Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

बालिका सम्मेलन : बालविवाह अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धता

\"IMG-20150617-WA0021-750\"काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सक्षम बालिका ः समृद्ध नेपाल’ नाराका साथ सुरु भएको नेपाल बालिका सम्मेलन २०७२ को उद्घाटन गरेकी छन् । बेलायत सरकार, संयुक्त राष्ट्रसङ्घीय बालकोष तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक तथा प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले पहिलोपटक सो सम्मेलन आयोजना गरेको हो । बेलायतमा सन् २०१४ मा सो सम्मेलन गरिएको थियो । बालविवाह अन्त्यका लागि आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल गर्न आयोजित सो सम्मेलनमा सरकारका विभिन्न मन्त्रालयका उच्च अधिकृत, दातृ निकायका प्रतिनिधि तथा कालिकोट, बैतडी, बाँके, बर्दिया, बझाङ, नवलपरासीलगायतका १५ जिल्लाका ५९ बालबालिका सहभागी छन् । तीन दिनदेखि जारी सो सम्मेलनमा बालविवाह अन्त्यका लागि नीति र कानुन कार्यान्वयन, सामाजिक कुरीति र अभ्यासको परिवर्तन, किशोरकिशोरी तथा युवाको आवाज ः किशोरकिशोरी तथा युवाको गरेको अभियान, किशोर र किशोरीसँग र उनीहरुका लागि नै कार्यशाला विषयक अलगअलग सत्रसमेत सञ्चालन भएका छन् । विश्वको प्रमुख सामाजिक समस्याका रुपमा रहेको बाल विवाहलाई सन् २०३० सम्ममा अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धतामा नेपालले समेत प्रतिबद्धता जनाएको छ । यसका लागि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले रणनीतिसमेत तयार गरी कार्यान्वयनमा ल्याएको छ । अठार वर्षमुनिका बालबालिका शारीरिक तथा मानसिकरुपमा आमा तथा श्रीमती बन्न तयार नहुने भएपनि १५ वर्षदेखि २४ उमेर समूहका १० मध्ये दुईजना महिलाको विवाह १५ वर्ष नपुग्दै हुने गर्दछ । यसैगरी २० देखि ४९ उमेर समूहका १० महिलामध्ये पाँच जनाको विवाह १८ वर्ष नपुग्दै हुने गर्दछ । नेपालको पछिल्लो कानुनले न्यूनतम उमेर महिला र पुरुषका दुवैको लागि २० वर्ष निर्धारण गरेको छ । नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, अमेरिकी प्रथम महिला मिचेल ओवामा र बाल शिक्षा अभियानकर्ता मलला युसुफ विश्वका अनुकरणीय महिला व्यक्तित्व भएको बताए । “तल्लोस्तरबाटै परिवर्तन हुन आवश्यक छ, प्रत्येक परिवार तथा समुदायमा रहिआएको महिला तथा बालिकाप्रति पूर्वाग्रह परिवर्तन नभएसम्म उनीहरुको अवसरको ढोका खुल्दैन” अमेरिकी प्रथम महिला ओबामाको भनाइ उद्धृत गर्दै उनले भने ।े नेपालमा पनि कम उमेरमा विवाह हुने अवस्थालाई अन्त्य गर्न र २० वर्षभन्दा कम उमेरमा नै बालबच्चा जन्माउने अवस्थालाई अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताए । सानै उमेरमा विवाह हुँदा उनीहरुले विद्यालयको शिक्षा नपाउने, उनीहरुको शैक्षिक चक्र समाप्त हुने र गरिबी, कमजोर स्वास्थ्य र निरीह बन्नुपर्ने भएकाले यसको अन्त्य गर्न शिक्षाबाट मात्र सम्भव रहेको दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies