Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

चीनसँगको पारवहन सम्झौता तेस्रो विश्वका लागि नयाँ सन्देश

प्रकाश सिलवाल,

\"PM-Oli-With-Chaina-Chair-pe\"काठमाडौँ । नेपाल र छिमेकी चीनबीच पहिलोपटक भएको यातायात तथा पारवहनलगायतका सम्झौता राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको विषय बनेको छ । ती सम्झौताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय थपेको छ । भू–परिवेष्ठित नेपालको आर्थिक विकासमा सो सम्झौताले दूरगामी महत्वको प्रभाव पार्ने कूटनीतिक मामिलाका जानकार तथा विज्ञको धारणा छ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी लि खछ्याङको उपस्थितिमा सोमबार बेइजिङमा पारवहनलगायत १० बुँदे सहमति भएको थियो । नेपालमा संविधान जारीपछि भारतले अघोषित नाकाबन्दी गरी पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता उत्पन्न भएको स्थितिमा चीनसँगको सो सम्झौताको दीर्घकालीन महत्व हुन सक्नेछ । भारतलाई देखाउनका लागिमात्र सो सम्झौता गरिएको भन्ने प्रकारले लिन नहुने र सो सम्झौता हुँदैमा भारतसँग सम्बन्ध बिग्रन्छ कि भनेर चिन्ता लिनुपर्ने अवस्था पनि नरहेको विज्ञको भनाइ छ । नेपालमा चीन वा भारत कुनै पक्ष हाबी नहुने र दुवै देशको सहयोग लिएर यहाँको आर्थिक विकास गर्नु वर्तमानको आवश्यकता भन्दै विज्ञहरुले त्रिपक्षीय साझेदारीका विषयमा नेपालले पहल गर्नुपर्नेमा जोड दिए । सो सम्झौताको कार्यान्वयन र नेपालले लाभ लिनका लागि चीनसँग जोडिएका नाका सञ्चालन हुनुका साथै सडक मार्गलाई अन्तर्राष्ट्रिय कार्गो आउन सक्ने गरी स्तरोन्नति र रेलमार्गको विस्तारमा प्राथमिकता दिन उनीहरुको सुझाव छ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भन्छन् – “भू–परिवेष्ठित नेपालका लागि चीनसँग भएको पारवहन सम्झौताको दुरगामी महत्व छ । एउटा देशको निगाहमा बस्नुपर्ने स्थितिको अन्त्य भएको छ । वास्तवमा यो नयाँ अध्याय सुरु भएको छ । हामीले अब चिनियाँ बन्दरगाहको प्रयोग गर्न पाउछौँ । तेस्रो मुलुकसँग व्यापार आदानप्रदान र समुद्रसँग जाने आउने गर्न सक्छौँ।” श्रेष्ठले तेस्रो मुलुकसँगको पारवहनका लागि चीनसँग भएको सम्झौताले मध्यएसिया, पाकिस्तानको सिमाना, म्यानमारबाट पनि ढुवानीका लागि बाटो खोलेको टिप्पणी पनि गरे । पछिल्ला समयमा भारत र चीनको सम्बन्ध सुध्रिरहेको छ । चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा स्मार्ट सिटी बनाउन चीनको महत्वपूर्ण सहयोग छ । भारतले पनि काठमाडौँसम्म रेल ल्याउने प्रस्ताव गरेको छ भने चीनले सिगात्से हुँदै रेलमार्ग जोड्दैछ । नेपालको बाटो भएर पनि ती देशबीच व्यापार बढाउन दुवै देश तयार भएका सन्दर्भमा चीनसँगको पारवहन सम्झौता नेपाल, भारत र चीनका लागि दूरगामी महत्वको भएको उनको तर्क छ । परराष्ट्र मामिलाका जानकार तथा नेकपा एमालेका सांसद डा राजन भट्टराई प्रधानमन्त्री ओलीको चीन भ्रमण अत्यन्त सफल भएको जनाउँदै यसले कूटनीतिक सम्बन्ध स्थापना भएयताको दुई देशको आर्थिक र पूर्वाधार विकासमा सकारात्मक रहेको बताउछन् । उनले इन्धन आयात, सीमापार नाकाबारे संयुक्त वक्तव्यमा उल्लेख हुने बताउँदै डा भट्टराईले भने – “इन्धन भनेको राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय हो । हामीले विगत छ महिनाअघि जे भोग्याँै, त्यस्तो समस्या नहोस् भनेर विकल्प पनि खोज्नु अन्यथा होइन । यो कुनै अर्को मुलुकका विरुद्ध गरिएको सम्झौता होइन ।” परराष्ट्रविद् डा दिनेश भट्टराई पारवहन सम्झौता मुलुकको दीर्घकालीन हितमा रहेको बताउछन् । उनले भने – “सडक मार्गको लामो दूरीका कारण तुरुन्त फाइदा उठाउन भने सक्दैनौँ । त्यस अर्थमा हामीले व्यापार गर्दा तुलनात्मक लाभका आधारमा नाफा हेर्नुपर्छ ।’’ भारतसँगको इन्धन आयातमा केही समस्या परेको तोडमा चीनसँग पारवहन सम्झौता भएको भन्ने देखाउनु नहुने बताउँदै उनी भन्छन् , ‘‘यसलाई सामान्य र नियमित रुपमा हुनुपर्ने गरी लिनुपर्ने हुन्छ ।’’ प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणका सन्दर्भमा यथार्थभन्दा बढी प्रचारबाजी गर्न खोजियो भट्टराईले भन्नुभयो, ‘‘संयुक्त विज्ञप्ति नआई अहिले सबै प्रतिक्रिया दिनु उपर्युक्त हुँदैन । हामी सिम्बोलिक भयौँ, सब्स्ट्यान्सिफ हुन सक्नुपर्छ ।” एमाओवादीका विदेश विभाग सदस्य युवराज चौलागार्इंले चीनसँगको सहमतिले नेपालको परराष्ट्र सम्बन्ध र आर्थिक विकासमा नीतिगत रुपान्तरण भएको बताए । उनको प्रतिक्रिया छ– “इन्धन सम्झौता र रेशम मार्गबारे थप विषय उठाउन सकिएको भए भ्रमण अझ सफल हुने थियो ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending