Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

फागुले एकताको सन्देश दिएको छ– प्रधानमन्त्री ओली

\"kpकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भाव, सांस्कृतिक एकता, परस्परको खुसी एवम् रङको पर्व फागु अर्थात होलीले एकताको सन्देश र संस्कृति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

फागुपूर्णिमाको अवसरमा मंगलबार शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले नेपाल आफैँमा विविधताबीच एकताको सन्देश र संस्कृति निर्माण गर्दै अगाडि बढेको मुलुक भएकाले हाम्रा धर्म, संस्कृति र पर्वले एकता, आपसी सद्भाव र सहकार्यको जगलाई सदैव सवल र सुरक्षित तुल्याउँदै आएको जनाएका छन् ।

फागुपर्वले विविधताबीचको एकता र आपसी सद्भावको सन्देश र औचित्य स्थापित गर्दै सबै क्षेत्र र समुदायका नागरिकलाई समेटेको तथा रङ्गका माध्यमबाट यो पर्वले हाम्रो समाजलाई एकताबद्ध एवं मेलमिलापयुक्त तुल्याउन दिएको सन्देश मननीय र मूल्यवान रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ– “विभिन्न जातजाति, धार्मिक मूल्य मान्यता र देशका सबै भू–भागमा बस्ने नेपालीबीच मित्रता र मेलमिलापको संस्कृति र विश्वासलाई थप सुदृढ तुल्याउन यो पर्वले सबैमा प्रेरणा प्रदान गरोस् ।”

फागुजस्ता चाडपर्व र संस्कृतिले आपसी मित्रता, सद्भाव र राष्ट्रिय एकता कायम गर्दै हामी सबै नेपालीले राष्ट्रलाई समृद्धि, एकता र सबै पक्षबाट स्थिरताको दिशामा अगाडि बढाउन प्रेरणा मिल्ने कामनासमेत प्रधानमन्त्रीले गरेका छन् ।

प्रधानमन्त्रीले टीकाका रङमार्फत अभिव्यक्त सांस्कृतिक खुसीलाई हरेक नेपालीको घर आँगनमा आर्थिक समृद्धि, सहिष्णुता र सामाजिक सद्भाव निर्माण गर्ने थप सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending