Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सरकार विरुद्ध ३३ लाख जनता ब्रजीलको सडकमा

\"anti-corruption-march\"रियो डि जेनेरो । देशले भोग्नु परेको अप्रत्यासित आर्थिक मन्दी र भ्रष्टाचारविरुद्ध करिब ३३ लाख जनताले गत आइतबार सडकमा उत्रिई ब्राजिलभरी प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा ब्राजिलका दुई सयभन्दा बढी सहरमा हजारौँ व्यक्ति एकत्रित भै देशको झण्डा तथा ‘दिल्मा सरकार शासन छोड् – पीटी पार्टी सत्ता छोड्’ जस्ता नारा लेखिएको प्लेकार्ड, ब्यानर र बेलून हातहातमा लिई पैदल यात्रा गरेका छन् । ब्राजिलको राष्ट्रिय झण्डाको परिचायक रङ्ग पहेँलो र हरियो रङ्गको एकनासको लुगा लगाएका सबै प्रदर्शनकारीले दिल्मा रुसेफको राजीनामा र उनकै पार्टीका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको गिरफ्तारीको मागसमेत गरेका छन् । साओ पाउलो, रियो डि जेनेरो र ब्राजिलियाका जनताले यसअघि यतिको विशाल विरोध प्रदर्शन देखेका थिएनन् । ब्राजिलको सबभन्दा ठूलो महानगर साओ पाउलोमा मात्र करिब १४ लाख जनसहभागिता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।\"brazil-impeachment\" निजी क्षेत्रको समाचार प्रसारण संस्था ग्लोबोले जनाएअनुसार विरोध प्रदर्शनकारीहरुले दुई किलोमिटर भन्दा लामो पैदल यात्रा गरेका थिए । त्यस्तै रियो डि जेनेरोमा करिब १० लाखले र राजधानी ब्राजिलियामा अवस्थित संसद भवन नेसनल कँग्रेस भवन परिसर बाहिर करिब ५० हजार प्रदर्शनकारी भेलाभई दिल्मा सरकार शासन छोड भन्ने नारा लगाए । ब्राजिलमा पेट्रोब्राज नामक सरकारी स्वामित्वको इन्धन उत्पादन कम्पनीलाई हतियार बनाई ठूलठूला रकमको भ्रष्टाचार भइरहने बताइन्छ । विगतका धेरै वर्षदेखि शासन सत्तामा रहेका पूर्व राष्ट्रपति लुला डा सिल्भा र उहाँकै पार्टीको वर्तमान राष्ट्रपति दिल्मा रुसेफसमेत भ्रष्टाचारकाण्डमा मुछिएका छन् । पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो सङ्ख्याका राजनीतिज्ञहरु, पेट्रोब्राजकै उच्चपदाधिकारीहरु तथा पेट्रोब्राजसम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरुलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे गराएको भन्ने आरोप लगाएको र उनीहरुलाई पक्राउ गर्नुपर्ने सिफारिस गरेको थियो । अहिलेका प्रदर्शनकारीहरुले सो आयोगको प्रतिवेदन कडा रुपमा लागू गर्नसमेत माग गरेका छन् । यसैक्रममा साओ पाउलोका राज्यस्तरीय सरकारी वकिलले समेत पूर्व राष्ट्रपति लुलालाई तत्काल गिरफ्तार गरी कारबाही चलाउन स्थानीय अदालतसमक्ष मागपत्र दर्ता गरेका छन् । यता राष्ट्रपति दिल्माले भने एक पत्रकार सम्मेलनको आयोजना गरी केही प्रदर्शनकारीले राजीनामा मागी होहल्ला मच्चाउँदैमा आफूले लुसुक्क राजीनामा नदिने बताएका छन् । मैले संविधानको उल्लङ्घन गरेको भन्नेहरुले ठोस प्रमाण देखाउ अनिमात्र म विचार गरौँला अन्यथा निर्वाचित राष्ट्रपति विरुद्ध होहल्ला मच्चाउँदैमा म राजीनामा दिन्न’ उनले भनेका छन् । यस अतिरिक्त ब्राजिलको संसदको प्रमुख प्रतिपक्षी दल ‘ब्राजिलियन सोसियल डेमोक्र्याटिक पार्टी ९पीएसडीबी०’ का सदस्यहरुउपर पनि केही गर्न नसकेको नालायक नपुसंकहरु भन्ने आरोप लगाउँदै प्रदर्शनकारीहरुले आफ्नो रिस पोखेका छन् । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending