Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

हिन्दु आन्दोलन चर्काइँदै, भारतबाट ५ लाख हिन्दु ल्याइने

\"hindu_aandolan\"काठमाडौं । संविधानको कृयान्वयन सुरु नहुँदै हिन्दु राष्ट्र पक्षधरहरुको अघोषित मोर्चाले भारतबाट ५ लाख हिन्दुवादी ल्याएर काठमाडौंमा आन्दोलन चर्काउने रणनीति तयार गरेका छन् । सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा महाधिवेशनबाट प्रभावशाली जीत हात पारेका भ्रष्टचारी नेता खुम बहादुर खड्काको पहल तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाको सक्रियतामा यस्तो आन्दोलन हुन लागेको हो । आन्दोलनलाई पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय अति हिन्दुवादी संस्था आरएसएसको आर्थिक सहयोग हुनेसमेत स्रोतले बतायो । नेपालमै हिन्दुवादीहरुको संख्या अत्याधिक रहेको र आन्दोलनको उठान गर्न सके सरकारले थेग्न नसक्ने र ‘हिन्दु राष्ट्र’ फर्काउन सम्भव रहेको निष्कर्षमा उनिहरु पुगेका छन् । आन्दोलनलाई प्रभावकारी बनाउन भारतबाट झण्डै ५ लाखको संख्यामा कट्टर हिन्दुवादीहरुलाई काठमाडौं छिराउने योजनामा उनिहरु छन् । उनीहरुको सम्पूर्ण खर्च व्यवस्थापन समेत गरिने र उनीहरु विरगंज, विराटनगर लगायतका ससाना आन्दोलनसँग एकाकार हुँदै काठमाडौं छिर्ने छन् । स्रोतका अनुसार आन्दोलनको नेतृत्व कसले गर्ने र कसको व्यानरमा हुने भन्नेमा भने उनीहरुको मोर्चा निष्कर्षमा पुगिसकेको छैन । कमल थापाको राप्रपा सरकारमा भएको र कांग्रेस सबैभन्दा ठुलो पार्टी हुनुको नाताले आन्दोलनको नेतृत् वगर्न नमिल्ने हुँदा उनीहरु अहिले आन्दोलनको नेतृत् वगर्न सक्ने संस्था निर्माणको योजनामा छन् । भारतीय अतिहिन्दुवादी संस्था आरएसएस केही मानिसहरु अहिले पनि काठमाडौंमा बसेर योजना बनाईरहेको स्रोत बताउँछ । ओलीको चीन भ्रमण सकिए लगत्तै आन्दोलन थाल्ने स्रोतको दावी छ । चीन भ्रमणबाट भारतको अहित हुने अवस्थामा यस्तो आन्दोलनलाई भारतीय सरकारले समेत सहयोग गर्ने अवस्था सिर्जना हुने उनीहरुको बुझाई छ । मास्टर थापा १ हप्ता बसेर फर्किए भारत बम्बईको शवि सेना सेनाका चर्चित नेता वाला ठाकरेका मुख्य सहयोगीका रुपमा काम गरेका मास्टर थापा नेपाल आएका थिए । अघिल्लो हप्ता नेपाल आएका उनले नेपालका हिन्दुवादी नेताहरुसँग आन्दोलनका बारेमा छलफल गरेको स्रोत बताउँछ । काठमाडौंमा एक व्यवसायीले होटल सारीसारी उनलाई राखेका थिए । मास्टर भारतका चर्चित अपराधि हुन् । उनी दर्जर्नौ हत्याकाण्डमा पटकपटक जेल परेका थिए । ठाकरेको छोरासँगै काममा रहेका मास्टर नेपाली नै हुन् । स्याङजामा जन्मिएका उनी लम्साल थरका हुन् । उनले नेपाल बसाईको क्रममा एभिन्युज टेलिभिजनमा अन्तर्वार्ता दिदैँ हिन्दु राष्ट्रको पक्षमा जनता उठ्न आग्रह गरेका मात्रै छैनन् एकएक हिन्दु उठ्ने समेत बताएका छन् । मास्टर थापाको अन्तर्वार्ता हेर्नुहोस्  https://www.youtube.com/watch?v=tLYqvqoUd94 यो पनि पढ्नुहोस्

‘संघीयता’ र ‘धर्म निरपेक्षता’ हटाउने अतिहिन्दुवादीको खतरनाक ‘डिजाइन’ : यसरी गरिंदैछ–मुलुक ठप्प बनाउने तयारी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies