Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

कमरेड आजभोलि होली खेल्नु हुन्छ !

होली भोली हो । तर कमरेडलाई आजै होली लागेको छ । जर्मन दार्शनिक कार्ल माक्र्सले धर्म अफिम हो भनेको १६८ वर्ष वितिसकेको छ । तर नेपालका कम्युनिस्टहरुले त्यही अफिमलाई घट्घटी पिएको देख्दा पंतिकारलाई ताजुक लागेको छ । नेपालका कम्युनिस्टहरुले आजसम्म चार्डपर्व सम्बन्धि कुनै दृष्टिकोण बनाउन सकेको देखिदैन । ६ दशक पार गरिसक्दापनि चार्ड पर्व सम्बन्धि कुनै ठोस अडान छैन । भाषण र दस्तावेजमा धर्म अफिम हो भने पनि व्यवहारमा कम्युनिस्टहरु सधै असफल हुने गरेका छन् । होली पर्वको विषयमा धार्मिक ग्रन्थमा जे जस्तो ब्याख्या र कथा कहानी भएपनि यो मुलतः सिन्धुघाटीको सभ्यताबाट आर्यहरुले आफूभन्दा निर्धाहरुलाई शासन गर्न विकास गरेका एउटा मिठो कहानी मात्रै हो । पश्चिमा मुलुकहरुमा पोप धर्म गुरुहरु भए जस्तै दक्षिण एसियामा आर्यहरुले वेद र पुराणहरुको विकास गरेका थिए । पश्चिमा मुलुकहरुमा प्राचीनकालमा दुई थरी सत्ता दिए । एउटा थियो राजनैतिक सत्ता जसको नेतृत्व सम्राटहरुले गर्थे । अर्को थियो धार्मिक सत्ता जसको नेतृत्व पोपहरुले गर्थे । कालान्तरमा राजनैतिक सत्ता शक्तिशाली हुँदै गयो र भगवानसँग सिधा वार्तालाप गर्ने धर्मभिरुहरुको सत्ता कमजोर हुन पुग्यो । कमजोर यस अर्थमा कि धर्म मानिसको नसा नसामा सामाजिक व्यवहार चालचलनका रुपमा गडिसकेको थियो । सजिलै धर्मको नामबाट शासन गर्न शासकहरु सक्ने भइसकेका थिए । राजनैतिक सत्तामा टिकाउने बलियो हतियार धर्म भईसकेको थियो । त्यस्तै पुर्वमा पनि हिन्दुहरुले मानिसलाई दास बनाएर आफूबाट पराजित जातिलाई वर्णको आधारमा विभेद गरि शासन बलियो बनाएका थिए । माथिको प्रसङ्ग उल्लेख गरिसकेपछि हजारौं वर्षपछि पनि उक्त धार्मिक अफिम दक्षिण एसियामा कसरी व्यक्त भएको छ भन्ने प्रसंग उल्लेख गर्न सार्दभिक देखिन्छ । वरिष्ट पत्रकार तथा राजनैतिक विश्लेषक आनन्द स्वरुप वर्माले केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा १६ जुलाई २०११ मा मुम्बईबाट प्रकाशित पत्रिका ‘डिएन्ए’मा सुब्रमन्यम स्वामीले लेखेको एउटा लेखलाई उद्धृत गर्दै भारतलाई अगाडि बढाउन सुब्रमन्यम स्वामीले लेखेको लेखका बारेमा उनले बताएका थिए । सुब्रमन्यम स्वामीले भारतलाई अघि बढाउने एजेन्डाका बारेमा लेखेका थिए । १. काँसी विश्वनाथ मन्दिरबाट मस्जितलाई हटाउ र देशका अन्य ३०० मस्जितहरु जो मन्दिरको छेउमा छन् तीनलाई नष्ट गर । २.संस्कृत शिक्षा र ‘बन्दे मा तरम’ सबैलाई अनिवार्य गर ३. सम्पूर्ण भारतलाई हिन्दु राज्य घोषणा गर, गैर हिन्दुहरुलाई भोट दिनेसम्मको अधिकार नदेउ, गैर हिन्दुहरुलाई तबमात्र भोट दिने अधिकार देउ जब उसले गर्वका साथ स्विकार गर्ने छ की हाम्रो पूर्वज हिन्दु थियो । ४. भारतको नाममाथि पुर्नपरिभाषित गर र त्यसलाई हिन्दुस्तान नाम देउ, ५. भारतमा जतिपनि गैर भारतीय बंगलादेशीहरु छन् तिनीहरुको जनसंख्याका अनुमानमा त्यही नै भूगोल बंगलादेशको कब्जा गर । भारतलाई अघि बढाउने विषयमा भारतका एकजना विद्धान सुब्रमन्यम स्वामीको भनाई हो यो । २०१५ मा आईपुग्दा मोदी सरकारको सत्तारोहण र नेपालमा नाकाबन्दी हुनु। केपी ओलीलाई हिन्दु राष्ट्र घोषणा गर भनेर मोदीले भन्नु । १३ औं महाधिवेशनबाट कांग्रेसमा हिन्दुवादी र संघियता विरोधी नेताहरु उदाउनु । कमल थापा लगाएका नेताहरुले संविधान बन्नु अघि हिन्दु राष्ट्रकालागि गरेका संघर्षहरु, यी सबै दृष्यहरु जो कोहीका लागि गम्भीर बनाउने प्रकृतिका छन् । धर्मको नामबाट नेपालमा के कसरी शोषण भएको छ ? यसको बारेमा छुट्टै बहस आवश्यक छ । तर यति चाँही भन्नै पर्छ की हिन्दु धर्मको चपेटामा परी नेपालमा शताब्दी औं पछाडि पारिएका समुदाय मध्ये एक हो आजको दलित । जनजाति माथि थोपरिएका हिन्दु धर्मका अस्त्रहरु कम खतरनाक थिएनन् र छैनन् । स्मरण रहोस्, ती ४० लाख दलितहरुले मानिस भएर बाँच्न पाएको दिन मात्र नेपाल साँच्चै विकासको गतिमा अघि बढ्ने छ । यी सव दृष्टान्तहरु उल्लेख गरिसकेपछि आजको माक्र्सवादी विचार अंगाल्ने कम्युनिस्ट नेता कार्यकर्ताले होली खेल्नुपर्ने हो वा होइन ? स्वतः प्रष्ट हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending