Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

नेपाल–चीन सम्झौतापछि भारतले भन्याे- चीनले नक्कल गर्याे

\"Bikash-Sworup,-Spoksperson-\"

काठमाडौं । भारतले नेपाल–भारत सम्वन्धको नक्कल अरुले गर्न नसक्ने प्रतिक्रिया दिएको छ । नेपाल र चीनबीच पहिलोपटक पारवहन समझदारी भएपछि भारतको यस्तो प्रतिक्रिया सार्बजनिक भएको हो ।

मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने, ‘खुला सीमा, जनस्तरको सम्वन्ध लगायतका कारण नेपाल र भारतको सम्वन्ध विशेष छ । नेपालसँग हाम्रो सम्वन्धको आफ्नै विशेषता छ । कसैसँग तुलना गर्न मिल्दैन ।’

नेपालले चीनसँग गरेको समझदारी र चीनसँग बढ्दो नेपालको सम्वन्धबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा स्वरुपले उक्त उत्तर दिएका हुन् । चीनले नेपाल-भारत सम्बन्धकाे नक्कल गर्न खाेजेकाे उनले टिप्पणी गरे ।

भैरहवा, सुनौली र नेपालगञ्जमा पनि संयुक्त चेकपोष्ट बन्दै गरेको, जोगबनी-विराटनगर, जयनगर-विजलपुरा, बर्दिबास रेल्वेलाइन निर्माणका क्रममा रहेको भन्दै उनले नेपालगञ्ज, काँकडभिट्टा र भैरहवामा पनि रेल्वे लाइन विस्तारको योजना रहेको उनले जानकारी गराए ।

साथै तराईमा हुलाकी सडक निर्माण भइरहेको, पेट्रोलियम पाइपलाइनको सम्झौता भएको र मुज्जफरपुर ढल्केबर ट्रान्समिसन लाइन सुरु भएको भन्दै उनले भारतसँग जस्तो अरु देशसँग नेपालको बिशेष सम्बन्ध हुनै नसक्ने जिकिर गरे ।

नेपालको दुई तिहाई अन्तराष्ट्रिय ब्यापार भारतसँग रहेको र तेस्रो मुलुकबाट हुने निर्यात ९० प्रतिशत भारतबाटै हुने गरेको उनले बताए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा सोमबार पारवहनसहित १० वटा सम्झौता भएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending