Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उत्तर कोरियाले प्रहार गर्यो अर्को शक्तिशाली क्षेप्यास्त्र

\"Capture\"एजेन्सी । उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि फेरि बिहिबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । बिहीबार बिहानै गरिएको यस्तो क्षेप्यास्त्र मध्यम दुरीको भएको बताइएको छ । यस क्षेप्यास्त्र समुद्रमा खस्नुभन्दा अघि कम्तीमा पनि ८०० किलोमीटर लामो यात्रा गरेको थियो । योनहाप समाचार समितिले दिएको जानकारीअनुसार सो क्षेप्यास्त्र बिहीबार उत्तर कोरियाको पूर्वी भूभागलाई लक्ष्य गरेर गरिएको थियो र मध्यमदुरीको यात्रापछि सो क्षेप्यास्त्र पानीमा खसेको थियो । तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । यस अगावै बुधबारै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गरेको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।\"kim अमेरिकी विदेशमन्त्री केरीले यसका विरुद्धमा अमेरिका र उसका सहयोगी राष्ट्रहरु लागिपरेको भन्दै उत्तरलाई दबाब दिने काम नरोकिने र दक्षिण कोरिया, अमेरिका र जापानको संयुक्त सहकार्य जारी नै रहेको पनि बताए गत दुई हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । उक्त नाकाबन्दीपछि पनि उत्तर कोरियाले थप शक्तिशाली आणविक परीक्षण गर्ने चेतावानी दिएको थियो । लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् । सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोरियाले त्यसको व्यापक मात्रामा विरोध गरेको छ । साथै उसले आफूलाई आणविक परीक्षण गर्ने कामबाट कसैले पनि रोक्न नसक्ने चेतावानी दिदै आएको छ । ह्वाइटहाउसले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा अमेरिकाले लगाएको यो पछिल्लो नाकाबन्दीले उत्तर कोरियाको ऊर्जा, खानी क्षेत्र एवम् वित्तीय क्षेत्रमा पनि नकारात्मक असर पार्नेछ । बैंकिङ तथा वित्तीय क्षेत्रमा पनि यसको असर पर्ने एक अर्को समाचारमा बताइएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाद्वारा पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणका क्रियाकलापहरु अमेरिकाले नजिकबाट नियालीरहेको जनाएका छन् । उनले उत्तर कोरियाले उत्तेजक मात्रामा आफ्ना क्रियाकलामहरु अघि बढाइरहेको भन्दै यसले उसलाई कुनै पनि हालतमा फाइदा नपु¥याउने धारणा बताए । उनले क्षेप्यास्त्र परीक्षणको काम तत्कालै रोक्न र संयमता अपनाउन अमेरिकाले बारम्बर गर्ने गरेको आग्रहको उत्तर कोरियाले बेवास्ता गर्ने गरेको पनि बताए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको सूचना जारी गरेको भोलिपल्ट उनको यो भनाइ आएको हो । रासस /एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending