Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

प्रधानमन्त्रीको चीन भ्रमण रोक्न मधेसी मोर्चाको प्रयास

\"kpकाठमाडौं । संविधानप्रति असन्तुष्टी जनाउँदै तराई–मधेसमा आन्दोलन गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण रोक्ने प्रयन्त थालेको छ । आम जनताको असन्तुष्टीकाबीच संविधान जारी गरिएको भन्दै मोर्चाले प्रधानमन्त्री ओलीलाई चीनमा स्वागत नगर्ने अपिल गर्नुका साथै प्रधानमन्त्रीको चीन भ्रमण रोक्न कुटनीतिक पहलसमेत गरिरहेको छ । प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा यहि चैत्र ७ गते चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने भएपछि भ्रमण रोक्न पहल जारी राखेको मधेसी मोर्चाले मंगलवार औपचारिक रुपमै प्रधानमन्त्रीको चीन भ्रमणको विरोध गर्ने भएको छ । मोर्चाको एक घटक संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय मंगलबार तीनकुनेमा मोर्चामा आवद्ध जनजातिसहितको संघीय गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकको एजेण्डा प्रधानमन्त्री ओलीको चीन भ्रमणको विरोध गर्नुका साथै भ्रमण रोक्न चीन सरकारलाई समेत अपिल गर्ने रहेको छ । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको विरोधमा जनजातिसहितका मोर्चामा आवद्ध दलहरुले राजधानीमा विरोध प्रदर्शन गर्नेसमेत तयारी गरेको छ । सरकारले पहिचानविरोधी संविधान एकलौटी जारी गरेको मोर्चाको आरोप छ । संविधानमा आम नागरिककै सहमति नभएकाले संविधान र प्रधानमन्त्री ओलीको स्वागत नगर्न गठबन्धनले आग्रह गर्ने भएको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । आफूहरुको असहमतिकाबीच जारी गरिएको संविधान कार्यान्वयन हुन नसक्ने मोर्चाको भनाइ छ । कार्यान्वयन हुन नसक्ने संविधानप्रति चीनले स्वागत गर्नुको कुनै अर्थ नहुने उसको भनाइ छ । ओलीको चीन भ्रमणअघि नै संघीय गठबन्धनको नेतृत्वमा काठमाडौंमा प्रदर्शन गर्नुका साथै र ओलीको भ्रमण रोक्न आग्रह गर्दै नेपालका लागि चिनियाँ राजदूत ऊ छुन्थाईलाई पत्र दिने तयारी गरिएको छ । तर प्रधानमन्त्रीको चीन भ्रमणकोबारेमा मोर्चाबीच नै मतैक्यता रहेको छ । मोर्चाकै घटक तमलोपाले भने मुलुकको हितमा हुने भ्रमणको विरोध गर्न नहुने जनाएको छ । मोर्चाले शुक्रबार प्रधानमन्त्री ओलीले आफ्नो मागको बारे गराइएको ध्यानाकर्षणपत्रमा पनि प्रधानमन्त्रीको चीन भ्रमणबारे केही उल्लेख गरिएको छैन । यसअघि प्रधानमन्त्री भेट्न शुक्रबार बिहान बालुवाटार पुगेका तमलोपा अध्यक्ष महन्थ ठाकुरसहित मोर्चा नेताहरूले चीन भ्रमणबारे भने केही चर्चा गरेनन् । उक्त दिन उनीहरूले बुझाएको सातबुँदे ध्यानाकर्षणपत्रमा पनि यसबारे केही उल्लेख थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending