Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पिठो पिस्न एक बास बस्नुपर्ने बाध्यता

\"ghatta\"जुम्ला । कर्णालीको ग्रामीण बस्तीका अधिकांश महिलाले यहाँको परम्परागत घट्टमा एक बास बसेरमात्र पिठो पिस्न पाउँछन् । कर्णालीमा उत्पादित रैथाने बाली जौ, गहुँ, कोदो, मकैको पिठो पिस्न एक बास बस्नै पर्ने बाध्यता विद्यमान छ, उनीहरुलाई । परम्परागत घट्टमा अन्न पिस्दा घन्टौँको समय लाग्ने र त्यसका लागि घन्टौं कुर्नैपर्ने भएकाले एक बास बस्नुपरेको मालिकाठाँटा–२ जुम्लाकोट गाउँका तिलसरी बस्नेतले बताए । गाउँमा पिठो पिस्नेको सङ्ख्या बढी र घट्ट सङ्ख्या कम एवम् समय बढी लाग्ने भएकाले एक बास बसेर पिठो पिस्ने गरेको उनको भनाइ छ । यसरी पटक पटकको घट्टबास अधिकांश समय बस्नु पर्ने भएकाले महिला असुरक्षित हुने गरेको कुडारी–४ जुम्लाका सविना शाहीले जानकारी दिए । धेरै पटक महिलाको अस्मिता र गरगहना लुटिएका छन् र स्वास्थ्यमा पनि त्यस्तै खराबी आउने गरेको छ, उनले दुःख प्रकट गर्दै भने । यसबाट हुने महिला हिंसाको बारेमा भने कसैले कुरा बाहिर नल्याएको स्थानीय महिला अगुवा धनसरा सार्कीले बतइन । यो समस्या जुम्लाका मालिकाठाँटा, ताम्ती, कुडारी, घोडेमहादेव, कालिकाखेतु, महावैपातरखोला, बड्की, शनिगाउँ, नराकोट, पाण्डवगुफा, विराट, मालिकावोता, कनकासुन्दरी, बुम्रमाडीचौर, छुमचौर, पातारासी, गुठीचौर, डिल्लीचौरलगायतका गाविससहित नगरपालिकामा अहिले पनि यथावत नै छ । यो वास्तविक समस्या हो तथापि यसको समाधानका विषयमा सरोकारवाला नै ध्यान नदिएको गैरसरकारी संस्था महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बताउँछन् । उनका अनुसार पछिल्ले चरमा आएको आधुनिक घट्ट निर्माण कार्यले एकाध गाविसका जनतामा सहजता मिलेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: