Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

युवाले गरे खेलकुदलाई जग्गा दान

धनकुटा । राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन क्षेत्र स्तरीय क्षेत्रमा खेलकुद गतिविधि सुस्ताएको भन्दै सबै निर्वाचन क्षेत्रमा स्थानीय युवा क्लबको सक्रियतामा खेलमैदान निर्माण गर्ने निर्णय गरेको छ । सो कार्यक्रम अन्तर्गत धनकुटाको २ नम्बर निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण हुने भएको छ । खेलमैदान निर्माण हुने भनेपछि स्थानीयबासीमा उत्साह छाएको छ भने खेलाडीमा खुसियाली छाएको छ । उक्त खेलमैदान निर्माणको जिम्मा पाएको धनकुटा नगरपालिका १२ को लोकप्रिय युवा क्लबले जग्गा खोजी कार्य सुरु गरिसकेको थियो । तर, भनेजस्तो जग्गा कतै फेला पार्न सकेको थिएन । जग्गाको अभावले खेलमैदान नबन्ने हो कि भन्ने चिन्ता छाएको बेला भेटिए खेलप्रेमी ३४ वर्षीय घनश्याम थापा । धनकुटा नगरपालिका वडा नं। १२ भीरगाँउ निवासी थापा सानैदेखि खेलमैदान अभावले खेलकुदको विकास नभएको बताउँदै आएका थिए । कतैबाट जग्गा नजुटेको बेला थापाले आफ्नो नाममा भएको पाँच रोपनी जग्गा लोकप्रिय युवा क्लब मार्फत वडा खेलकुद विकास समितिलाई प्रदान गरेका छन् । उनले प्रदान गरेको जग्गाको मूल्य १२ लाख रुपैयाँ बराबरको छ । आफूले दान गरेको जग्गामा सुविधायुक्त खेलमैदान निर्माण भएको देख्न चाहेको थापाले बताए । जग्गा पाउने सम्बन्धित पक्षबाट आफूले केही नपाए पनि भविष्यमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने र राम्रा खेलाडी उत्पादन हुने विश्वस्त भएर जग्गा प्रदान गरेको हुँ , उनी भन्छन – ‘मैले दिएको जग्गामा खेलमैदान निर्माण भए फुटबल मात्र नभएर भलिबल, उस्सु लगायतका अन्य खेललाई सहयोग पुग्छ ।’ बर्षा याममा जताततै बाली हुने र हिउँदमा खाली भएको जग्गामा अलि ठूलो टार खोजेर आफूहरूले वर्षमा करिब एक महिना मात्र खेल खेल्नुपरेको बाध्यता थापाले सम्झिरहेको बताए । स्थानीय युवाले खेल नै खेल्न नपाएर आफ्नो ठाउँबाट खेलाडी उत्पादन नभएको देखेपछि आफूले जग्गा दिएको थापाले बताए । राज्यले खेलकुद क्षेत्रमा लगानी नगरेको र यही गरिहाले पनि एकदमै न्यून रहेकाले खेलकुद क्षेत्रको विकास नभएको उनको भनाइ छ । यता उक्त क्षेत्रमा खेलमैदान निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समितिमार्फत पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकममा जनश्रमदान मार्फत ३० प्रतिशत अर्थात एक लाख ५० हजार रुपैयाँ स्थानीयवासी लगानी गर्नुपर्ने भएको छ । जनश्रमदान बापतको रकम संकलन भइरहेकाले अब करिब एक महिनाभित्रमा खेलमैदान निर्माण कार्य सुरु हुने धनकुटा नगरपालिका वडा नं  १२ का वडा खेलकुद विकास समिति अध्यक्ष उत्तरजंग राईले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending