Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेपालमै ठुलो खानी भेटिएपछि भूगर्भविद् उत्साहित

\"geographical\"कावासोती। नवलपरासीको धौवादी–३ पोखरीमा फलाम खानीको उत्खननमा खटिएका भूगर्भविद्को टोली उत्साहित भएका छन् । नेपालमै ठूलो फलाम खानी भेटिएकामा उनीहरु उत्साहित भएका हुन् । ‘यति ठूलो क्षेत्रमा फलाम खानी भेटिएको छ त्यसमा काम गर्दा हामीलाई उत्साह भएको छ । भूगर्भविद् नारायण बाँस्कोटाले भने – ‘यो काम गर्दा उत्साह थपिँदा दिन बितेको पत्तै भएको छैन । ’ गत फागुन २७ गतेदेखि पाँच जनाको समूहमा आएको यो टोलीले पोखरी क्षेत्रमा विस्तृत अध्ययन गरेको छ । पाँच वर्ष अगाडि कोइला खानीको सम्भाव्यता अध्ययन गर्न आएको खानी तथा भूगर्भ विभागको टोलीले यस ठाउँमा फलाम खानी भएको पत्ता लगाएको थियो । विस्तृत अध्ययन टोलीले च्यानल सेम्पलिङ, टोवो जियोलोजिकल सर्वे, डिर्लिङ लगायत काम गरिरहेको टोली प्रमुख नरेन्द्र महर्जनले बताए । एक महिना यस क्षेत्रमा उनीहरुले काम गर्नेछन् । उनीहरुको काम हेर्न खानी तथा भूगर्भ विभागका महानिर्देश सर्वजित महतो पनि आइसकेका छन् । पूर्व पश्चिम राजमार्गको ९ किमी उत्तर झ्यालवास बजार पुगेपछि त्यहाँबाट १३ किमी उत्तर पहाडमा खानी क्षेत्र पर्छ । च्यानल सेम्पलिङमा ५८ प्रतिशतसम्म हेमटाइड वेर ९फलाम निकाल्ने तत्व० भेटिएको टोली प्रमुख महर्जनले बताए । साठी प्रतिशत हेमटाइड वेर उत्तम र ३० देखि ६० प्रतिशतसम्मको मध्यमखालको मानिन्छ । ‘यहाँ मध्यम पनि धेरै राम्रो खालको छ’ उनले भने । यहाँ च्यानल ग्याप भएको छैन, बाहिर मात्रै होइन भित्रसम्म छ ।’ पूर्वमा धौवादी, पश्चिममा देउरालीको नाम्जाकोट, दक्षिणमा रुम्सी र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानीको क्षेत्र फैलिएको तथ्य भेटिएको बाँस्कोटाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending