Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

अब किसानले कृषि परिचयपत्र पाउने

\"Nepali_farmer\"नवलपरासी । जिल्ला कृषि विकास कार्यालय नवलपरासीले किसानलाई लक्षित गरी कृषि परिचयपत्र वितरण गर्ने भएको छ । यो परिचयपत्रबाट गरिब, विपन्न तथा भूमिहीन कृषि पेसा अँगालेका किसान लाभाविन्त हुने अपेक्षा गरिएको छ । परिचयपत्र पाएका किसानले आवश्यक पर्ने कृषि सामग्री तथा अन्य अनुदान सेवासुविधा सहुलियत दरमा पाउनेछन् । किसानलाई विधिवत् रुपमा परिचयपत्र दिने तयार गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । सरकारले तोकेको कृषियोग्य जमिनमा परिवारिक, सामूहिक, सामुदायिक तथा सहकारी खेती गर्ने किसानलाई कृषि उत्पादनका लागि दिइने अनुदान परिचयपत्रका आधारमा उपलब्ध गराइनेछ । अधिया कमाउनेलाई पनि स्थानीयवासीको सिफारिसमा परिचयपत्र उपलब्ध गराइने प्रमुख गैरेले बताए । परिचय पत्र लिनका लागि किसानले कृषि विकास कार्यालयमा निवेदन, लालपुर्जा, नागरिकता, गाविस सिफारिस, भाडा वा भोगचलनका लागि गरिएको सम्झौतापत्रको फोटोकपी बुझाएर मात्र परिचयपत्र पाउने कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा कुल ६ हजार जना किसानलाई परिचयपत्र वितरण गरिने कार्यालयले जनाएको छ । कर शिक्षासम्बन्धी कार्यक्रम नवलपरासीको सदरमुकाम परासीमा कर प्रणाली, आयकर, मुअकर अन्तः शुल्कलगायत अन्य करको सम्बन्धमा करदाता शिक्षा कार्यक्रम चलाइएको छ । उद्योग वाणिज्य सङ्घ तथा रामग्राम नगरपालिकाको संयुक्त आयोजना एवम् आन्तरिक राजस्व कार्यालय भैरहवाको सहयोगमा परासीमा करदाता शिक्षा कार्यक्रम चलाइएको थियो । सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि एवम् भैरहवा राजस्व कार्यालयका प्रमुख कर अधिकृत महराज कोइरालाले कुनै पनि संस्था तथा उद्योग, व्यापार–व्यवसाय आयआर्जन गर्नुभन्दा पहिला करमा दर्ता हुनुपर्ने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending