Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बास भन्दा पहिले पानी देऊ सरकार

\"waterसाँगाचोक (सिन्धुपाल्चोक) । साँगाचोक–५ पौवाथोक की ज्ञानी गिरी जनजागृति उमाविमा कक्षा ११ मा पढ्छिन् । उनको ११ को परिक्षा पनि अब नजिकिंदै छ । तर उनले समय मिलाएर पढ्न नपाएको भने धेरै भयो । कारण हो गाउँमा पानीको समस्या । उनी खानेपानीकै लागि दिनभरि जसो गाउँ भन्दा आधा घण्टा तल रहेको अर्चले कुवामा आफ्नो पालो पर्खेर बस्छिन् । दुर्इ घण्टा पालो कुर्दा बल्ल एक गाग्री पानी पाईन्छ । बिहान पनि उनि ३ बजे उठेर पानी लिन जान्छिन् । पानी लिएर घर फर्कदा उनको विद्यालय जाने समय घर्किसकेको हुन्छ । ज्ञानी त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्तो समस्या साँगाचोक गाविसको सवैजसो ठाउँमा छ । यस गाविसमा वषौंदेखि खानेपानीको अभाव हुँदा सर्वसाधरणको दैनिकी एकदमै कष्टकर बनेको छ । वैशाख १२ र २९ को भूकम्पका कारण घर छेउ छाउको कुवा तथा पानीका मुहान सुकेकाले सर्वसाधारण घण्टौं लगाएर पानी भर्न बाध्य भएका छन् । पिउने पानीकै हाहाकार भएकोले नुहाई धुवाई गर्न तथा वस्तुलाई खुवाउन झनै समस्या भएको साँगाचोक–५ का श्रीराम गिरी बताउँछन् । घरबाट आधा घण्टा टाढा हिंडेर अर्चले कुवामा घण्टौं लगाएर लाईन बसि पानी भर्नुपर्ने बाध्यता रहेको छ । विशेषगरि विध्यालय पढ्ने वालवालिकाहरु खानेपानी जोहोकै लागि तथा सरसफाई गर्नकै लागि विध्यालय जान समेत छाड्ने गरेका छन् । वैशाख १२ को भूकम्पका कारण तहसनहस भएको आफ्नो घर समेत पानीका कारण बनाउन सक्ने अवस्थामा नरहेको स्थानीय हरिबहादुर भारतीले बताए । उनका अनुसार पौवाथोक गाउँका ८५ घरमध्ये ३५ घर परिवार खानेपानी नभएकै कारण अन्यत्र विस्थापित भइसकेका छन् । गाउँमा पानी पिउन नपाएर मर्नुभन्दा शहरमा कोठामा बसेर भएपनि दुःख सुख गरेर बाँच्न सकिन्छ भनेर भएका वस्तुभाउ समेत सस्तोमा बेचेर हिँडेका छन् । उनीहरुलाई सरकारले घरभन्दा पनि पहिले खानेपानीको व्यवस्था गरि दिए राम्रो हुने बताए । हामीलाई सरकारले घरभन्दा पनि पहिले खानेपानीको व्यवस्था गरिदिए राम्रो हुने स्थानीय शान्ता गिरीको भनाई छ । उनले भनिन्–पानी नै नभए घर कसरी बन्छ र ! खानेपानीकै त समस्या छ । साँगाचोक–४ कोटथोककी देवकी गिरीलाई भूकम्पले भन्दा पनि खानेपानीको समस्याले ज्यादा पिरोलेको बताउँछिन् । पानीकै कारण यहाँका सर्वसाधारणले न रातको निन्द्रा न दिनको भोक समेत भन्न पाएका छैनन् । पानी नभए कसरी बाँच्ने त्यसैले पानी ल्याउनलाई राती समेत सुत्न पाएको छैन साँगाचोक–७ का रामकुमार खतिवडाको भनाई छ । साँगाचोकमा खानेपानीको समस्या आजको मात्र नभएर वषौं देखिको समस्या बनेको छ । तर वैशाख १२ र २९ को भूकम्पका कारणले यस ठाउँमा खानेपानीको हाहाकार झनै चुलिएको छ । यस गाविसका प्राय सवै वडामा पानीको हाहाकार भएपनि विशेषगरि बन्देउ–चौतारा सडक दायाँ बायाँ रहेका उचाईका बस्तीमा पानी नभएर बढि समस्या भएको छ । न पानीका मुहान छन् न कतै लिन जाने ठाउँ छ । एनेकपा(माओवादी)का गाउँ पार्टी अध्यक्ष दधिराम पराजुलीले भने–भएका पानीका सवैजसो मुहान भूकम्पका कारण सुके । अब नजिकै पानीका स्रोत छैनन् । यहाँका जनताले अब पानी लिफ्ट मार्फत तानेर खानुको विकल्प छैन । लिफ्ट मार्फत पानी तान्न करोडौं बजेट लाग्ने रहेछ । स्थानीय जनताको पहुँचले सक्ने कुरा भएन । उनले भने–साँगाचोक–१ टुनिबोटेबाट पानी तान्नको लागि सर्भे समेत गरेर लागत स्टिमेट तयार गरिसकिएको छ । स्टिमेट अनुसार उक्त योजना सम्पन्न गर्नको लागि ६ करोड ११ लाख लाग्ने देखिन्छ । अध्यक्ष पराजुलीका अनुसार योजना कार्यान्वयन गर्न सकियो र त्यो पानी ल्याउन सकियो भने साँगाचोक गाविसका १ हजार ८ सय घरधुरीलाई मिटर सिस्टमबाट पानी दिन सकिन्छ । यसबाट तत्कालको लागि पानीको समस्या हल हुने थियो । तर लगानीकर्ताको अभावमा योजना अगाडि बढाउन सकिएको छैन । कुनै निकायले लगानी गरिदिए साँगाचोकबासीले जयजयकार नै गर्ने थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies