Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

राजकुमार ह्यारीलाई ग्रेटर नेपालको नक्सा उपहार

\"Greaterकाठमाडौं । नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको सन्दर्भ पारेर बेलायती महारानीको प्रतिनिधित्व गरी औपचारिक नेपाल भ्रमणमा आएका राजकुमार हयारीको ध्यानाकर्षण गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले १० बुँदे ज्ञापन पत्र र ५ x ३ आकारको ग्रेटर नेपालको नक्सा उपहार दिएको छ । आज बिहान ११ः १५ बजे लैनचौर स्थित बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ज्ञापन पत्र र ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेका छन् । ज्ञापन पत्र र नक्सा बुझ्दै एलिसनले यो उपहार राजकुमारलाई आजै उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गरिन् । डेपुटी हेड अफ मिसन एलिसनले ग्रेटर नेपालको नक्साप्रति जिज्ञासा राखेपछि मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको करिब ६० हजार वर्ग कि.मि. भूभाग बेलायतले नेपाललाई फिर्ता नगरी भारतमै छोडेर गएकोले सो भूभाग फिर्ता गर्नु बेलायतको नैतिक दायित्व भएको बताएका थिए । डेपुटी हेड अफ मिसन एलिसनले ज्ञापनपत्रमा उठाइएको विषयमा बेलायतको उच्च सरकारी तहले मात्र निर्णय दिन सक्ने बताइन् । मोर्चाद्वारा प्रस्तुत १० बुँदे ज्ञापनपत्रमा सन् १८१६ मार्च ४ मा नेपाल र बेलायतबीच सुगौली सन्धि भएको २०० वर्ष पुगेको सन्दर्भमा राजकुमार ह्यारी मार्फत बेलायतको उपनिवेशका रुपमा रहेको नेपालको भूभागको स्वाधीनताका निम्ति बेलायत पूर्ण रुपमा उत्तरदायी रहेकाले सन् १९४७ अगस्त १५ यता भारतको अधीनमा राखिएको नेपाली भूभाग नेपाललाई फिर्ता गर्न बेलायतले उपयुक्त भूमिका खेल्नुपर्ने माग गरिएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बेलायती राजकुमार ह्यारी समक्ष ग्रेटर नेपालको मुद्दा उठाउन पाउँदा यसले एउटा बलियो आधार फेला पारेको बताए । उनले भने, ‘ब्रिटिस गोर्खाले लुम्ले मार्फत गोर्खाभर्ती र ब्रिटिश गोर्खाको सेवा सुविधाका सम्बन्धमा कुरा उठाउन सघाए जस्तै हामीहरु राजकुमार ह्यारी अनुरोध गरी अघि बढ्ने छौंँ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending