए, ‘एउटा राजकुमारमा हुनुपर्ने गुण तपार्इंमा के छ रु’ यही प्रश्नको उत्कृष्ट जवाफ दिँदै अग्रवाल उपाधि विजेता बनेका हुन् ।

विजेता अग्रवालले रु तीन लाखसहित दुई चलचित्रमा अभिनय गर्ने अवसर पाउनाका साथै मलेसिया भ्रमणमा जान पाउनेछन् । साथै, उनले यसै वर्ष हुने ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । विजेता घोषित भएपछि उनले आफूलाई नेपाली चलचित्र क्षेत्रको सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको बताए ।

प्रतियोगितामा दीपसन भट्टराई र शशांक पोखरेल क्रमशः ‘फस्ट रनर अप’ र ‘सेकेन्ड रनर अप’ घोषित भए । दुवै विजेताले उपाधिका साथमा विभिन्न उपहारसमेत प्राप्त गरे ।

सोह्रदेखि ३५ वर्ष ननाघेका युवाको यस प्रतियोगितामा सहभागिता थियो । आधा दर्जन उपशीर्षकमा विजेता घोषित गरिएको प्रतियोगितामा मौसम कार्की बेस्ट क्याटवाक, मुकेश ज्यापु मिस्टर फिजिक्स, विकास रावल मिस्टर ट्यालेन्ट, उज्ज्वल श्रेष्ठ मिस्टर चार्मिङ, उमेश केसी मिस्टर फ्रेन्डी, कृष्ण ताम्राकार मिस्टर डिसिप्लेन, दिलीप लामा भियुर च्वाइस अवार्ड र प्रितु पन्त मिस्टर स्टाइलिस घोषित भए ।

गीत, नृत्य र हास्य प्रस्तुतिबीच सम्पन्न प्रतियोगितामा कानुनमन्त्री अग्निप्रसाद खरेल, अभिनेता धीरेन शाक्य, सरोज खनाललगायतको उपस्थिति थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending