Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

धुर्मुसले भने - सानाे सहयोगले बाग्लुङका शालिकरामको मुहार खुशि देखियाे

\"Dhurmus काठमाडौ । साँझ पर्नै लाग्दा बागलुङ बिहुँ १ का शालिकराम कँडेल, कार्यालयमा आईपुगे । निकै उज्यालो अनुहारमा उनको खुशिमन प्रस्ट देखिन्थ्यो । बुवा समान वृद्ध उनले दमदारका साथ आफ्नो परिचय दिए । त्यसपछि बल्ल चिन्यौँ । बिहान भेट्न मन गर्ने मान्छे उनी नै रहेछन् । शालिकरामका सालाले बिहानै फोन गरेका थिए । आफ्नो भिनाजु हामीलाई नै भेट्न बाग्लुङदेखि आएको सुनाएका थिए । अमेरिकाबाट सामाजीक कामकोलागि छोराले पठाएको सानो उपहार पु¥याउन उनी काठमाण्डौँ आएका रहेछन् । उपहार सानो छ तर मलाई निकै भारी भइरहेको छ । जति सक्दो छिटो त्यो भारी बिसाउन चाहान्छु, काठमाण्डौँ आउने बित्तिकै उनले सालासँग भन्दा रहेछन् । भूकम्प गयो । शालिकराम र उहाँको छोराजस्ता धेरै सहयोगीहातहरुको साथपाइयो । सहयोगको याचनामा रहेका केहि प्रभावितहरुको घाउमा मल्हम पट्टी गर्न सकियो । अहिले हाम्रो दैनिकी नै कलाकारीता भन्दा बढी गरिब, असाहय र प्रभावितहरुको सेवामा बितिरहेको छ । स्वच्छ र पवित्रमनले व्यक्तिगत स्वार्थ त्यागेर देशलाई राम्रो बनाउने अभियानका साथ सकारात्मक सोच लिएर हामी दम्पत्ती रातदिन नभनी लागि परिरहेका छौँ । यस्तै विश्वास र साथ रहिरहेमा हामी देशका लागि नमुना काम गरेर देखाउने छौँ । यसो भनीरहँदा शालिकरामले हामीप्रतिको विश्वासको पोको फुकाए । श्रद्धाले शिर झुकाए ।हाम्रो मन प्रफुल्लभयो ।सामाजीक परिर्वतनकालागि गरेको संर्घष सार्थक हुने विश्वास बलीयो बन्यो । शालिकरामले भावुकहुँदै भने,छोरो अमेरिका पुग्यो । तर, मलाई काठमाण्डौँ पनिनौलो छ । एक्लै आए हराउँछुकी झैँ लाग्छ । बैंकबाटै त्यो उपहार पठाउँदा निहुन्थ्यो । बैंकबाट पठाउँदा न तपाईँहरुसँग भेट हुन्छ, न त मनको कुरा भन्न नै पाईन्छ । त्यसैले ढिलो त निकै ढिलो भयो । तै पनि छोराले पठाएको सानो उपहार तपाईँहरुको हातमा दिनपाउँदा निकै खुशि र हलुका महशुस भएको छ, उनले मन खोलेरै बेली बिस्तार सुनाए । भूकम्पले गरेको क्षतिले अमेरिकाको क्यालीफोर्नीयामा रहेको छोरो बाबुराम कडेलको मन पनिचिरिएछ । सकेको थोरै सहयोग गर्ने निर्णयमा पुगेछन् । केहि साथीभाईले पनि उनलाई साथ दिएछन् । भूकम्प पिडितको लागिभनेर उनीहरुले एक लाख एक हजार रुपैँया नेपाल पठाएछन् । पैसा मेरो हातसम्म आईपुग्यो । तर, म बुढाले कहा गएर पिडित पहिचान गरेर सहयोग बाँडौँ ? त्यहि बेला तपाईँहरुले भूकम्प पिडितको लागि बस्ती बनाउनु भएको रहेछ । जाडोमा न्यानो बाँड्न गाउँगाउँपुग्नु भएछ । छोरो बाबुरामलाई तपाईँ प्रति सरकारको भन्दा बढी विश्वास जागेछ । धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेमा यो पैसाको सहि सदुपयोग हुन्छ भन्ने सोचेछ । त्यहिभएर म तपाईँहरुको सम्र्पकमा आएको करिब १५ मिनेटको बसाईमा उनले यी कुरा बताए । उहाँहरुको विश्वासले उत्साह थप्यो । उहाँ जस्तै धेरै विश्वासीला सहयोगी हातहरुकै कारण हामी निरन्तर यो अभियानमा छौँ ।लाखौँ सहयोगी हातहरुको विश्वासलाई कहिल्यै नतोड्ने हाम्रो अठोट अझै बलियो बनेको छ । रकमथोरै भएपनि कसैका लागियहि रकम निकै ठूलो बन्न सक्छ । त्यस्ताव्यक्ति र समाजको खोजी गरेर तपाईँहरुले गर्नुभएको विश्वास हामी पुरा गर्ने छौँ । हामीले यसो भनिरहँदा ६० वर्ष नाघिसकेका शालिकराम कडेँलको चाउरीएको गालामा मुस्कान देखियो । कसैलाई सहयोग गर्न पाउँदाको खुशि र उत्साहालाई हामीले उनको अनुहारमा देखिरहेका थियौँ । किनकी अरुलाई दिन पाउँदाको खुशि र आनन्दलिन पाउँदाको भन्दा दोब्बर हुन्छ । हिँड्ने बेलामा शालिकरामले आफ्नो टाउको हलुकाभएको बताए । अंकमाल गरे । देशका र समाजकालागि बाचुञ्जेल यस्तै काममा सक्रिय रहनु भन्दै आर्शिवाद दिए ।यस्तै आर्शिवादले होलाहामीहरुलाई समाज सेवाप्रति एकोहोरो बनाएको । चाहेत्यो सरसफाई अभियान होस् या देशलाई बालमैत्री बनाउने अभियान नै किन नहोस् । हामी निरन्तर खटिरहेका छौँ र भविष्यमापनि खट्नेछौँ । यस्तै उत्साह र सहयोगी साथ र विश्वासका कारण नै एकिकृत बस्ती बन्न सफल भएको हो । भूकम्प पिडितलाई राहात बाँड्न गाउँगाउँ पुग्न सकिएको हो । हामीप्रतिको विश्वास अझै बढ्दै गएको पाएका छौँ । त्यो विश्वास र साथलाई संगालेर हामी अर्को नयाँ एकिकृत बस्ती बसाउने योजनामा छौँ । समाजमा सक्दो परिर्वतन ल्याउनमा कटिबद्ध छौँ । आम नेपालीको विश्वासको सहि सदुपयोग गर्न तत्पर छौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies