किराती धर्म गुरु ओम नन्दमाथी ‘यौनदुराचारी’ र ‘जासुस’ भएको आरोप
चैत्र १० गते, २०७२ बुधवार 23rd March, 2016 Wed१५:५६:०२ मा प्रकाशित
काठमाडौं । किराती धर्म गुरु ओम नन्द ९भक्त राई० माथि यौनदुराचार गरेको , आर्थिक हिनामिना गर्ने देखि जासुसीसम्म गरेको खुलासा भएको छ ।
उनीमाथी जोडिएको एक पुस्तक प्रकाशित भएपछि किरातीहरुमाझ लोकप्रिय रहँदै आएका प्रेमवाद (हेभन्ली पाथ) का प्रवर्तक ओम नन्दको कर्तुत पर्दाफास भएको हो ।
उनको क्रियाकलापबारे लेखिएको पुस्तिका बजारमा आएपछि ओम नन्दको गलत क्रियाकलापलाई संसारभरबाट आक्रोश व्यक्त भइरहेको छ भने किराती समुदायबाट उनको भण्डाफोर हुन थालेको छ । यसै सन्दर्भमा उक्त पुस्तिका बजारमा ल्याउने भद्रगोल किरातीलाई हेभेन्ली पाथका अनुयायीहरुबाट धम्कीसमेत आउन थालेको उनको बताएका छन् ।
भद्रगोलले भने, ‘राज्यले साधारण मान्छेलाई भगवान् बनाएर नागरिकता दिन मिल्छ ? गृह प्रशासनलाई प्रश्न छ मेरो, यदि मिल्छ भने कस्ताले पाउँछन् बताउनुर्यो ।’
‘ओम नन्दलाई दरबार, प्रपन्नाचार्य र पद्मसुन्दर लावतीले चलाएको हो । माओवादी आन्दोलनको बेला ओम नन्द धर्मगुरु हो, कहीँ रोकतोक नलाउनू भनी राजपरिषद स्थायी समितिका सभापति, प्रधानमन्त्री र मन्त्रीहरुले नै कागजात दिएका थिए । उनी त्यो बेला तत्कालिन शाही सेनाको सुराकीसमेत बनेका थिए ।’
शाही सेनाको हेलिकप्टर चढ्ने ओम नन्दलाई सेनाकै संरक्षण रहेको समाचारमा उल्लेख छ ।
ओम नन्द तत्कालिन राजनीतिक संगठनसँग समेत जोडिएका थिए । पहिले उनी गोपाल किराती नेतृत्वको तत्कालिन खम्बुवान राष्ट्रिय मोर्चामा संलग्न रहेका थिए भने पछि अशोक राईको नजिक रहेर नेकपा मालेमासमेत संलग्न रहेका थिए ।
तर, उनले राजनीतिक संगठनलाई त्यागेर तत्कालिन दरबारसँग साँठगाँठ गर्न पुगेको बताइन्छ । किरात राई यायोक्खाका पूर्वअध्यक्ष तथा किराती संस्कृतिका अनुसन्धाता चतुरभक्त राईका अनुसार उनी आफ्नो धर्म प्रचारको बहानामा खोटाङ, दिक्तेलमा तत्कालिन शाही सेनाको हेलिकप्टरबाट पुगेका थिए । त्यसबेला उनलाई सेनाले सुरक्षासमेत प्रदान गरेका थिए ।
राई भन्छन्, ‘माओवादी आन्दोलनताका आर्मीको हेलिकप्टर चढेर गएको र सेनाले नै उनलाई सुरक्षा दिनुले उनी त्यसबेला धर्मको प्रचारभन्दा पनि सेनाको सुराकीका रुपमा त्यहाँ पुगेको हुनुपर्छ । उनी कहीँ न कहीँबाट परिचालित थिए र छन् भन्ने देखिन्छ ।’
उनले थपे, ‘यो किरातीहरुको धर्म, संस्कृति, परम्परालाई बिनाश गर्न राज्यले नै परिचालन गरेको हो । अरुलाई परिचालन गर्दा साम्प्रदायिक देखिने भएकाले राईको विरुद्ध राईलाई नै परिचालन गरेको हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: