Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

खुमबहादुरको जितले कमल थापाको राजनीति संकटमा

\"khum काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का लोकप्रिय नेता बन्न पुगेका छन् । खुमबहादुरसँगै उनको एउटा बलियो समूह पनि केन्द्रीय समितिमा पुगेको छ । भ्रष्टाचार आरोपमा एक वर्ष जेल सजायँ पूरा गरेपछि खड्का कानूनी रुपमा चुनावसमेत लड्न पाउँदैनन् । त्यसैले जेलबाट निश्किएपछि उनले पार्टीभित्रै हिन्दु अभियान चलाएर आफ्नो राजनीतिक पोजिसन स्थापना गर्ने प्रयास गरे । नेपाली काग्रेसकै ब्यानरमा उनले एक वर्षअघि कार्तिकमा ‘सनातन हिन्दु राष्ट्र स्थापना महाअभियान’ घोषणा गरेका थिए । उनीसँगै शंकर भण्डारी, पुष्पा भुसाल, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, लक्ष्मण घिमिरे, देवेन्द्रराज कण्डेल, लोकेश ढकाल, हरिबोल भट्टराई, बुद्धिराम भण्डारी, सुशीला चौधरी लगायत हिन्दु राष्ट्र स्थापना महाअभियानमा खुलेरै लागे । कांग्रेसको १३ औं महाधिवेशनबाट हिन्दु राष्ट्र स्थापना अभियानका नायके खड्का लोकप्रिय मत प्राप्त गरी विजयी भए भने उनीसँगै खुलेरै महाअभियानमा लागेकामध्ये शंकर भण्डारी, पुष्पा भुसाल, पार्वती बीसी चौधरी, अजयकुमार चौरसिया, मोहन बस्नेत, देवेन्द्रराज कण्डेल निर्वाचित भए । खड्कासँग खुलेर नलागे पनि उनको अभियानलाई भित्रभित्रै साथ दिएका अन्य थुप्रै नेताहरु ६४ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । देउवालाई जिताउँन आफै सडकमा नारा लगाएका खुमबहादुरको केन्द्रीय समितिमा राम्रै पडक बनेकाले मनोनिततर्फ पनि आफ्नालाई मनोनितका लागि हरदम प्रयास गर्नेछन् भने गणतन्त्र र संघीयतामै पुनर्विचार गर्नुपर्ने धारणा राख्ने बीपीपुत्र डा.शशांक कोइरालाको महामन्त्रीमा भएको जितले खड्कालाई बल मिलेको छ । पछिल्लो समय सनानत हिन्दु राष्ट्रकै नाराले कमल थापा नेतृत्वको राप्रपा नेपाल संसदमा चौंथो पार्टी बन्न पुग्यो । नेपाली कांग्रेसमा हावी हुँदै गएका खुमबहादुरको एजेण्डा नै कांग्रेसले बोक्न थाल्यो भने थापाको राजनीति पनि ओझेलमा पर्ने देखिएको छ । हिन्दु राष्ट्रको एजेण्डा बोकेरै पार्टीमा आफ्नो पोजिसन बनाएका खुमबहादुरले एक पटक झापामा भएको कार्यक्रममा आफ्नो महाअभियानलाई अवरोध गर्नेहरुको हात काटिदिनेसमेत चेतावनी दिएका थिए । हिन्दु राष्ट्रको एजेण्डामा निकै कट्टर देखिएका खड्काले पार्टीमा आफ्नो एजेण्डालाई पास गराउने सम्भावना पनि उत्तिकै बढेको छ । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी राप्रपा नेपाल भने यतिबेला राप्रपासँग एकताको प्रयासमा छ । दुई राप्रपा एकताका सम्बन्धमा साझा धारणा बनाउन समिति नै गठन गरिएको छ । तर हिन्दु राष्ट्रको एजेण्डा नबोकेको सुधारिएको राप्रपासँग थापाको विलय हुने कि कांग्रेसमा भन्ने बहस आवश्यक छ । यो पनि पढ्नुस् सार्वजनिक पद धारण गर्न नमिल्ने खुमबहादुर कांग्रेसको ‘लोकप्रिय’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending